समाचार

विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित

काठमाडौं । युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी,  सिलगढी, भारतले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान गर्‍यो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रदान गर्नु भएको थियो । सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी र रुद्राक्ष र फूलको माला र टिका तथा फूल वर्षासहित सम्मान गरिएको थियो । गुठीका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रम पत्रकार कृष्ण भूषालले स्रष्टा परिचय राख्नु भएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरु वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., गीतकार संघका निवर्तमान अध्यक्ष गीतकार चूडामणि देवकोटा, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष ...
सुर्य ग्रहणको अवसरमा बिबाह बन्धनमा बाँधिए ४ सय अमेरिकन जोडी
अन्तर्राष्ट्रिय, समाचार

सुर्य ग्रहणको अवसरमा बिबाह बन्धनमा बाँधिए ४ सय अमेरिकन जोडी

मेक्सिकोमा हिजो अर्थात सोमबार बिहान ११ बजे अँध्यारो भयो । यससँगै वर्षको पहिलो पूर्ण सूर्यग्रहण भएको छ । मेक्सिकोसँगै अमेरिका र क्यानडामा पनि यसको प्रभाव देखिएको छ । ग्रहणको बाटोमा पर्ने राज्यहरूमा दिनमा करिब ४ मिनेट २८ सेकेण्डसम्म अन्धकार थियो । योसँगै ५४ देशमा आंशिक सूर्यग्रहण भएको छ । सोमबार भएको सूर्यग्रहणको कुनै प्रभाव नेपालमा देखिएन किनभने ग्रहण सुरु हुँदा यहाँ रात परेको थियो । ग्रहणको समयमा अमेरिकाको चक्तो समुदायका महिलाहरु घरबाट बाहिर निस्केर भाँडाकुँडा बजाएका छन् । वास्तवमा उनीहरुको समुदायमा ग्रहणको समयमा ठूलो र कालो गिलहरीले सूर्यलाई खान्छ भन्ने मान्यता रहेको छ । मानिसहरूले त्यो गिलहरीलाई भगाउन भाँडाकुँडा हान्छन्। साथै, अमेरिकाको अर्कान्सासमा सूर्यग्रहणको समयमा ४०० जोडीले विवाह गरेका छन् । न्यूयोर्क टाइम्सका अनुसार सबैले जीवनभर ग्रहण र चन्द्रमा र ताराहरू सँगै देख्ने शपथ ल...
ग्यालेक्सि एक्सिलेन्स अवार्डका लागि आवेदन खुल्ला
मनोरन्जन, समाचार

ग्यालेक्सि एक्सिलेन्स अवार्डका लागि आवेदन खुल्ला

निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेस्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, नेपाल एयरलाईन्सका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलन गरि उक्त समारोह घोषणा गरिएको हो । केही वर्ष यता सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय अन्तराष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गरेर एक सफल ईभेन्ट आयोजकको रूपमा ख्याती कमाउदै आएको निकिला मिडिया नेटवर्कले लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उनिहरुले पुर्‍याएक...
निर्भाणा एकेडेमीमा स्टेम प्रदर्शनी हुदै
शिक्षा, समाचार

