मनोरन्जन

चर्चित नृत्य निर्देशक सन्दिप भुजेललाई ‘राष्ट्रिय व्यक्तित्व सम्मान’
मनोरन्जन, समाचार

चर्चित नृत्य निर्देशक सन्दिप भुजेललाई ‘राष्ट्रिय व्यक्तित्व सम्मान’

कोरियोग्राफर तथा नृत्य प्रशिक्षक सन्दिप भुजेल ‘राष्ट्रिय व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन ।राजधानीमा सम्पन्न ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’ उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ मा उनले उक्त सम्मान पाएका हुन । प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्मी निर शाह प्रमुख अतिथी तथा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी विशिष्ठ अतिथी रहेका थिए भने, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ठ चलचित्रकर्...
डिपी परिश्रमीको “मेरो माया लाग्छ कि लाग्दैन” (भिडियो)
मनोरन्जन, समाचार

डिपी परिश्रमीको “मेरो माया लाग्छ कि लाग्दैन” (भिडियो)

काठमाडौ । डिलाईटेड नेपाल युट्युव च्यानलमार्फत नयाँ गीत “मेरो माया लाग्छ कि लाग्दैन…” को म्युजिक भिडियो बजारमा आएको छ । आधुनिक गीतहरुको लहरमा थपिएको यस नयाँ गीतभित्र “मेरो माया लाग्छ कि लाग्दैन…” भन्दै एउटी युवतीले आफूले मन पराएको केटालाई सोधिरहेकी छिन् । बाँकी अरु त भिडियो हेरेपछि थप प्रष्ट हुन्छ नै । गीतमा गीतकार डी पी दाहाल परिश्रमीको रचना, मनोहर सुनामको संगीत र रचना रिमालको श्वर रहेको छ भने गीत प्रश्तुतकर्तामा रिता सिम्खडा दाहाल रहेका छन् । https://youtu.be/rPpC7o5CM3U भिडियोमा कमल सिंह र पुजन घिमिरेको अतुलनिय अभिनय रहेको छ । यस गीतलाई साउण्ड डिजाईन स्टुडियोमा रेकर्ड गरिएको हो । “मेरो माया लाग्छ कि लाग्दैन…” म्युजिक भिडियोलाई डिलाईटेड म्युजिक ईष्डष्ट्रीज प्रा.लि.ले उत्पादन तथा वितरण गरेको यो गीत अत्यन्तै सुन्नलायक मीठो श्रृजना बनेको छ । गुरुआ...
‘अन्तिम संस्कार’को मुस्ताङ बाट छायांकन सुरु
मनोरन्जन, समाचार

‘अन्तिम संस्कार’को मुस्ताङ बाट छायांकन सुरु

काठमाडौँ। चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङ बाट छायांकन सुरु भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’ को शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो। सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको ‘अन्तिम संस्कार’को छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको चलचित्र युनिट मुस्ताङ पुगेका हुन्। चलचित्र युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर बाँकी छायांकन काठमाडौंमा गर्ने बताएको छ। मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र ‘अन्तिम संस्कारको छायांकन गरिने चलचित्र निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए। चलचित्र ‘अन्तिम संस्कार’को निर्माता विनोद सुवेदी हुन् भने चलचित्रको निर्देशन प्रदीप शाहीले गर्नेछन्। प्रेम खड्का र बोधराज पौडेलले मुस्ताङको छायाँकनको ब्यबस्थापन गर...
एभरग्रीन वल्र्ड वाईड ईन्टरटेनमेन्टको वार्षिकोत्सवमा कलाकर्मी सम्मानित
मनोरन्जन, समाचार

एभरग्रीन वल्र्ड वाईड ईन्टरटेनमेन्टको वार्षिकोत्सवमा कलाकर्मी सम्मानित

राजधानीमा ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’को आयोजना भएको छ ।मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न भएको हो । चलचित्र विकास बोर्डको हलमा सम्पन्न आयोजित कार्यक्रममा प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्मी निर शाह प्रमुख अतिथी तथा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी विशिष्ठ अतिथी रहेका थिए भने, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ठ चलचित्रकर्मी मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का,चलचित्र विकास बोर्...
नेशनल किड्स अफ द ईयर बने सिनियर तर्फ अर्नब र सायरा, जुनियर तर्फ लक्ष्य र साम्राज्ञी
मनोरन्जन

