समाचार

पुजन काफ्लेको तीज गीत “हे आमा भन्न मिलेन” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

पुजन काफ्लेको तीज गीत “हे आमा भन्न मिलेन” सार्वजनिक(भिडियो)

काठमाडौं।  हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गर्दै  गायिका पुजन काफ्लेले यो बर्ष पनि मौलिक तीज गीत “हे आमा भन्न मिलेन” बजारमा ल्याएकी छिन्। काफ्ले कै स्वर, शब्द, लय रहेको यस गीतमा चर्चित मोडेल स्मारिका ढकालको साथमा संस्कृती र एलिजाको पनि अभिनय रहेको छ। भिडियोमा प्रबिन थापाको निर्देशन, सरोज शाहीको छायांकन रहेको छ भने निराजन केसीको सम्पादन रहेको छ। बजारमा तीज गीत संगीतको नाममा कतिपय भ्युजको लागि छाडा र भद्दा गीत आईरहेको अबस्थामा पनि यो गीत मौलिक र सामाजिक परिबेश सुहाउदो रहेको छ। यस गीत्लाई पुजन काफ्ले युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। https://www.youtube.com/embed/hloZgvl7UmQ...
प्याजेन्ट नेपाल तिज महोत्सव सम्पन्न, रक्तदान,निशूल्क स्वास्थ्य शिविरदेखि घरेलु उत्पादनका प्रदर्शनी
मनोरन्जन, समाचार

प्याजेन्ट नेपाल तिज महोत्सव सम्पन्न, रक्तदान,निशूल्क स्वास्थ्य शिविरदेखि घरेलु उत्पादनका प्रदर्शनी

काठमाडौं । प्याजेन्ट नेपालको आयोजनामा यो बर्षको तिज महोत्सव द मल्ल होटलमा भव्य रुपमा सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतीमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाबाट भएको थियो । सांस्कृतिक चाडपर्वहरुको अवसर पारेर नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै जाने उद्देश्य अनुरुप प्याजेन्ट नेपालले प्रत्येक वर्ष मनाउदै आएको तिज फेस्टिवलमा डेढ दर्जन बढि महिला उद्यमी अपाङ्गहरुद्धारा उत्पादिन खाद्यान्न,कपडा,घरेलु उत्पादनबाट उत्पादित वस्तुहरुको प्रदर्शनी स्टल राखिएको थियो । समारोहमा लायन्स क्लब अफ ड्रिम्सबाट रक्तदान कार्यक्रमको आयोजना गरिनुका साथै ओम समाज डेन्टल,ओम चावहिल डेन्टल,नेपाल भारत मैत्री अस्पताल तथा एएसजी आई केयरबाट निशूल्क स्वास्थ्य शिविर संचालन गरेका थियो ।देश विदेशमा विभिन्न अवार्ड समारोह,फेशन शो सांस्कृतिक कार्यक्रम,पर्यटन प्रर्वद्धन...
पत्रकार अरबिन्द्र गौतम सम्मानित
अर्थ/व्यापार, समाचार

पत्रकार अरबिन्द्र गौतम सम्मानित

काभ्रेपलान्चोक – विगत १० वर्ष देखी पत्रकारिता क्षेत्रमा कृयासिल अरबिन्द्र गौतम सम्मानित भएका छन् । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका हुन्। राष्ट्रिय नाचघर जमलमा मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र वरिष्ठ कलाकार गौरी मल्लले युवा पत्रकारिता सम्मान प्रदान गरेका थिए । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ र सामरी इन्टरनेशनल अवार्ड २०२४ को अवसरमा अरबिन्द्र गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो । नेपाली कला, संस्कृति, साहित्य, राजनीति, गित संगित, राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, यौनजन्य अपराध, कुरिती-कुसंस्कार लगायत सबैखाले विकृति विसङ्गतिका विषयमा सत्य तथ्य खबर निरन्तर रुपमा बाहिर ल्याउन यहाँ...
आफ्नो जन्म दिनमा गायक सौगातले ल्याए ‘सुनन ए माया'(भिडियो)
मनोरन्जन, समाचार

आफ्नो जन्म दिनमा गायक सौगातले ल्याए ‘सुनन ए माया'(भिडियो)