निर्भाणा एकेडेमीमा स्टेम प्रदर्शनी हुदै

सीतापाइला, काठमाडौँ स्थित निर्भाणा एकेडेमी स्टिम तथा विज्ञान विभागको आयोजनामा यही फागुन २६ गते शनिबार  विज्ञान, प्रबिधि,  इन्जिनियरिङ्, कला र गणित (STEAM/ स्टेम ) प्रदर्शनी हुने भएको हो ।  निर्भाणा एकेडेमीका  करिब २०५ बिध्यार्थीहरुले तयार गरेका स्टेमसंग सम्बन्धित ५० भन्दा बढी  विभिन्न परियोजना कार्य , मोडेल, चित्रकला,  सृजनात्मक कार्य , बिज्ञान र प्रबिधिका नबिन प्रयोगात्मक कार्यहरुको प्रदशानी हुने बिध्यालयका बिज्ञान बिभागका प्रमुख एबं एकेडेमीक इन्चार्ज लक्ष्मण गौतमले बताउनु भयो।  यस प्रर्शनीमा विद्यालयमा अध्ययनरत छात्र छत्राहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जानकारी गराएको छ ।  काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनका उपप्राध्यापक एवम् स्टेम विभागका प्रमुख श्री विनोदप्रसाद पन्तबाट उद्घाटन हुने उक्त प्रदर्शनीमा   आयोजक विद्यालयका विद्यार्थी, अभिभावक, उपत्यकाका विभिन्न विद्यालयका...
निताको स्वरमा ‘चुप चाप’ (भिडियो)
मनोरन्जन, समाचार

निताको स्वरमा ‘चुप चाप’ (भिडियो)

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/CYPYXy_Pzzw किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता/दर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ’, गायिका आचार्यले भन्नुभयो । आचार्यका ‘जिन्दगी, सँगै जिउने हो भए साथमा नभए यादमा, झिमझिम परेली, गरिदेउ बिदा, मनक...
नेपाल भाषामा ‘वया मा जी ‘तथा नेपाली भाषामा’आएँ आमा ‘गीतको भिडियो लोकार्पण
मनोरन्जन, समाचार

नेपाल भाषामा ‘वया मा जी ‘तथा नेपाली भाषामा’आएँ आमा ‘गीतको भिडियो लोकार्पण

वरिष्ठ हास्य कलाकार तथा गायक मदन कृष्ण श्रेष्ठ को प्रमुख आतिथ्यमा तथा जन गायक रामेश श्रेष्ठको विशेष आतिथ्यमा कीर्तिपुर Cineplex मा म्युजिक भिडियोको विशेष प्रदर्शन गरिएको थियो। गाउँ गाउँ बाट उठ, हिँड मेरा दाइहो झम्पल बोकेर जस्ता लोकप्रिय गीतका जन पक्षीय गीतकार श्याम तमोट द्वारा रचित उक्त गीत लाई चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठले संगीत तथा संगीत संयोजन गर्नु भएको थियो भने उक्त गीतलाई नेपाल भाषामा गायिका रत्नशोभा महर्जनले गाउनु भएको छ भने नेपाली भाषामा संगीतकार सुरेन्द्र श्रेष्ठले नै गाउनु भएको छ। https://www.youtube.com/watch?v=LS_qt-3j6Cw आमा सम्बन्धी निकैनै मार्मिक गीत को भिडियो पनि उतिकै मार्मिक बनेको छ। गीतलाई मगन entertainment ka रजिन महर्जनले निर्देशन तथा छायांकन गरेका छन् भने कलाकार हरुमा सुधा महर्जन, सुनिता श्रेष्ठ, लक्ष्मी कुमार महर्जन, रुपेन् श्रेष्ठ , सुबन् जोशी तथा बाल ...
चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न
मनोरन्जन, समाचार

चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न

काठमाण्डौ – चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक  रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा गरिदै आएको रिवार्ड कार्यक्रममा सभापतित्व क्रियशनकी अध्यक्ष सामना साहले गरेकि थिईन् भने कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष तथा सदावहार नायक भुवन के.सी थिए । रिवार्ड कार्यक्रम २३ विधामा रिवार्ड प्रदान गरिएको छ । कार्यक्रममा लोकदोहोरी विधा तर्फ सर्वोत्कृष्ट लोकगीत शम्भु कुंवरको माईली, शब्दमा सन्तोष केसीको घर कहाँ हो बैनीको, सर्वोत्कृष्ट लय प्रितम पोख्रेलको मुसी, सर्वोत्कृष्ट गायक डाँडैको टुनीबाट अर्जुन सापकोटा, सर्वोत्कृष्ट गायि...
नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने मानवरचना विश्वविद्यालयको घोषणा
शिक्षा, समाचार

नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने मानवरचना विश्वविद्यालयको घोषणा

काठमाडौं – भारतको नयाँदिल्ली स्थित मानवरचना इन्टरनेशनल इन्सटिच्युट अफ रिसर्च एन्ड स्टडिजले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने घोषणा गरेको छ। शुक्रबार काठमाडौँमा मानवरचनाले इन्फोसेसन कार्यक्रमको आयोजना गर्दै नेपाली विद्यार्थीलाई ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउँने र सहुलियत शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने घोषणा गरेको हो। कार्यक्रममा बोल्दै मानवरचनाकी मार्केटिङ डेपुटी जनरल म्यानेजर अञ्जली बालाचन्दरनले मानवरचना गुणस्तरीय शिक्षामा प्रतिवद्ध रहेको र यसले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गर्ने बताइन्। उनले भनिन्, ‘मानवरचना गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अध्ययन पश्चात रोजगारीको अवसर सृजना गर्न पनि तत्पर छ। विद्यार्थीले यहाँ अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन्। विद्यार्थीलाई उद्यमशिल हुने ढंगबाट वि...
शाश्वत सत्य
समाचार, समाज

शाश्वत सत्य

– युवराज अधिकारी तिम्रो आगमनले ल्याएको खुशी र मुस्कानयति छिट्टै दैवले चुँडालिदिन्छसोचेकै थिइन, मेरो खुशी, पिडा र आँशु पनि बुझ्नेतिमीलाई म कसरी पशु भनुँचाहे दुनियाले तिमीलाई पशु भनोस्, निस्वार्थ मायाको प्रतिमूर्ति तिमीमेरो दुःखको साथी, तिम्रो छुनुमुनु र बाल्यपनयौवनको उन्मादमा पनिशान्त, कोमल र हृदयस्पर्शी,तिमीले म टाढा दूरदेशमा रहेको बेलाकसरी चटक्कैै छोडेर गयौशायद, अन्तिम छट्पटाहटमामलाई खोज्यौ होला,आँशु बहाएर रोयौ होलामेरो प्रिय फुच्चे । तिम्रो अगाध स्नेहयतिखेर जलाइरहेछतिमी थियौ र त उज्यालो गरायौ मेरो सानो संसारतिमी थियौ र त मुस्कान थियो मेरो थकित मुहारमाअब सिर्फ तिम्रो सम्झना, तिम्रो मायाको झझल्कोतिम्रो लुटुपुटुको यादशायद, अब सशरीर तिमीलाईन म माया गर्न सक्छु, न तिमीले नै मलाईस्नेही आँखा र पाइलाहरुले मल्हम लाउन सक्छौ,म घरबाट निस्कँदाझ्यालको खिड्की वा बार्दलीबाटपरपरसम्...
सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता
अर्थ/व्यापार, समाचार

सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता

काठमाडौँ– सिटी वालेट प्रा.ली द्वारा सञ्चालित भुक्तानि सेवा सिटी पे र शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)बीच व्यवसायीक सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। नेपाल राष्ट्र वैँकद्वारा इजाजत प्राप्त संस्था सिटी वालेट र विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्ने व्यवसायीहरूको छाता संगठन एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता भएको हो। सम्झौता पत्रमा एप्क्यानको तर्फबाट अध्यक्ष प्रज्वल बस्नेत र सिटी पेको तर्फबाट सिइओ विनय रेग्मीले हस्ताक्षर गरेका छन्। विदेशमा शिक्षा लिइरहेका नेपाली विद्यार्थीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाउने उद्देश्यले सहकार्य गरिएकाे एप्क्यानले जनाएकाे छ। सम्झाैतापछि यसबारे जानकारी दिदैँ अध्यक्ष बस्नेतले भने, ‘सिटी वालेटसँगको हाम्रो साझेदारी हाम्रो लक्ष्यसँग मिल्दोजुल्दो छ। नेपाली विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक कार्यमा सहयोग गर्न हामी ...