नेशनल किड्स अफ द ईयर बने सिनियर तर्फ अर्नब र सायरा, जुनियर तर्फ लक्ष्य र साम्राज्ञी

काठमाडौं । ‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ को उपाधि सिनियर तर्फ अर्नब श्रेष्ठ र सायरा भट्टले जितेका छन् । काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा उनीहरुले उपाधि सहित जनही २५ हजार रुपैयाँ र सिँगापुरमा सम्पन्न हुने इन्टरन्यासनल किड्स अफ द ईयरमा नेपालबाट भागलिने अबसर पनि हाँसिल गरेको आयोजक धिरज तण्डुकारले जानकारी गराए । यसै गरी जुनियर तर्फ लक्ष्य जैन र साम्राज्ञी बुढाथोकीले ‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ उपाधि जितेका छन् । यी दुई पनि उपाधिसँगै जनही २५ हजार रुपैयाँ र अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अबसर हाँसिल गरेका छन् ।इभेन्ट बेटर ग्यालेक्सीद्धारा आयोजित यो प्रतियोगितामा सिनियर तर्फबाट फस्ट रनर अपको उपाधि दिब्य रत्न डँगोल र निभिका दुवालले तथा सेकेन्ड रनर अपको उपाधि सुभान पुन र आश्रय भट्टराईले जितेका छन् । सोही कार्यक्रममा जुनियर तर्फ फस्ट रनरअपको उपाधि हिमाँसु क्षत्र...
बसेल कृयशनको दोश्रो प्रस्तुति ‘सुस्तरी’ सार्वजनिक<br>(भिडियो)
मनोरन्जन, समाचार

बसेल कृयशनको दोश्रो प्रस्तुति ‘सुस्तरी’ सार्वजनिक
(भिडियो)

काठमाण्डौ, भाद्र २७ बसेल कृयशनको दोश्रो प्रस्तुतिको रुपमा सुस्तरी बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बसेल कृयशनकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका छन । गीतको भिडियो मैतिदेवीस्थित डोरी रेष्टुरेन्टमा कलाकार तथा सञ्चारकर्मी बीच सार्वजनिक गरिएको थियो । भिडियोमा मेरी बास्सैबाट ल्याङग्रे दादाको उपनामबाट लोकप्रियता कमाएका सुमन ज्योति न्यौपानेको जबदस्त अभिनय देख्न सकिन्छ भने उनलाई अभिनयमा शिला गजुरेलले साथ दिएकी छिन । त्यस्तै अन्य कलाकारमा राजेन्द्र न्यौपाने, सागर लामा, आशिष फुँयाल र निश्चल थापाले साथ दिएका छन । https://www.youtube.com/watch?v=fOXyj9Pv6Xw दुई युगल जोडीको प्रेमकथामा कसरी उनीहरुको सुखद मिलन हुन्छ भन्ने कथा प्रस्तुत गरिएको उक्त भिडियोको गीतमा चर्चित गायक प्रताप दासको स्वर सुन्न सकिन्छ भने शब्द, ...
निता आचार्यको स्वरमा ‘रङ्गीन संसार’ (भिडियोसहित)
मनोरन्जन, समाचार

निता आचार्यको स्वरमा ‘रङ्गीन संसार’ (भिडियोसहित)

गायिका निता आचार्यको नयाँ गीत ‘रङ्गीन संसार’ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द/सङ्गीत, कमल सौरागको एरेञ्ज रहेको गीत ‘रङ्गीन संसार’को भिडियो सार्वजनिक भएको हो । प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा रुविना थापा र कुन्साङ बोमजनलाई फिचरिङ गरिएको छ । निकै सुन्दर र आकर्षक देखिएको गीतको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन छ । यसअघि निताका ‘यादहरू’, ‘भाग्य मेरो’ जस्ता गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । पोखरामा जन्मिनुभएकी निता विदेशी भूमिमा रहेर नेपाली कला संस्कृति र गीतसङ्गीतलाई अत्यन्तै माया गर्दै यही क्षेत्रमा समर्पित भएर लागि पर्नुभएको छ । सानै उमेरदेखि गायनमा रुचि राख्नुभएकी निता अमेरिकामा बस्दै आउनुभएको छ । स्कुलमा पढ्दा प्रेमध्वज प्रधानको गीत गाएर साथीहरूलाई सुनाएपछि उहाँको प्रतिभा बाहिर आयो र विद्यालयका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन ...
गीतकार अंमगाई समानुपातिकमा सिफारिस
मनोरन्जन, समाचार