गायक सौगात जङ्ग थापाले आफ्नो जन्म दिनको अबसर पारेर नया गित ´सुनन ए माया` बोलको नया गितको म्युजिक भिडियो सार्बजनिक गरेका छन। जन्म दिनलाइ थप उत्साहर र रोमान्टिक बनाउन उनले म्युजिक भिडियो सार्बजनिक गरेको बताएका छन। उनलाइ फीमेल भोकलमा चर्चित गायिका समीक्षा अधिकारीले साथ दिएकी छिन। अभिनाश थापा र रमेश साउदको सब्द रचना रहेको गितलाइ सौगात जङ्ग थापा स्वयमले सङ्गीत गरेका हुन भने विशाल निरौलाले एरेन्ज गरेका हुन। https://www.youtube.com/watch?v=hibmjB2OChA उत्तम श्रेस्ठ (शिशिर) को निर्देशन रहेको भिडियोलाइ विशाल थापाको छायान्कन रहेको छ। भिडियोमा अहिले को चर्चित मोडेल स्मारिका ढकाल र सुरेश कोहलिको गजब केमेस्ट्री बनेको छ । झापा जिल्लाको विभिन्न ठाउमा छायान्कन गरेको भिडियोलाइ मीन रावलले एडिट गरेका हुन भने G media Connection युटब च्यानलले बजारमा ल्याएको हो।...
राजेशकाजीको नेतृत्वमा ३७ सदस्यीय आइसिसी चेम्बरको नयाँ कार्यसमिति चयन, उपाध्यक्षमा मल्लदेखि गोल्छासम्म
अर्थ/व्यापार, समाचार

राजेशकाजीको नेतृत्वमा ३७ सदस्यीय आइसिसी चेम्बरको नयाँ कार्यसमिति चयन, उपाध्यक्षमा मल्लदेखि गोल्छासम्म

इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी)को नयाँ नेतृत्व चयन भएको छ। आइतबार सोल्टी होटेलमा सम्पन्न साधारण सभाले राजेश काजी श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा छन् भने उपाध्यक्षहरूमा पदेन उपाध्यक्ष राजेन्द्र मल्ल, एसोसिएसनको तर्फबाट दिनेश श्रेष्ठ, बैंक वित्तीय क्षेत्रको तर्फबाट सुनिल केसी, इस्योरेन्स क्षेत्रको तर्फबाट चंकी क्षेत्री, मानार्थ उपाध्यक्ष सोनाम लाक्पा शेर्पा, लिमिटेड कम्पनीका तर्फबाट गणेश कार्की र एसोसिएसनको तर्फबाट राजेन्द्र अर्याल चयन भएका छन् । यसैगरी महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली, सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे चयन भएका छन् । नेपालमा विदेशी लगानी भित्र्याउने र नेपाली उत्पादनलाई विदेशी बजारमा पुर्याउने उद्देश्य अनुरुप गठन भएको उक्त आइसिसीमा यसअघि सुरेन्द्र वीर मा...
गायिका सरु गौतमको तिज गीत ‘नाम जोडियो’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका सरु गौतमको तिज गीत ‘नाम जोडियो’सार्वजनिक(भिडियो)

गायिका सरु गौतमले  तिज गीत ‘नाम जोडियो’ ल्याएकी छन् ।  कुमार कटुवालको शब्द, दीपक शर्माको संगीत, पुरुषोत्तम सुवेदीको एरेञ्ज गीतमा छ । जेरी भण्डारीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा गुराँस ढकाल, सोनी महत, आयुसी ढकाल र रोनियन अधिकारीलगायतको अभिनय छ । https://youtu.be/2BjcuzZt5aA राजेश घिमिरेको छायाङ्कन रहेको गीतको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । गीतको भिडियो सरु गौतमको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...
मिस हिमालयन नेपाल र मिसेस हिमालयन आइकन नेपालको आवेदन खुल्ला
मनोरन्जन, समाचार

