मनोरन्जन

फिल्म ‘डलर एयुडी’ निर्माण गर्दै फेशन डिजाईनर तृष्णा गुरुङ
मनोरन्जन, समाचार

फिल्म ‘डलर एयुडी’ निर्माण गर्दै फेशन डिजाईनर तृष्णा गुरुङ

नयाँ नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा यो फिल्म निर्माण हुने घोषणा गरिएको छ । लामो समयदेखि नेपालको मौलिकतालाई जोगाउन विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म निर्माण गर्न लागेको हो । सन्तोष अधिकारी फिल्म्स तथा अमारियाको प्रोडक्सनको संयुक्त लगानी निर्माण हुने यो फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहने छ । देवकुमार श्रेष्ठको निर्देशन रहने यो फिल्म सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । ‘आमा’ फिल्मका सह-निर्माता अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् । नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको विषयमा निर्माण हुने फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ लगायत रहेका छन् । अष्ट्रे...
रेस्लर तथा गायिका भगवती खड्का (युनिका)’बलात्कारीलाई फाँसी दे’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

रेस्लर तथा गायिका भगवती खड्का (युनिका)’बलात्कारीलाई फाँसी दे’ सार्वजनिक (भिडियो)

नेपालकै पहिलो महिला रेस्लिङ् खेलाडी भगवती खड्का (युनिका) को स्वरमा ‘बलात्कारीलाई फाँसी दे’ को भिडियो सार्बजनिक भएको छ । गायिका स्वयं फिचर्ड रहेको भिडियो लाई उनको आफ्नै रेस्लर युनिका युट्युवच्यानल मार्फल सार्वजनिक गरिएको हो । सार्बजनिक भिडियोमा बलात्कारबाट शिकार भएका नारीहरुमा समर्पित सामाजिक जनचेतनामूलक सन्देशलाई सशक्त ढङ्गले उजागर गरिएको छ। देशमा भइरहेको महिलामाथिको अन्याय, अत्याचार र सामाजिक कुरितीलाई जरैदेखि नउखेलेसम्म महिला मुक्ति सम्भव छैन भन्ने सन्देश प्रवाह गरेको भिडियोमा अर्की महिला रेस्लर खेलाडी तथा मोडल अस्मिता जुरेलीको समेत अभिनय रहेको छ। https://youtu.be/maOxchUzo-0 सञ्जय खड्का, लोकसरी कुँवर र जीवी क्षेत्रीको शब्द रचना रहेको यस गीतभिडियोमा संगीत रहेको छ नरहरी प्रेमीको भने संगीत संयोजन रहेको छ सञ्जय हमालको। त्यस्तैगरी सम्पादन, छायाङ्कन तथा कलरिङ रहेको ...
माधवराज खरेल निर्देशित भिडियो ‘भन्दै होलान’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

माधवराज खरेल निर्देशित भिडियो ‘भन्दै होलान’ सार्वजनिक(भिडियो)

काठमाण्डौ– गायक कन्हैया सिंह परियारको स्वरमा “भन्दै होलान” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखी नेपाली गीत संगीत क्षेत्रमा सक्रिय रुपमा लागिरहेका सिंहले यस अघि पनि सयौं गीतहरुमा आफ्नो स्वर दिइसकेका छन् । केही समय देखी अमेरिकामा वसोवास गर्दै आएका सिंहले प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिईरहेका छन् ।विदेशीए पछि गाउँ विर्सियो भन्दै होलान भन्दै परदेशको पिंडालाई मर्मस्पर्शि रुपमा चित्रण गरिएको गीतका रचनाकार हुन चर्चित संचारकर्मी,एवम् गीतकार सुमन बैरागी पण्डित र यस गीतलाई चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् । चलचित्र निर्देशक माधव राज खरेको निर्देशनमा बनेको म्युजिक भिडियोमा अभिनेता श्रीदेव भट्टराइ, नायिका कन्चन चालिसे, कलाकार उद्धव प्रसाद भट्टराई, नम्रता खरेल पौडेल, राजु कार्की, कुमार स्याङवो लगायतका कलाकारहरुको अभिनय दे...
गायक प्रशान्त श्रेष्ठको ‘छोडी हिंडे म’सार्वजनिक
मनोरन्जन, समाचार

गायक प्रशान्त श्रेष्ठको ‘छोडी हिंडे म’सार्वजनिक

युवा गायक प्रशान्त श्रेष्ठको शब्द, संगीत र स्वरमा सजिएको ‘छोडी हिंडे म’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कयौ नेपालीहरुको सपना सपनै रहन्छ भन्ने सन्देश रहेको भिडियोलाई अहिलेका व्यस्त कलाकार जिवेश गुरुङले निर्देशन गरेका छन । https://youtu.be/MF5THA3Y1Hw भिडियोमा उनलाई रश्मिला तामाङ, लक्ष्मी नाथ मौद्गल्य, चन्द्रिका राजले साथ दिएका छन । स्वयम गायककै एरेन्ज समेत रहेको भिडियोलाई दिनेश श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन । भिडियोमा बिनोद र ऐताको छायाँकन, बिनोद यक्खाको सम्पादन रहेको छ । भिडियोलाई गायक प्रशान्त श्रेष्ठकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको छ । आफुलाई विशेष रुपमा पाइला पाइलामा सहयोग गर्ने संगीतकार सुन्दर कुमार महर्जन, सायास ब्याण्डका अनिल पाख्रिन लगायत सम्पूर्ण सहयोगी हातहरुलाई उनले हृदयदेखि नै धन्यवाद दिएका छन भने दर्शकश्रोता तथा सञ्चारकर्मीहरुल...
आनन्द कार्कीको स्वरमा ‘उनी बोल्दिनन् अचेल’ को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

