जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँको अर्धवार्षिक समीक्षा
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौँले अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको केन्द्रले शनिबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा आर्थिक वर्ष २०८०∕८१ मा सम्पादित क्रियाकलापहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बागमती प्रदेशको तर्फबाट स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य कार्यालय, काठमाडौं जिल्ला अस्पताल (टोखा चण्डेश्वरी अस्पताल)को उपस्थिति रहेको थियो । साथै विभिन्न स्थानीय तहका सामाजिक विकास समितिका संयोजकहरू तथा स्वास्थ्य शाखाका प्रमुखहरू समेतको उपस्थिति रहेको थियो ।
काठमाडौं जिल्लामा रहेका ११ वटा स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका स्वास्थ्य संस्था रहेका छन् । जसमध्ये कागेश्वरी मनोहरा नगरपालिका, नागार्जुन नगरपालिका, दक्षिणकाली नगरपालि...










