संगीता अधिकारीले दिईन एनआरएनए जापानको अध्यक्षमा उम्मेद्वारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदका लागि संगीता अधिकारी सुवेदीले उमेद्वारी घोषणा गर्नुभएको छ । यही ३० जुलाईमा हुने निर्वाचनमा उहाँले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘मैले जुन अनुभव हासिल गरेको छु, त्यसले मलाई अब संस्थालाई सबल नेतृत्व दिन म समर्थ छु भन्ने आत्मविश्वास दिलाएको छ ।’ उहाँले आफूले दुई वर्षे कार्यकालमा उपाध्यक्षका रुपमा निर्वाह गरेको भुमिकाको न्यायोचित मुल्यांकनले पनि आफूलाई भावी नेतृत्वका लागि लायक ठहर गर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘ब्याबसायीक रुपमा कार्य गरेको अनुभब लगायतका आधारमा म नेपाल र नेपालीलाइ मात्र बुझेको छैन जापान र यहाभएका हामी नेपालीहरूका समस्यालाई नजिकबाट बुझेको छु । तिनिहरूलाई समाधान गर्दै हाम्रो समुदायको उज्वल भविष्य देखाउने ९भिजन० लिएर म आएको छु । जापानमा नेपालीको नयाँ पुस्ता तयार भइरहेको छ । हामी पछाडीको ...










