मनोरन्जन

‘सुपर लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल’ को शिर्ष ताज जेनीलाई
मनोरन्जन, समाचार

‘सुपर लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल’ को शिर्ष ताज जेनीलाई

बिर्तामोड — फाल्गुन ३०, २०७८। शनिबार झापाको बिर्तामोडस्थित अतिथी सदनमा सम्पन्न भएको बालबालिका लक्षित सौन्दर्य प्रतियोगिता ‘सुपर लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल २०२२’ को विजेता जेनी राउत बनेकी छन् । पिसिएस प्रोडक्सनको आयोजनामा सम्पन्न प्रतियोगितामा रोजा राई ‘फर्स्ट रनरअप’ र रुविता महतो ‘सेकेन्ड रनरअप’ घोषित भए । त्यसैगरी अबिका राईले ‘मल्टिमिडिया चोईस’, स्पन्दन सिटौलाले ‘अर्गनाईजर चोईस’ र ‘भ्युवर्स चोईस’को उपाधी हात पारे । नेपाल ओलम्पिक कमिटी मातहतको स्पोर्ट्स फर अल कमिसनका सदस्य भोजराज सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिता सुमन शर्माले संचालन गरेका थिए । रोजिना बस्नेतको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगिताको निर्णायकमा फेशन कोरियोग्राफर आर्शु महर्जन, बिबेक राई, मेरिना विश्वकर्मा र ईन्द्रकुमार खनाल रहेका थिए। प्रतिस्पर्धी बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि,...
कीर्तिमानी गीतकार डा. डीआरको स्वरमा चेपाङ समुदायमा आधारित जागरण गीत सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डा. डीआरको स्वरमा चेपाङ समुदायमा आधारित जागरण गीत सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चेपाङ समुदायमा आधारित जागरण गीत सार्वजनिक भएको छ । चितवनको चेपाङ समुदायको बसोबास रहेको जिमलिङ चौतारामा छायांकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा डा.उापध्यायको नै स्वर रहेको छ । गीतमार्फत चेपाङ समुदायको भावनालाई बाहिर ल्याउन कोशिस गरेको गीतकार डा. उपाध्यायले भन्नुभयो । चेपाङ समुदायका समस्यालाई समाधान गर्न राज्यबाट पहल हुनुपर्ने, साथै विभिन्न जागरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आशय लिएर आफूले सामाजिक सन्देशमूलक गीत सार्वजनिक गरेको बताउनुभयो । माइकल चन्दको निर्देशन र उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा चेपाङ समुदायका विभिन्न व्यक्तिहरू, पत्रकार नेपोलीयन चेपाङ, गीतकार डा. उपाध्याय, सुनिता खनाल, यमबहादुर घर्ती, कृष्ण भुसाल लगायतलाई देखाइएको छ । https://youtu.be/2h0Qpb9KZ3A अनिता ग्वाच्छाक...
जीवनको निर्देशनमा ‘छेउको सियो’ (भिडियो)
मनोरन्जन, समाचार

जीवनको निर्देशनमा ‘छेउको सियो’ (भिडियो)

जीवन शाहीको निर्देशन रहेको गीत ‘छेउको सियो’ सार्वजनिक भएको छ । लेखराज गिरीको शब्द, संगीत, राज सिग्देलको स्वर, प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ र देवेन्द्र नेवाःको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/C5tFyQeDf5E दिपेन वस्नायातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोमा महेश खडका र सरस्वती खत्रीलाई फिचरिङ गरिएको छ । आफूले माया गरेको मान्छेलाई पराईले सिन्दुर लगाएपछि सुन्दर संसार सजाउने चाहना पू्रा हुन नसकेको पीडा गीतमा व्यक्त गरिएको छ । गीत जति मार्मिक छ गीतको भिडियो पनि त्यस्तै राम्रो बनेको छ ।...
मिस हिमालयन ग्लोरी नेपाल २०२२ हुने, अडिसनका लागी फारम खुल्ला
मनोरन्जन, समाचार

