मनोरन्जन

निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला
मनोरन्जन, समाचार

निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला

काठमाडौं –  निम अवार्डको छैठौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो छैठौं संस्करण हो।उक्त अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिले सम्मकै बृहत संख्याका भाषा–भाषीका गीतहरुको उत्साह पूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डको रुपमा लिने गरिन्छ ।नेपाल भित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरुलाई कार्यक्रममा सहभागी गर्दै आईरहेको उक्त अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथ...
चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट ५ सार्वजनिक
मनोरन्जन, समाचार

चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट ५ सार्वजनिक

काठमाडौं –  सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको यस अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले मुख्य प्रायोजन गरेको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३४ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र लोक दोहोरी विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापा  । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याए...
सुरज नेपाल र रोहित मानन्धरको ‘द एस्सेंस ऑफ साउण्ड’(भिडियो)
मनोरन्जन, समाचार

सुरज नेपाल र रोहित मानन्धरको ‘द एस्सेंस ऑफ साउण्ड’(भिडियो)

द एस्सेंस ऑफ साउण्ड (धोनी को सार) संगीत ब्रमाण्डको भाषा हो,जुन मनमस्थिक संग जोडेको हुन्छ जसले सकारात्मक मार्गदर्शन देखाउछ।नेपालमा २०० वर्ष पुरानो इतिहास बोकेको बाधयन्त्र एसराज बाजा र छोटो समयमा नै अति धेरै लोकप्रिय भएको ह्यण्डप्यान ड्रम संग एक नौलो इन्स्ट्रुमेन्ट म्युजीक भिडियो द एस्सेंस ऑफ साउण्ड सुरज नेपालको आफ्नो युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ। https://www.youtube.com/watch?v=ZZ9QTBqKLB8 एसराज बाजा बाधबादक सुरज नेपाल र ह्यण्डप्यान ड्रमर रोहित मानन्धर बीच को यस सांगेतिक सहकार्य नेपाली शास्त्रीय संगीत र पश्चिममेलि संगीतको घनिस्ट मेल मेलाप भेटिन्छ। द एस्सेंस ऑफ एक ध्यानत्मक संगीतको यात्रा हो, जसले भुगोलिक अबरोधहरु पार गर्छ र भित्रि आत्मालाई गहीराईबाट छुन्छ। गायक सुरेन्द्र श्रेष्ठको एरेन्ज रहेको यस म्युजीकमा सुरज नेपाल तथा रोहितको कम्पोज रहेको छ भने ,रेकर्ड सुर मेलोडी स्टुडियोम...
निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा”सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा”सार्वजनिक (भिडियो)

काठमाण्डौ – चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर.जे.म्युजिक प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ । नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ । https://www.youtube.com/embed/oLOuYE9HX8g?feature=oembed झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन,सम्पति संग तुलना गर्नेुका साथै मिलन र विछोडको कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् । नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा ...
अस्मिता अधिकारीको स्वरमा निरकमलको ‘कहाँ राखुँ प्रिय’(भिडियो)
मनोरन्जन, समाचार

अस्मिता अधिकारीको स्वरमा निरकमलको ‘कहाँ राखुँ प्रिय’(भिडियो)

काठमाडौं । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियो बालुवाटारस्थित टाईम्स स्कव्वाएरमा एक समारोहका विच सार्वजनिक गरिएको हो ।लोकप्रिय वरिष्ठ अभिनेता राजाराम पौडेलको हातबाट गरिएको गीतको भिडियो सार्वजनिक समारोहमा गीत संग सम्बन्धित कलाकार तथा प्राविधिक टिमलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अभिनेता पौडेल ,नायक श्रीदेव भट्राई,गायक रामकृष्ण श्रेष्ठ लगायत अतिथीहरुले भिडियो निकै उत्कृष्ट बनेको र विदेशमा वस्ने नेपालीहरुको नेपाली गीत संगीत प्रतिको लगावका कारण आज नेपाली सांगीतिक क्षेत्र यहां सम्म आईपुगेको कुरा बताउनु भयो । यसै गरि भिडियो निर्माणका विषयमा भएका गतिविधि र निर्माणका क्रममा भएका अनुभव वताउदै निर्देशक ढकालले आफुले शव्द र गीत अनुसारको भिडियो निर्माणमा करिब २ महिनाको तयारी ग...
लिटिल आईकन अफ नेपाल २०२२ को उपाधी सान्वी, सरोना र अर्मोनलाई
मनोरन्जन, समाचार

