अर्थ/व्यापार

चर्चित मेकअप आर्टिष्ट पाण्डेलाई यो वर्षको ‘सर्वोत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड
अर्थ/व्यापार, समाचार

चर्चित मेकअप आर्टिष्ट पाण्डेलाई यो वर्षको ‘सर्वोत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड

ललितपुर । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले यो वर्षको सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड हात पार्न सफल भएका छन ।ललितपुरको बालकुमारीमा सम्पन्न तेश्रो संस्करणको नेपाल म्युजिक एण्ड फेशन अवार्डमा पाण्डेले उक्त अवार्ड जित्न सफल भएका हुन । गीत संगीत तर्फ ४१ विधामा र फेशन तर्फ ८ विधामा प्रदान गरिएको अवार्ड समारोहमा कार्यक्रमका प्रमुख अतिथी पूर्व उपराष्ट्रपति परमानन्द झा तथा वरिष्ठ अभिनेता मोहन निरौला र वरिष्ठ अभिनेता धिरेन शाक्यले संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरेका थिए । लामो समयदेखि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सफल सौन्दर्य व्यबसायीको रुपमा ख्याती कमाएका पाण्डेले देशभित्रका मात्र नभएर अन्तराष्ट्रिय अवार्ड समेत जित्न सफल भएका छन । विभिन्न संघ संस्थाबाट सम्मानित हुदै आफ्नो पेशा प्रतिको लगन र ईमान्दारिताका कारण वेग्लै छवी बनाएका पाण्डेल हालसम्म हजारौ...
बेरोजगार युवाहरुको बारेमा सरकार गम्भिर हुन सकेन
अर्थ/व्यापार, समाचार

बेरोजगार युवाहरुको बारेमा सरकार गम्भिर हुन सकेन

-डा.डिआर उपाध्याय, काठमाडौं । बिकास, समृद्धि र सुशासनका कुरा मात्र बढि भए । ब्यवहारमा लागु हुन सकेन । यो नै अहिलेको चिन्ता हो । देश बनाउने कुरामा सबै दलहरुको ध्यान जानु पर्छ । देश सधै भरी यस्तै अबस्थामा रहन सक्दैन । अब सबै राजनीतिक दलहरु गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । नेताका कुरा र भाषणले मात्र देश बन्न सक्दैन । देश बनाउन स्पस्ट दृष्टिकोण, योजना र नेतृत्वमा इच्छाशक्ति हुनु पर्छ । आज देशमा बेरोजगारी समस्या दिन प्रति दिन बढदै गएको छ । बेरोजगारी समस्या समाधान गर्ने कुरामा राजनीति दल र तिनका नेताहरु अलि चिन्तित बन्नु पर्ने देखिएको छ । देशमा बेरोजगारी समस्या बढदै गयो भने दलहरुका लागी भोली यो नै ठूलो चुनौति हुने छ । बेरोजगारी समस्याले नै बिद्रोह जन्मिन सक्छ । आज युवाहरु कामको खोजीमा सडक सडक भौतारीदै हिडिरहेका छन । ति बेरोजगार युवाहरुको बारेमा सरकार पनि त्यति गम्भिर हुन सकेको छैन ।...
मनपरी मूल्यवृद्धि गरेर जनतामाथि अत्याचार
अर्थ/व्यापार, समाचार

मनपरी मूल्यवृद्धि गरेर जनतामाथि अत्याचार

-डा.डिआर उपाध्याय,  काठमाडौं। पटक–पटकको मूल्यवृद्धिले जनजीवन अस्तव्यस्त बन्दै गएको छ । बजार भाउ छोइ नसक्नु छ । ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्दा त्यसको चौतर्फी असर सबै तिर देखिएको छ। सर्बसाधरण जनतालाई महँगीको भार थेक्न हम्मेहम्मे परेको छ। दैनिक उपभोग्य वस्तुमा पर्ने तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश खाद्यवस्तुको मूल्य बढेर दोब्बर भएको छ। यस्तो भए पछि जनता के खाएर बाँच्ने ? जनताको आयस्रोत भन्दा खर्च बढि हुदै गएको छ । देशमा बेरोजगारी समस्या त्यस्तै छ । रोजगार नपाएर युवाहरु सडकमा भौतारिरहेका छन । देशको अबस्था दिन प्रति दिन नाजुक बन्दै गएको छ । जनताको जनजीविकाको सवालमा सरकार गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । गरिव जनता महंगीका कारण बिहान बेलुकाको हात मुख जोर्न नसक्ने अबस्थामा पुगेका छन । देशमा काम गरेर खाने उचित बातावरण अझै...
वरिष्ठ सौन्दर्यविद महरालाई महिला उधमी सम्मान
अर्थ/व्यापार, मनोरन्जन, समाचार

