मनोरन्जन

वरिष्ठ सौन्दर्यविद महरालाई महिला उधमी सम्मान
अर्थ/व्यापार, मनोरन्जन, समाचार

वरिष्ठ सौन्दर्यविद महरालाई महिला उधमी सम्मान

जेठ १४,काठमाडौं । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात “नेपाल्सनम्बर वान ब्युटी सैलुन”फेसियल हाउसकी प्रवन्ध निर्देशक सुषमा महरा महिला उधमी सम्मानबाट सम्मानित भएकी छिन । काठमाडौमा शनिबार तिलक फिल्मस प्रालिले गणतन्त्र दिवस २०७९को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा कलाकारको भूमिका ” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सांस्कूतिक समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच महरालाई सम्मान गर्नु भएको हो। सम्मानित महराले संचालित फेसियल हाउस ले नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ । जस्तै टाटु रिमुभर लेजर मेसिन ,हेयर,व्युटी र स्किन केयर मेसिन कृतिम परेला पत्यारोपन आईलाईसिस एक्टेन्सन माइक्रोबेडिङ, जेल नेल आर्ट, पर्मामेन्ट मेकअप,पेयर सिन...
‘एमटिआर’को ‘घरकी रानी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘एमटिआर’को ‘घरकी रानी’ सार्वजनिक(भिडियो)

मनोज ताम्राकार ‘एमटिआर’ को स्वरमा रहेको गीत ‘घरकी रानी…’ सार्वजनिक भएको छ । मनोजकै शब्द, सङ्गीत ओम सुनारको एरेञ्ज र साजन शाहको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=51_cTb0ABGs ए प्लस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा निशान एसकेको निर्देशन रहेको छ । दिपक गिरीको छायाँकन र प्रकाश एसको सम्पादन तथा कलर रहेको गीतको भिडियोमा रेश विसी, सञ्जु थलाङलाई फिचरिङ गरिएको छ । युवा पुस्तालाई लक्षित गरिएको गीतको भिडियो एमएमएस इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको हो ।...
सुरेन्द्र बसेलको निर्देशनमा ‘एक तोलाको वाला’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सुरेन्द्र बसेलको निर्देशनमा ‘एक तोलाको वाला’ सार्वजनिक(भिडियो)

काठमाण्डौँ, जेष्ठ १२ लामो समयदेखि नृत्य विधामा आफ्नो राम्रो स्थान बनाउदै निरन्तर यस् क्षेत्रमा कोरियोग्राफीसंगै म्युजिक भिडियोमा पनि सक्रि निर्देशक तथा कोरियोग्राफी सुरेन्द्र बसेलले आफ्नै युट्युब च्यानल बसेल कृयशन मार्फत पहिलो प्रस्तुतिको रुपमा ‘एक तोलाको वाला’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरेका छन । https://www.youtube.com/embed/2-XJZ8f4Yew?feature=oembed थुप्रै चर्चित टेलिसिरियल मेरी बास्सै, सक्किगो नि लगायत ,म्युजिक भिडियोमा अभिनय मार्फत आफ्नो ल्याङग्रे दादाको छवि बनाएका कलाकार तथा मोडेल सुमन ज्योति न्यौपानेको लगायत मोडेल बिना राउत, बिकास नेपालीको रमाइलो अभिनय देख्न सकिन्छ । गायक भुवन थापा मगर र गायिका सिता पौडेलको सुमधुर आवाजले सजिएको गीतमा शब्द डि बी खनाल संगीत शंकर स्माईलीको रहेको छ भने एरेन्ज उदयराज पौडेल रहेको छ ।...
दर्शकको रोजाईमा परेका नायक सागर घिसिङ
मनोरन्जन, समाचार