लिटिल आईकन अफ नेपाल २०२२ को उपाधी सान्वी, सरोना र अर्मोनलाई

काठमाडौं ।  एएनपि मिडिया हाउसको आयोजनामा लिटिल आईकन अफ नेपाल २०२२  सम्पन्न भएको छ ।  प्रतियोगीता आईतबार  राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको आयोजक संस्थाका प्रमुख लव बहादुर कार्कीले जानकारी दिए । आयोजकका अनुसार प्रतियोगिता अन्तर्गत जुनियर गर्ल्स, सिनियर गर्ल्स र ब्वाइज ग्रुप गरि तीन भिन्न समुहमा प्रतिस्पर्धा गराईएको थियो ।  जसमा जुनियर गर्ल्सतर्फको उपाधि सान्वी भट्टले जितिन् भने प्रशान्ती चन्द ठकुरी र स्वस्तिका पाण्डे क्रमश: फर्स्ट रनर अप र सेकेण्ड रनर अप बन्न सफल रहे । त्यस्तै, जिया घर्ती मगर मस्ट पपुलर विनर र पब्लिक च्वाइसको विजेता बन्न सफल रहे । त्यस्तै, सिनियर गर्ल्सतर्फ सरोना गुरुङले लिटिल आईकन अफ नेपाल २०२२ को ताज हासिल गरिन ।  जसमा क्रमश: मिरा रोका छेत्री, क्रिजल लिम्बु र क्युरिना परियार फर्स्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अप बन्न सफल रहे । सु...
कुरिनटारमा दुई दिने ‘ह्यापिनेस र्याफटिङ्ग फेस्टिवल’को आयोजना हुदै
मनोरन्जन, समाचार

कुरिनटारमा दुई दिने ‘ह्यापिनेस र्याफटिङ्ग फेस्टिवल’को आयोजना हुदै

द ग्रुप फोर क्रियसन र गोर्खा वीच रिसोर्टको संयुक्त आयोजनामा  ह्यापिनेस र्याफटिङ्ग फेस्टिवलको आयोजना हुने भएको छ । र्याफटिङ्गका लागि लोकप्रिय रहेको कुरिनटारको गोर्खावीच रिसोर्टमा हुने उक्त कार्यक्रममा नेपाली लोक पहिचान झल्किने फेशन शो समेत हुने छ । नेपालका चर्चित डिजेका साथमा लोकप्रिय कलाकारहरुको आकर्षक प्रस्तुती रहने उक्त कार्यक्रममा उपस्थित हुनेले र्याफटिङ्गको मज्जा सहित गोर्खावीचमा खाने वस्ने समेतको सुविधा रहेको आयोजक द ग्रुप फोर क्रियसनका प्रबन्ध निर्देशक गणेश थापाले जानकारी दिए ।नेपाली कला संस्कृति, मौलिक पहिरन र सम्पदालाई कार्यक्रम मार्फत प्रवद्र्धन र विकासका निमित्त लागि पर्दै आएको संस्था द ग्रुप फोर क्रियसनले विगत १ दशक भन्दा लामो समयदेखि पर्यटन क्षेत्रका लागि समेत विविध कार्यक्रम समेटेर आर्थिक विकासमा योगदान दिदै आएको कार्यक्रमका व्यबस्थापक अविनाश पराजुलीले बताए ।कार्यक्रमलाई ...
सोनित तथा डा.सलिना अभिनित गीतकार ‘ममल’को ‘कहाँ राखु प्रिय’को भिडियो छायांकन सम्पन्न
मनोरन्जन, समाचार

सोनित तथा डा.सलिना अभिनित गीतकार ‘ममल’को ‘कहाँ राखु प्रिय’को भिडियो छायांकन सम्पन्न

