बसेल कृयशनको दोश्रो प्रस्तुति ‘सुस्तरी’ सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

बसेल कृयशनको दोश्रो प्रस्तुति ‘सुस्तरी’ सार्वजनिक
(भिडियो)


काठमाण्डौ, भाद्र २७ बसेल कृयशनको दोश्रो प्रस्तुतिको रुपमा सुस्तरी बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बसेल कृयशनकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका छन । गीतको भिडियो मैतिदेवीस्थित डोरी रेष्टुरेन्टमा कलाकार तथा सञ्चारकर्मी बीच सार्वजनिक गरिएको थियो । भिडियोमा मेरी बास्सैबाट ल्याङग्रे दादाको उपनामबाट लोकप्रियता कमाएका सुमन ज्योति न्यौपानेको जबदस्त अभिनय देख्न सकिन्छ भने उनलाई अभिनयमा शिला गजुरेलले साथ दिएकी छिन । त्यस्तै अन्य कलाकारमा राजेन्द्र न्यौपाने, सागर लामा, आशिष फुँयाल र निश्चल थापाले साथ दिएका छन ।

दुई युगल जोडीको प्रेमकथामा कसरी उनीहरुको सुखद मिलन हुन्छ भन्ने कथा प्रस्तुत गरिएको उक्त भिडियोको गीतमा चर्चित गायक प्रताप दासको स्वर सुन्न सकिन्छ भने शब्द, संगीत मिक्सिङ मास्टरिङ्ग जयन जे वाईबाको रहेको छ । सुरेन्द्र बसेलकै कोरियोग्राफी रहेको यस् भिडियोमा सह-कोरीयोग्राफी देव दोर्जे लामाको रहेको छ भने छांयाकन तथा सम्पादन नबिन निरौलाले गरेका छ । भिडियोलाई सम्पूर्ण दर्शक श्रोताले मनपराइदिनु हुने कुरामा आफुहरु विश्वस्त रहेको कुरा भिडियोका टिमले सार्वजनिक कार्यक्रममा बताए ।

Leave a Reply

Your email address will not be published.