मिस हिमालयन ग्लोरी नेपाल २०२२ हुने, अडिसनका लागी फारम खुल्ला

काठमाण्डौ, फाल्गुन  । तेजनेपाल सिनेकला संवाददाता ग्यालेक्सी दैनिक विगत दुईदशकदेखि विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता कार्यक्रमहरु आयोजना गरिरहेको ट्रेबल फेशन कन्सर्न प्रा लि को आयोजनामा मिस हिमालयन ग्लोरी नेपाल २०२२ हुने भएको छ । आँउदो साताको शनिबारदेखि पुतलीसडकको सम्भव एडुकेशनल कन्सल्टेन्सीमा चरणबद्ध रुपमा अडिसन सुरु हुने भनिएको उक्त कार्यक्रममा १६ देखि २६ वर्ष उमेर समुहका महिलाले सहभागीता जनाउन पाउने भएका छन । सहभागीको उचाई ५ फिट १ इन्च भन्दा माथि हुनुपर्ने, अविवाहित हुनुपर्ने तथा नागरिकता वा कलेज क्याम्पसको कार्डको पनि फोटोकपी अनिवार्य पेश गर्नुपर्ने आयोजक कम्पनीका सिईओ शैलेन्द्र श्रेष्ठले बताए । आँउदो नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै कार्यक्रमको ग्राण्ड फिनाले गर्ने योजना पनि रहेको सिईओ शैलेन्द्र श्रेष्ठले जानकारी गराए । गोकर्णेश्वर नगरपालिकाको समन्वयमा तथा सम...
कीर्तिमानी गीतकार डा.डीआरको गीत एउटै झोलुङ्गे पुलमा छायांकन
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डा.डीआरको गीत एउटै झोलुङ्गे पुलमा छायांकन

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले फरक फरक र अनौठा शैलीका कार्य गर्नुहुन्छ । यस्तैमा उहाँको एउटा गीत एउटै झोलुङ्गे पुलमा छायांकन गरिएको छ । उपाध्यायको ‘चाँदनी चाँदनी चाँदनी…’ गीतको भिडियो शनिबार साँखु स्थित झोलुङ्गे पुलमा छायांकन गरिएको हो । उपाध्यायकै सङ्गीत र स्वर रहेको गीतको भिडियोमा निर्देशन पनि उहाँकै छ । भिडियोमा डीआर आफैँ अभिनय गर्नुभएको छ भने उहाँलाई समृद्धि श्रेष्ठले साथ दिनुभएको छ । ‘मैले हरेक समय केही फरक गर्ने सोचका साथ विभिन्न गीत गरिरहेको छु, तिनीहरूले विश्व रेकर्ड पनि कायम गर्न सफल भएका छन् । यतिबेला पनि यस्तै केही फरक गरौँ भनेर यो गीतको छायांकन फरक शैलीमा गरेको हुँ, एउटै गीत एउटा झोलुङ्गे पुलमा छायांकन भएको विश्वमा छैन’, डा. उपाध्यायले भन्नुभयो । उहाँका अनुसार गीतकार, सङ्गीत, निर्देशन, कलाकार एकैजना र एउटै झोलुङ्गे पुलमा छायांकन गरिएको यो विश्वको पहिलो गीत हो । ...
१४ औं मिस तामाङ संस्करणबाट रञ्जना स्याङबो विजेता
मनोरन्जन, समाचार

१४ औं मिस तामाङ संस्करणबाट रञ्जना स्याङबो विजेता

काठमाडौँ, – ‘मिस तामाङ २०२२’ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले जित्न सफल भएकी छिन् । प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै रञ्जना स्याङ्बो तामाङले ‘मिस तामाङ २०२२’ को उपाधि जित्न सफल भएकी हुन् । एमडी गु्रपको प्रस्तुति तथा मम्स इन्टरनेसनल नेपालको आयोजनामा उक्त प्रतियोगिता राष्ट्रिय सभागृहमा शनिबार सम्पन्न भएको हो । ‘मिस तामाङ २०२२’ रञ्जनालाई मिस तामाङ २०२१ की विजेता सफलता तामाङले ताज पहिराई दिएकी थिइन् । मिस तामाङ रञ्जनाले उपाधिसँगै एक लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर जितेकी छिन् । उक्त प्रतियोगितामा काभ्रेकी पूजा तामाङ फस्ट रनर अप भइन् भने उनले ५० हजार नगद पुरस्कार हात पारिन् । डिजी लोप्चन सेकेन्ड रनरअप र थर्ड रनर अपमा दोलखाकी प्रकृति पाख्रिन तामाङ बनिन् । तामाङ भाषा, धर्म, कला संस्कृति, भेषभुषाको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले १४औं संस्करण मिस तामाङ–२०२२ को आ...
दोश्रो ‘लिटिल स्टार नेपाल’को प्रशिक्षण शुरु
मनोरन्जन, समाचार

दोश्रो ‘लिटिल स्टार नेपाल’को प्रशिक्षण शुरु

२ दशक भन्दा लामो समयदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगिता तथा शैक्षिक क्षेत्रमा विविध कार्यक्रम आयोजना गरेर सफल ईभेन्ट संस्थाको रुपमा ख्याती कमाएको एएनपी मिडिया हाउसको आयोजनामा लिटिल स्टार नेपालको दोश्रो संस्करणको तालिम शुरु भएको छ । केहि दिन अघि सम्पन्न छनौट चरणबाट नाम निकाल्न सफल भएका विद्यार्थीहरुका लागि शनिवारदेखि कलंकी स्थित एलआरआई स्कूलमा तालिम शुरु भएको हो । करीब ३०० जना भन्दा बढिले अडिसन दिएकामा ९० जना विद्यार्थीहरु छनौट प्रक्रियामा नाम निकाल्न सफल भएका थिए । जसमा सिनियर तथा जुनियर समूह गरि दुई समूहमा विभाजित गरि उनीहरुलाई देशका लोकप्रिय प्रशिक्षकहरु बाट प्रशिक्षण गराईने आयोजक संस्था एएनपी मिडिया हाउसका प्रमुख तथा कार्यक्रम व्यबस्थापन संघ,नेपालका अध्यक्ष लब बहादुर कार्कीले जानकारी दिए । नृत्य तर्फ चर्चित कोरियोग्राफर संदीप भुजेल,अभिनय तर्फ लोकप्रिय हास्य कलाकार तथा न...
किरण र पवित्रा अभिनित ‘केवल एक नजरमा’को छांयाकन सम्पन्न
मनोरन्जन, समाचार

