चलचित्र ‘मृत्युकोष’ को“बेवारिशे हुनु पर्ने लासै हुँदा पनि” बोलको शिर्ष गीतको रेकर्ड
चलचित्र मृत्युकोषको लागी “बेवारिशे हुनु पर्ने लासै हुँदा पनि” बोलको शिर्ष गीतको रेकर्ड सम्पन्न भएको छ । अमेरिकाको आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बालटीमोरमा उक्त गीतको रेकर्ड भएको चलचित्रकी निर्माता कमला जोशीले बताएकी छिन् ।
उक्त गीतलाई बिशिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालले लेखेका हुन् भने चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका हुन् । गायक रुद्र शेखर शर्माले उक्त गीतका लागी स्वर दिएका हुन् ।
विभिन्न भाषा तथा जनराका गीतहरुमा आफ्नो आवाज दिंदै आएका गायक रुद्र शेखर शर्माले नेपाली चलचित्रको लागी भने पहिलो पटक आवाज दिएका हुन् । प्रा.डा. कृष्णहरि बराल र संगीतकार सन्तोष श्रेष्ठ जस्ता दिग्गज सर्जक तथा श्रष्ठाहरुसंग काम गर्न पाउँदा गायक शर्मा निक्कै खुशी देखिएका छन् ।
ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको उक्त चलचित्रमा माधब राज खरेलको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा तेज...