ललितपुर । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ बोलको गीतको भिडियो छायांकन सम्पन्न भएको छ । गायिका अस्मिता अधिकारीको स्वरवद्ध गीतको म्यूजिक भिडियो प्रमोद निर्वाणको एरेन्ज तथा संगीत रहेको गीत ललितपुरको गोदावरी गार्डेनमा छायांकन गरिएको हो । गोदावरीका आकर्षक हरियाली र मनमोहक दृश्यहरु कैद गरिएको भिडियोलाई छायांकार ओम प्रसाईले छायाँकन गरेका थिए । लोकप्रिय कलाकार तथा निर्देशक गोपाल ढकाल छन्देको निर्देशनमा तयार हुन लागेको भिडियोलाई नृत्य निर्देशक सन्दिप भुजेलले कोरियोग्राफी गरेका थिए भने कलाकारहरुमा मोडल सोनितराज ढुंगेल, मोडल डा.सलिन भित्रकोटी र अनिल नगरकोटी रहेका छन । पछिल्लो पटक म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त छन्देले हांस्य कलाकारको रुपमा चर्चित छन । अभि श्रेष्ठ प्रडक्सन म्यानेजर रहेको टिममा सौन्दर्यविद मनिषा जिसी तथा सृष्टि थापा मगरको श्रृंगार तथा ड्रेस डिजा...
रामकृष्ण ढकालको स्वरमा गीतकार आँसुको  ‘ए माया गाजलु'(भिडियो)
मनोरन्जन, समाचार

रामकृष्ण ढकालको स्वरमा गीतकार आँसुको ‘ए माया गाजलु'(भिडियो)

गीतकार गोबिन्द कडेल आँसुको नयाँ गीत ( ए माया गाजलु ) बोलको गीत बजारमा आएको छ । कथा , कवीता , खण्डकाव्य , गीत लेखन साथै उपन्यास सम्पादन गर्दै आउनु भयको आँसुले नेपाली साहित्य र सङ्गीतमा दुई दशक देखी कलम चलाउँदै आउँनु भएको छ । https://youtu.be/yaTEpEQYcZQ अहिलेका चर्चित सङ्गीतकार दीपक शर्माको सङ्गीत वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको उक्त गीतमा नायक आकाश श्रेष्ठ र अनुशा अधिकारीको अभिनय रहेको छ भने निकेश खड्काले भिडियो डाइरेक्सन गर्नुभएकोछ । सुरज अधिकारी निर्माता रहनु भएको उक्त गीतमा विष्णु पौड्यालको समेत सपोट रहेको छ ।रामकृष्ण ढकाल अफिसिएल युटुबच्यानलमा गीत राखीएको छ ।...
विश्व कीर्तिमानी गितकार डा. उपाध्यायले गरे सङ्गीत क्षेत्रमा पुन: नौलो काम
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गितकार डा. उपाध्यायले गरे सङ्गीत क्षेत्रमा पुन: नौलो काम

गीत-सङ्गीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित १ सय १० विश्व रेकर्ड कायम गरिसकेका बहुआयामिक सर्जक डा. डी. आर. उपाध्यायले सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम गरेका छन् l आज राजधानीमा आयोजित एक समारोहमा डा. उपाध्यायद्वारा रचित एवं विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध २५ वटा फरक फरक गीतको मेलोडी ( धुन ) २५ जना सङ्गीतकर्मीहरुले एकै थलोमा क्रमैसँग पालैपालो किबोर्डमा बजाएका छन् l यस प्रकारको प्रस्तुति विश्वमै नौलो र पहिलो भएको कुरा गीतकार डा. उपाध्यायले जानकारी गराए l कार्यक्रम राष्ट्रवादी गीतकार एवं गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l समारोहमा सन्तोष श्रेष्ठले ‘सन्तानको शिर उठाउन’, सागर अधिकारी `शरद´ ले ‘तिलिचो ताल’, देवेन्द्र नेवा:ले ‘तिम्रो एक झल्को नपाउँदा’, सूर्य दयालुले ‘स्वर्थी छ दुनिय...