किरण र पवित्रा अभिनित ‘केवल एक नजरमा’को छांयाकन सम्पन्न

काठमाण्डौ, लामो समयदेखि नेपाली चलचित्रमा कृयाशील नायक बिशाल बिष्ट आजभोली चलचित्र निर्माण र म्युजिक भिडियो निर्देशन र निर्माणमा व्यस्त छन । उनकै निर्देशनमा हालै एउटा ‘केवल एक नजरमा’ बोल रहेको नयाँ म्युजिक भिडियोको छांयाक्न सम्पन्न भएको छ । छिट्टै नै बजारमा सार्वजनिअक गरिने हुने सो भिडियो को गीतमा स्वर संगीत पूर्ण सापकोटाको रहेको छ भने गीतको रचना सुभाष गौतमले गरेका हुन । एक प्रेमीले आफ्नो मनपर्ने प्रेनिकालाई एकै नजरमा मनपराउने कथामा आधारित उक्त भिडियोमा किरण गुरुङ र पवित्रा गुरुङको अभिनय रहेको छ । झापाको रमाणीय स्थानहरुमा छांयाकन सम्पन्न गरिएको उक्त म्युजिक भिडियोलाई दर्शकश्रोताले आफ्नो पहिलेको कामलाई झैँ मनपराइदिने कुरामा निर्देशक बिष्ट विश्वस्त छन ।...
नायकको रुपमा उदाउँदै गरेका बैंकर तेज गिरी अभिनित प्रेमगंजको  प्रदर्शन मिति घोषणा
मनोरन्जन, समाचार

नायकको रुपमा उदाउँदै गरेका बैंकर तेज गिरी अभिनित प्रेमगंजको प्रदर्शन मिति घोषणा

प्रतिक्षित चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ ।  वरिष्ठ अभिनेतानीर शाह देखि छबीराज ओझा सम्मको शुभकामना सहित चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । चलचित्र आउने भाद्र ३ गतेबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको छ । नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के. खनाललगायतका ब्यक्तिहरुले चलचित्रलाई शुभकामना सहित प्रदर्शन मिति घोषणा गरेका हुन् । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र क्षेत्रमा बलियो सम्भावना बोकेर आएका सुुगठित शरिरका धनी नव नायक तेज गिरीले यसै चलचित्रबाट डेव्यूू गरेका छन । र्बैकर्स समेत रहेका नायक गिरीको उत्कृष्ट अभिनय देख्न सकिन...
किर्तिमानी गीतकार डा.डिआरद्वारा एउटै गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन
मनोरन्जन, समाचार

किर्तिमानी गीतकार डा.डिआरद्वारा एउटै गीतमा १५० भन्दा बढी ड्रेस परिवर्तन

सूर्यविनायकबाट साढे चार किलोमिटरको उकालो चढेपछि पुगिन्छ सुन्दर प्राकृतिक मनोरम घ्याम्पे डाँडामा । भक्तपुरको अनन्त लिंगेश्वर नगरपालिका-१३ मा पर्ने घ्याम्पे डाँडाबाट सूर्योदयको मजा छुट्टै रहेको छ । चारैतिर हरियाली र सेतो बादलमुनि आकाश छुनै आँटे जस्ता देखिने अग्ला डाँडाकाँडाहरूले लोभ्याउँछ यहाँ । यहाँबाट देखिने सुन्दर हिमशृंखलाले थप आकर्षित गर्दछ जोकोहीलाई । यही प्रकृतिको मनोरम ठाउँमा बुधबार बिहान सूर्योदयसँगै देखियो फरक दृश्य । डाँडामा रहेको मैदानमा एक हुल मानिस थिए, जहाँबाट हरेक दुई-तीन सेकेन्डमा आइरहेको थियो ‘रोलिङ’, ‘एक्सन’ र ‘ड्रेस चेन्ज’ जस्ता शब्द । प्रसंग रहेछ कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको गीतको भिडियो छायांकन । यो गीतको भिडियो पनि कीर्तिमानका लागि गरिँदै रहेछ । स्थानीयले पनि कौतुहलतापूर्वक त्यहाँ भएका दृश्य नियालिरहेका थिए । ‘यस ठाउँमा भिडियो तथा चलचित्रका ध...