महामारी नियन्त्रणको आडमा कोही मालामाल :डा.डिआर उपाध्याय
धेरै जसो आलोचलनाको घेरामा रहँदै आएको स्वास्थ्य क्षेत्र कोरोना भाइरस (कोभिड-१९)को महामारीको सुरूवातसँगै अझ बदनामीको मार खेपिरहेको छ । यो माहामारीले विश्वव्यापी रूपमा सिङ्गो जनजीवनलाई आफ्नो चपेटामा पारिरहेको यस अवस्थामा स्वास्थ्य सम्बन्धी सरकारी निजी संयन्त्र तथा स्वास्थ्य सेवामा आवद्ध जनशक्तिको महत्व सर्वोपरी देखिन्छ । तर, जताततै राजनीतिक वर्चश्वलाई प्राथमिकता राख्ने प्रवृतिका कारण जनताको जीवनसँग सोझै सम्बन्ध राख्ने क्षेत्र पनि उपेक्षाको शिकार भएको देखिन्छ । एकातिर कोरोना महामारीको कालो बादल देशभरी मडारिएको बेला पनि स्थानिय निकायदेखि संघीय सरकारी निकायसम्म अनेकौं भ्रष्टाचारका काण्डहरू दिनहुँ सार्वजनिक हुनेक्रम जारी नै रहेको छ ।
सप्तरीको बोदेबरसाइन नगरपालिकाले कोभिड महामारी नियन्त्रका क्रममा खाजा तथा चियापान खर्च १४ लाख ५१ हजार सार्वजनिक गर्दा कोरोना नियन्त्रण तथा रोकथामका नाममा मच्चिएको...