वरिष्ठ सौन्दर्यविद महरालाई महिला उधमी सम्मान

जेठ १४,काठमाडौं । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात “नेपाल्सनम्बर वान ब्युटी सैलुन”फेसियल हाउसकी प्रवन्ध निर्देशक सुषमा महरा महिला उधमी सम्मानबाट सम्मानित भएकी छिन । काठमाडौमा शनिबार तिलक फिल्मस प्रालिले गणतन्त्र दिवस २०७९को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा कलाकारको भूमिका ” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सांस्कूतिक समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच महरालाई सम्मान गर्नु भएको हो। सम्मानित महराले संचालित फेसियल हाउस ले नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ । जस्तै टाटु रिमुभर लेजर मेसिन ,हेयर,व्युटी र स्किन केयर मेसिन कृतिम परेला पत्यारोपन आईलाईसिस एक्टेन्सन माइक्रोबेडिङ, जेल नेल आर्ट, पर्मामेन्ट मेकअप,पेयर सिन...
नेपाल एयर होस्टेस एकेडेमीका ५५ जना एयर होस्टेस दीक्षित
अर्थ/व्यापार, समाचार

नेपाल एयर होस्टेस एकेडेमीका ५५ जना एयर होस्टेस दीक्षित

काठमाडौं । सात महिना पहिला एयर होस्टेस बन्ने सपना बुनेर नेपाल एयर होस्टेस एकेडेमीमा भर्ना भएका ५५ जना एयर होस्टेस आज दीक्षित भएका छन् । सो एकेडेमीमा अध्ययनरत १६, १७ र १८औँ ब्याचका युवतीलाई दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुलाई विमान परिचारिका बन्ने अवसर खुलेको छ । सात महिनाको अथक प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीका लागि सक्षम बनेको सो एकेडेमीका निर्देशक रेजिना तुलाधरले जानकारी दिए । विमान परिचारिकालाई ग्ल्यामर तथा आर्कषक पेशा मानिन्छ । आकाशमा उड्ने यो पेशा जति रोमाञ्चक छ, उत्तिकै जिम्मेवारी पनि बहन गर्नुपर्ने खालको हुन्छ । त्यसैले यसको आकर्षण पनि बढ्दो छ । दीक्षान्त समारोहमा एकेडेमीका मुख्य प्रशिक्षक एवं नेपाल वायुसेवा निगमका सेवानिवृत्त वरिष्ठ एयर होस्टेस गौरी कला थापा, भारतीय मूलकी अन्तर्राष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, व्यक्तित्व प्रशिक्षक रोजिन शाक्य तथा संस्...
निलम्बन खारेजी माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा
अर्थ/व्यापार, समाचार

निलम्बन खारेजी माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अदालत गएका छन्। गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्। अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्। उनका तर्फबाट वकिलहरू आइतबार सर्वोच्चमा रिट दर्ता गराउन पुगिसकेका छन्। ...
साहारा एपका ग्राहक तथा राइडरलाई स्वास्थ्य उपचारमा विशेष छुट
अर्थ/व्यापार, समाचार

साहारा एपका ग्राहक तथा राइडरलाई स्वास्थ्य उपचारमा विशेष छुट

काठमाडौं । अब साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । विजनेश ग्रोथ कम्पनि प्रालिद्धारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने छन् । अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउनेछन् । मंगलबार साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् । पछिल्लो समय लोकप्रिय रहेको साहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारा एपसंग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । अस्पतालले प्रदान...
युवाहरूलाई विदेश मात्र पठाउने की देशको बिकास पनि गर्ने ?
अर्थ/व्यापार, समाचार

युवाहरूलाई विदेश मात्र पठाउने की देशको बिकास पनि गर्ने ?