आनन्द कार्कीको स्वरमा ‘उनी बोल्दिनन् अचेल’ को भिडियो सार्वजनिक(भिडियो)

गायक आनन्द कार्कीको स्वरमा समावेश ‘उनी बोल्दिनन् अचेल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।‘उनी बोल्दिनन् अचेल’ गीतमा देवेन्द्र केसीको शब्द, शक्ति बल्लभको संगीत रहेको छ । गितको भिडियोलाई संञ्चारकर्मी बिना श्रेष्ठले निर्देशन गरेकी हुन । यस अघि पनि उनले म्युजिक भिडियो निर्देशन गरीसकेकी छन् । https://youtu.be/ksWCCCwgK_8 म्युजिक भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री करिश्मा मानन्धरको शसक्त अभिनय रहेको छ । रश्मी शाक्य निर्माता रहेको भिडियोलाई उत्तम हुमागाईँले छायाँकन, अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरीएको छ ।...
विश्व कीर्तिमानी डा.उपाध्यायको पाँच हजार एकसय पाँच मिटर उचाईमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी डा.उपाध्यायको पाँच हजार एकसय पाँच मिटर उचाईमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच सोमबार पाँच हजार एकसय पाँच उचाईमा तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यता र संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलोन लम्साल, गीता राई लगायतको आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । सो अवसरमा उक्त उचाईमा लाइभ प्रस्तुति गरिएको गीतको सिडी एल्वम पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले यो उचाईमा गएर प्रत्यक्ष प्रस्तुतिका साथै भिडियो छायाँकन गरेर सार्वजनिक गरिएकोमा डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गर...
सर्लाहीका विद्यार्थीमाझ ‘नालापानी’
मनोरन्जन, समाचार

सर्लाहीका विद्यार्थीमाझ ‘नालापानी’

वीर बलभद्र कुँवरसहित नेपाली फौजले नालापानीमा देखाएको विरतालाई समेटेर तयार गरिएको चलचित्र ‘नालापानी’ सर्लाहीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका माझ देखाइएको छ । नेपाली वीरताको गाथा संसारभरका मानिसहरूले थाहा पाउन भन्ने उद्देश्यले तयार गरिएको सो चलचित्र मंगलवार जिल्लाको हरिवन स्थित सम्राट होटलमा सर्लाही एम्वीसन र मनकामना ईंङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई देखाइएको हो । यस्तै चलचित्र बुधबार पनि देखाईएको छ । बुधबार हरिवन स्थित सगुन शिक्षा सहकारी, ज्ञानज्योती इंलिस बोडिङ स्कुल र डनिङ्ग फ्यूचर ईङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूमाझ देखाईएको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सनले निर्माण गरेको चलचित्र नेपाली सेनाको ईतिहास, वीर बलभद्र कुँवर र नालापानीका नायक वीर बलभद्र कुँवर नामक पुस्तकका आधारमा निर्माण गरिएको हो । नेपाल चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाए...
गजित बिष्टलाई उत्कृष्ट अभिनेताको अवार्ड
मनोरन्जन, समाचार

गजित बिष्टलाई उत्कृष्ट अभिनेताको अवार्ड

काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ । यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् । महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म ...
‘ऐना’ उत्कृष्ट लघु चलचित्र र ‘कुइनेटो’ उत्कृष्ट चलचित्र
मनोरन्जन, समाचार

‘ऐना’ उत्कृष्ट लघु चलचित्र र ‘कुइनेटो’ उत्कृष्ट चलचित्र

काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ । यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् । महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म  राई...
साधना म्युजिक ‘रिवार्ड’को फारम खुला
मनोरन्जन, समाचार

साधना म्युजिक ‘रिवार्ड’को फारम खुला

साधना म्युजिक ‘रिवार्ड’को फारम खुला गरिएको छ । नेपाली गीत सङ्गीतको विभिन्न विधामा हुने गरेको साधना म्युजिक अवार्ड अव परिमार्जीतसहित हुन लागेको ‘रिवार्ड’को फारम खुला गरिएको हो । लामो समयदेखि गीत सङ्गीत क्षेत्रमा सक्रिय संस्था सामना म्युजिक क्रियशनले ‘रिवार्ड’को शुरुवात गर्न लागेको हो । गीत सङ्गीतका विभिन्न २१ विधामा स्रष्टा÷सर्जकलाई ‘रिवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ । अग्रज कलाकार प्रति सम्मान र नव प्रतिभालाई प्रोत्सहान गर्ने उद्देश्यका साथ पहिलो र दोस्रो साधना म्युजिक अवार्ड सफलता पूर्वक सम्पन्न गरिसकेको यस संस्थाले अव भने म्युजिक रिवार्ड गर्न लागेको कार्यक्रमका आयोजक संस्थाका अध्यक्ष सामना शाहले जानकारी दिनुभयो । नेपाली गीत सङ्गीतका साथै यस क्षेत्रमा क्रियाशील स्रष्टा सर्जकहरूलाई निरन्तरता दिनका लागि प्रोत्साहन स्वरुप नेपालमा पहिलो पटक नगद राशी सहितको अवार्ड गर्न लागिएको आय...