गीतकार अंमगाई समानुपातिकमा सिफारिस

पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा गीतकारको रुपमा चर्चाको शिखरमा पुग्न सफल भएका गीतकार ध्रुव प्रसाद अंम्गाईको २०७९ मा हुन गईरहेको आमनिर्वाचनमा गोरखा जिल्लाबाट ने क पा एमालेको तर्फ बाट समानुपातिक सांसद पदका लागि सिफारिसमा पर्नु भएको खबर हामीलाई प्राप्त भएको छ ।१८ वर्षको कलिलो उमेर देखि गोरखा बाट अनेरास्ववियु पाचौबाट औपचारिक रुपमा राजनीति यात्रा सुरुवात गरेका अंम्गाई एक साहासी खरो स्वभाव भएका कुशल वक्ता समाजसेवी एवम मेहनती व्यक्तित्व भएको कुरा जानकारहरु बताउछ्न। २०४९ सालमा अनेरास्ववियु पांच औं जिल्ला कमिटी सदस्य र २०६२ काठमाडौ गोरखा सम्पर्क मञ्च को सद्स्य हुँदै हाल प्रवासी मन्च मकाउ को सल्लाहकार छ्न ।गोरखा हाल गण्डकीगाउँपालिका फुजेल जन्मथलो भएका अंम्गाईले आफ्नो गाउँ ठाउँमा विकासनिर्माण लगायत उच्च मा वि स्थापना देखि मठ मन्दिर निर्माण सामुदायिक वन पालन सिंचाइ का लागि नगर निर्माण जस्ता थुप्रैका...
बिरही कार्कीको ‘मायाको ढोका खोलिदेउ’(भिडियो)
मनोरन्जन, समाचार

बिरही कार्कीको ‘मायाको ढोका खोलिदेउ’(भिडियो)

लोकप्रिय गायक बिरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ एक भव्य समारोहका बीच लोकार्पण गरियो । म्यूजिक खबरको आयोजनामा नयाँबानेश्वरस्थित एभरेष्ट लाउन्जको सभाहलमा आयोजित कार्यक्रममा संगीतका शिखर पुरुष बरिष्ठ गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि विशेष अतिथीको रुपमा उपस्थित बरिष्ठ गीतकार डा. राजुबाबु श्रेष्ठ गायक, गीतकार संघका उपाध्यक्ष बसन्त वित्यासी थापा, सञ्चारकर्मी एवं सामाजिक अभियन्ता कृष्ण कँडेल, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, स्मार्ट फोरके टेलिभिजनका समाचार प्रमुख सरोज कोइराला, गायिका अन्जु पन्त, अभिनेत्री शिल्पा पोखरेल, मोडल सागर लम्साल बले लगायत कार्यक्रममा विशिष्ट कलाकारहरु, पत्रकारहरु र संगीतअनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।सञ्चारकर्मी सुमन बैरागी पण्डितले उपस्थित अतिथिहरुलाई स्वागत गरेका ...
पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार, समाज

पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न

स्वदेशसँगै प्रवासमा पनि हिन्दू महिलाको प्रमुख चाड तीजको रौनक सुरु भएको छ । रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि प्रवासमा बस्दै आएका महिला दिदी बहिनीहरूसँग संस्थाहरूले तीज मनाउने गरेका छन् । तीज नजिकिएसँगै युरोपियन मुलुक पोर्चुगलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । ‘परम्परा बचाउ, बिकृती हटाउ’ भन्ने मूल नारासहित चितवन समाज पोर्चुगलमा गायक भगवान भण्डारी, गायिका देबिका के.सी, जेबी ओलीको साथमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यकम ओक मुन्दो रेष्टुरेन्ट लिस्वोनमा सम्पन्न भएको छ । प्रमुख अतिथि महा बाणिज्य दुत मकर हमालले पानसमा बत्ती बालेर सुरु भएको कार्यक्रमा पोर्चुगलमा भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । प्रतियोगितामा स्याङ्जा समाज पोर्तुगल पहिलो, बागलुङ समाज पोर्चुगल दोस्रो र एनआएलपी सिलाई समूहले तेस्रो भएका थिए । कोरोना कहरले गर्दा द...