दर्शकको रोजाईमा परेका नायक सागर घिसिङ

काठमाण्डौ – विगत एक दशक भन्दा लामो समय देखी नेपाली एवं तामाङ भाषाको चलचित्र तथा मोडलिङको क्षेत्रमा सक्रिय रहदै आएका नायक तथा मोडल सागर घिसिङ पछिल्लो समय चक्लेटी नायक तथा मोडल चिनिने गर्दछन् । नेपाली तथा केही तामाङ चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका घिसिङले चलचित्रका अलावा दर्जनौ म्युजिक भिडियोहरुमा समेत मोडलिङ गरिसकेका छन् । खास गरेर तामाङ कल्चरलाई चलचित्र तथा गीत संगीतका माध्यमबाट संसार सामु चिनाउने जमर्को गरेर अगाडी बढिरहेका घिसिङले तामाङ कल्चरका अलवा नेपाली लगाएत अन्य भाषा तथा कल्चरहरुलाई पनि असाध्यै माया गर्ने बताए छन् । घ्रान, हल्ला लासी लगायतका तामाङ चलचित्रहरुमा आफ्नो दमदार प्रस्तुती देखाईसकेका नायक तथा मोडल घिसिङकै अभिनयमा“त्यो रात, पिरोमा रैछ, मेरो रुप, च्याङ्वाले, कोही छ की” लगाएत दर्जनौं नेपाली भाषामा तैयार भएका भिडियोहरु एवं “ए विना ङा, फ्याफुल्ला माया, नेसी...
‘नेपाल चिल्ड्रेन आईकन’ को एघारौं संस्करण सम्पन्न
मनोरन्जन, समाचार

‘नेपाल चिल्ड्रेन आईकन’ को एघारौं संस्करण सम्पन्न

एएनपी मिडिया हाउसद्वारा आयोजित ‘नेपाल चिल्ड्रेन आईकन’ को एघारौं संस्करण राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। प्रतियोगितामा ‘टीन गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘सिनियर गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार मुख्य बिजेता घोषित भए । ‘टीन गर्ल्स’तर्फ सरिला तामाङ्गले उपाधि जितेकी छिन। तामाङ्गले विजेताको उपाधीसंगै ग्लोबल अनलाईन पे मार्फत संचालित डिजिटल भोटिङ्ग मार्फत सर्वाधिक भोट प्राप्त गरि पब्लिक चोईस अवार्ड समेत हात पारिन। त्यसैगरी सत्यकला राई फर्स्ट रनर अप र रश्मि चौधरी सेकेन्ड रनर अप घोषित भए। प्रतियोगिताको ‘व्वाइज ग्रुप’तर्फ सुशान्त चौलागाईले शिर्ष उपाधी जितेका छन । त्यसैगरी अकेम्सन सुनुवार फष्ट रनर अप र शिसिर घिमिरे सेकेण्ड रनरअप घोषित भए भने सुप्रिम गुभाजु पब्लिक चोईस अवार्ड विजेता बन्न सफल भए। यस्तै ‘सिनियर गर्ल्स’तर्फ ईछिङ्ना लिम्बू विजयी भएकी छिन । प्रसंस्का ढकाल फर्स्ट ...
‘द फ्लिक मोडल्स’ आयोजना हुँदै
मनोरन्जन, समाचार

‘द फ्लिक मोडल्स’ आयोजना हुँदै

‘द फ्लिक मोडल्स’ को अडिसन काठमाडौंको दरवारमार्गस्थित लाल दरवार लज एण्ड रेस्टुरेन्टमा शनिवार सम्पन्न भएको छ। “जिवनभरका लागि आफ्नो सपना साकार बनाउने अवसर” भन्ने मूल नाराका साथ शुरु गरिएको प्रतियोगिताको अडिसनमा १५ जना पुरुष मोडल र ३५ जना महिला मोडलहरुले भाग लिएका थिए । देशका कर्णधार मानिने युवाशक्तिको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकासको आवश्यकतालाई महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाजका एक सजग र जिम्मेवार मोडलको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था फोकस फेशन हाउसले जनाएको छ। नेपालकै अग्रणी भोटिङ सर्भिस प्रदायक ग्लोबल अनलाईन पे संगको सहकार्यमा संचालित उक्त प्रतियोगिताको अडिसनमा तेन्जिङ छेतेन भुटिया, सिर्जना रेग्मी, सविता कार्की र प्रतियोगिताको अफिसियल कोरियोग्राफर जयनसुब्...
‘मिस्टर एण्ड मिस नवलपरासी’ को आवेदन खुला
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस नवलपरासी’ को आवेदन खुला