-डा.डिआर उपाध्याय, नेपाल प्राकृतिक साधनस्रोतले निकै धनी छ। प्रकृतिले यति सुन्दर देश नेपाल हिमाल–पहाड–तराई मिलेर बनेको छ। बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देशमा अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजाति सदियौंदेखि मिलेर बसेका छन्। त्यसैले नेपाल संसारकै सुन्दर, शान्त र समृद्धशाली राष्ट्र बन्न सक्ने प्रचुर सम्भावना छ। नेपालको विकास र समृद्धि सम्भव छ। तर, यसका लागि नेपाल चिन्न सक्ने एक दुरदर्शी नेतृत्व आवश्यक छ। अब नेपालका लागि दूरदर्शी नेतृत्व नै अपरिहार्य बनेको छ। कुनै पनि देश ऋण र अनुदानले समृद्ध हुन सक्दैन। देशलाई समृद्धशाली बनाउन देशमा विद्यमान साधनस्रोतहरूको अधिकतम सदुपयोग गर्न आवश्यक छ। त्यसैले नेपाललाई समृद्धशाली बनाउनका लागि नेपालमा विद्यमान प्राकृतिक साधनस्रोतहरू जस्तै जल, जंगल, जमिन, जडीबुटी, डाँडाकाँडा, हिमाल र प्राकृतिक सुन्दरतालाई ठीक ढंगबाट...
साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन
अर्थ/व्यापार, समाचार

साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन

साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष एवम् उद्योगी लक्ष्मीदास मानन्धरको ९३ बर्षको उमेरमा निधन भएको छ।  भाषासेवी, समाजसेवी तथा पूर्व सांसद समेत रहेका उद्योगी मानन्धरलाइ केहि दिन यता ज्वरो र खोकीको समस्या आएसंगै पीसीआर परीक्षण गरिएको र त्यसक्रममा उहाँलाइ कोभिड देखिएको थियो । उद्योगी मानन्धरलाई हाम्स अस्पतालमा उपचारका लागि लगिएको र विहिवार साँझ ७ बजे उहाँको निधन भएको  पारिवारिक श्रोतले जानकारी दिएको छ । स्वर्गिय मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।...
नेपालकै नम्बर वान ब्युटी शैलुन फेसियल हाउसमा अब चर्चित हेयर डिजाइनर बिगेन तामाङ
अर्थ/व्यापार, समाचार

नेपालकै नम्बर वान ब्युटी शैलुन फेसियल हाउसमा अब चर्चित हेयर डिजाइनर बिगेन तामाङ

काठमाडौं । नेपालकै नम्बर वान ब्युटी शैलुन फेसियल हाउसमा अब चर्चित हेयर डिजाइनर बिगेन तामाङले सर्भिस दिने भएका छन् । आफ्ना ग्राहकहरूलाई थप केयरिङका साथ सुविधा उपलब्ध गराउने उद्देश्यअनुरूप फेसियल हाउसले नेपालकै चर्चित हेयर डिजाइनर तामाङलाई हालै आफ्नो संस्थामा अनुबन्धित गरेको हो । तामाङलाई फेसियल हाउसले एक कार्यक्रमको आयोजना गरी संस्थामा स्वागत गरेको फेसियल हाउसले जनाएको छ । फेसियल हाउसमा अनुबन्धित भएसँगै अब तामाङले आफ्नो उत्कृष्ट सर्भिस दिनाका साथै कक्षाहरू समेत सञ्चालन गर्ने फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा सौन्दर्यविद सुषमा महराले जानकारी दिइन् । ‘हामीले फेसियल हाउसलाई नम्बर वान मात्रै भनेका छैनौं,’ प्रबन्ध निर्देशक महराले भनिन्, ‘फेसियल हाउसमा उपलब्ध सेवासुविधा पनि त्यही अनुसार उत्कृष्ट र गुणस्तरीय बनाउँदै लगेका छौं ।’ फेसियल हाउसमा आउने ग्राहकहरूको अझ बढी केयरिङका लागि आफूहरूले अनुभवी ...