ललितपुर । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले यो वर्षको सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड हात पार्न सफल भएका छन ।
ललितपुरको बालकुमारीमा सम्पन्न तेश्रो संस्करणको नेपाल म्युजिक एण्ड फेशन अवार्डमा पाण्डेले उक्त अवार्ड जित्न सफल भएका हुन ।
गीत संगीत तर्फ ४१ विधामा र फेशन तर्फ ८ विधामा प्रदान गरिएको अवार्ड समारोहमा कार्यक्रमका प्रमुख अतिथी पूर्व उपराष्ट्रपति परमानन्द झा तथा वरिष्ठ अभिनेता मोहन निरौला र वरिष्ठ अभिनेता धिरेन शाक्यले संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरेका थिए ।
लामो समयदेखि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सफल सौन्दर्य व्यबसायीको रुपमा ख्याती कमाएका पाण्डेले देशभित्रका मात्र नभएर अन्तराष्ट्रिय अवार्ड समेत जित्न सफल भएका छन ।
विभिन्न संघ संस्थाबाट सम्मानित हुदै आफ्नो पेशा प्रतिको लगन र ईमान्दारिताका कारण वेग्लै छवी बनाएका पाण्डेल हालसम्म हजारौलाई सौन्दर्य सम्बन्धि तालिम प्रदान गर्दै रोजगारी श्रृजनामा उल्लेख्य योगदान दिदै आएका छन ।
कार्यक्रम आयोजनामा समेत सक्रिय पाण्डेले मिस एण्ड मिसेस व्यूटिफुल नेपाल, मिस एण्ड मिसेस तिज, मिस एण्ड मिसेस ग्यालेक्सि,स्टार ईन्टरनेशनल अवार्ड जस्ता सफल कार्यक्रमका आयोजक हुन ।