 ‘मिस्टर एण्ड मिस नवलपरासी २०२२’ का लागि आवेदन खुल्ला गरिएको छ । पि प्रोडक्सनले सोमबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको ग्राण्ड अडिसनको लागि आवेदन खुला गरेको जानकारी दिएको हो । मिस्टर एण्ड मिस नवलपरासी प्रतियोगितामा सहभागीता जनाउन ईच्छुक ६ देखि २६ बर्ष उमेर समूहका प्रतिस्पर्धीहरुले ग्लोवल अनलाईन पे को वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । प्रतियोगीताको ग्राण्ड अडिसन यहि जेष्ठ १४ गते शनिवार परासीस्थित सिद्धार्थ पार्क रेजेन्सीमा हुनेछ। प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नवलपरासी’, ‘मिस्टर एण्ड मिस टिन नवलपरासी’ र ‘मिस्टर एण्ड मिस लिटिल नवलपरासी’ गरी तीन मुख्य टाइटल रहनेछन् । आफू भित्रको रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै हुन गईरहेको मिस्टर एण्ड मिस नवलपरासी एउटा सुनौलो अवसर रहेकोले सो प्रशिक्षणमा स...
डिएस्ए स्टार र ट्यालेन्ट स्टार नेपालको फिनाले सम्पन्न
मनोरन्जन, समाचार

डिएस्ए स्टार र ट्यालेन्ट स्टार नेपालको फिनाले सम्पन्न

परिवर्तन ईभेन्ट हाउस प्रालि को आयोजनामा जमल स्थित राष्ट्रिय नाचघरमा ज्येष्ठ ७ गते डि एस् ए स्टार २०२२ सिजन-८ र ट्यालेन्ट स्टार नेपाल-२०२२ सिजन-३ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । नेपाल बायु सेवा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख निर्णायकमा नेपाल शसस्त्र प्रहरी बलका डि आई जि कृष्ण भक्त ब्रम्हाचार्य हुनुहुन्थ्यो भने निर्णायकमा अभिनेता रोबिन पोखरेल, लायन प्रनिता बराल, सञ्चारकर्मी दशरथ सुनार, चलचित्र लेखक तथा निर्देशक जगादीश्वर थापा रहनु भएको थियो भने ट्यालेन्ट स्टार नेपाल-२०२२ सिजन-३ को निर्णायकको रुपमा वरिष्ठ अभिनेता शुशील पोखरेल, वरिष्ठ गीतकार बि.बि. थापा, चलचित्र छांयाकार निरज कंडेलको उपस्थीति रहेको थियो । कार्यक्रम लाई आर सी कोला ले प्रायोजन गरेको थियो कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस् किसिमको कार्यक्रम बाट बाल बालिकामा लुकेका...
‘दोश्रो जिनियस म्युजिक अवार्ड’ हुने
मनोरन्जन, समाचार

‘दोश्रो जिनियस म्युजिक अवार्ड’ हुने

जिनियस म्युजिक प्रालिले स्थापना दिवसको अवसर पारेर ‘दोश्रो जिनियस म्युजिक अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ ।एक दशक भन्दा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसरमा नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७९’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो । कम्पनिले एउटा विज्ञप्ती जारी गर्दै उक्त अवार्डका लागि आवेदन फाराम खुला भएको जानकारी गराएको छ । अवार्डमा सहभागिता जनाउनका लागि कम्पनिको आधिकारिक वेबसाइट मार्फत देशभरी आवेदन भर्न सकिनेछ ।कम्पनीका प्रवन्ध निर्देशक तथा संगीतकर्मी रमेश पाठकका अनुसार २०७७ साल वैशाख १ गतेदेखि २०७९ बैशाख मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत–संगीतले यो अवार्डमा आवदेन दिन सक्ने छन् । ज्येष्ठ २० गते टप ५ मनोनयन सार्वजनिकको तयारीमा रहेको कार्यक्रममा ज्येष्ठ १५ गतेसम्म फाराम बुझाउने अन्...
‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्वाइस कप युएसए’अब नेपालमा
मनोरन्जन, समाचार

‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्वाइस कप युएसए’अब नेपालमा

काठमाडौं – ‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै छ । इन्ट्रा-नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएको यि प्रतियोगिताका बारेमा बुधबार काठमाडौंमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो । समग्र मानव कल्याण, मानव जातिको उत्थान र विश्व भरमा रहेका असाहय अनाथ व्यक्तिहरूको सहारा बन्न र तटस्थ मानविय सहायता उपलब्ध गराउने उद्देश्यले अमेरिकामा रहेका नेपाली भाषी भुटानी समेतको अगुवाई संस्थापना भएको संस्था हो इन्ट्रा-नेशनल । संस्थाले विभिन्न सामाजिक कार्यका साथै अमेरिकामा ‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्याइस कप युएसए’ सञ्चालन गरिरहेको छ । नृत्यको चौथो सिजन र भ्वाइसको दोस्रो सिजन सुरु भई प्रशारण भइरहेको छ । तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ शसक्त रुपमा प्रस्फुटन गर्ने तथा नेपा...