मिस हिमालयन नेपाल र मिसेस हिमालयन आइकन नेपालको आवेदन खुल्ला

काठमाडौं ।  सौन्दर्य क्षेत्रमा लामो समयदेखि सक्रिय सौन्दर्यकर्मी अप्सना नेवाको आयोजनामा मिस हिमालयन नेपाल र मिसेस हिमालयन आइकन नेपाल २०२४ को आवेदन खुल्ला गरिएको छ।विवाहित तथा अविवाहित महिलाहरुले आवेदन दिन सकिने उक्त प्रतियोगिता अदृश्य प्रतिभालाई दृष्टिगत गराउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्था द हिमालयन प्याजेन्टकी अध्यक्ष एवं सौन्दर्यकर्मी अप्सना नेवाले जानकारी दिईन । पहिलो संस्करण अविवाहित महिलाहरुको मात्र प्रतियोगीता गरिएको यस कार्यक्रममा भने विवाहित महिलाहरुलाई पनि समेटेर मिसेस हिमालयन आईकनको आयोजना गर्न लागिएको समेत उनले बताईन ।पहिलो संस्करणमा लोकप्रिय नायक प्रदिप खड्का, आनन्द कार्की,अभिनेत्री रश्मि भट्ट लगायत चर्चित कलाकारहरुको उपस्थिती रहेको कार्यक्रममा यस पटक पनि थुप्रै लोकप्रिय कलाकारहरुको उपस्थिती रहने छ ।नयाँ संस्करणका लागि पहिलो अडिसन यही भदौ २९ गते शनिवारका दिन न...
टान नेतृत्वका लागि व्यवसायी संगठनहरुको समर्थन सागर पाण्डेलाई
अर्थ/व्यापार, समाचार

टान नेतृत्वका लागि व्यवसायी संगठनहरुको समर्थन सागर पाण्डेलाई

काठमाडौं । ट्रेकिङ एजेन्सीज् एशोसीयसन अफ नेपाल(टान) को नयाँ नेतृत्वका लागि प्रत्याशी सागर पाण्डेले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।यहि भदौ १७ गते हुने टानको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आइतबार एक कार्यक्रमबीच पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको हो । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेदवारी घोषणा गरेका छन् ।यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । पाण्डे समूहका तर्फबाट कार्यसमिति सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङलेसमेत उम्मेदवारी घोषणा गरेका छन् ।उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ पर्यटन...
वन्दना शर्मा वुमन एचिभर्स र कुमाऊँ केसरी अवार्डबाट सम्मानित
अन्तर्राष्ट्रिय, समाचार

वन्दना शर्मा वुमन एचिभर्स र कुमाऊँ केसरी अवार्डबाट सम्मानित

इन्डिया। वन्दना शर्मा वुमन एचिभर्स र कुमाऊँ केसरी अवार्डबाट सम्मानित भएकी छन् । नटराज डान्स एकेडेमीकी निर्देशक वन्दना शर्मा वुमन एचिभर्स अवार्ड २०२४ र कुमाऊँ केसरी अवार्डबाट सम्मानित भएकी छन् । उनी आफ्नै एकेडेमी चलाउने र शिक्षिका पनि हुन्, उनको उपलब्धि र योगदानका लागि यो पुरस्कार प्रदान गरिएको हो । कन्स्टिट्युसन क्लब अफ इन्डिया, दिल्लीमा आयोजित एक कार्यक्रममा वन्दना शर्मालाई यो अवार्ड प्रदान गरिएको थियो, जसमा दिल्ली प्रहरी निर्देशक प्रशिक्षण जितेन्द्र मणि, दिल्ली पुलिसका सह निर्देशक विजय सिंह, पूर्व जिल्ला न्यायाधीश टीआर नवल, सब-डिस्ट्रिक्ट म्याजिस्ट्रेट सञ्जय अम्बास्ता, जम्मूका आवासीय आयुक्त डा. र रश्मी सिंह, आज तकका उपसम्पादक चिराग गोठी, जम्मु कश्मीरको पहिलो श्रीमती र शहरी विकास अधिकारी मीनु महाजन, दिल्ली उच्च न्यायालयका संयुक्त रजिस्ट्रार केएस भाटी, अभिनेत्री र श्रीमती भारत विश्वव...
एक वर्षमै विश्वका ४५० तीर्थस्थल दर्शन गरेर इतिहास बनाएका प्रदीप खनाल
समाचार, समाज

एक वर्षमै विश्वका ४५० तीर्थस्थल दर्शन गरेर इतिहास बनाएका प्रदीप खनाल

विश्वमा ४५० वटा प्रसिद्ध धार्मिक तीर्थस्थलहरूको दर्शन गरेर ‘विश्व रेकर्ड’ राख्ने व्यक्ति को होलान्! सनातन धर्मका प्रसिद्ध भारतीय गुरुहरू भन्छन् – कि शंकाराचार्य हुन् कि गुरु नानक देव। भारतीय गुरु नानक देवले करिब पाँच सय वर्षअघि २१ वर्ष लगाएर यतिका तीर्थस्थलको भ्रमण गरेर विश्वमा प्रसिद्धी कमाएका थिए। त्योभन्दा अघि गुरु शंकराचार्यले कति वर्ष लगाएर यतिको संख्यामा तीर्थस्थल भ्रमण गरेका थिए, ठ्याक्कै यकिन छैन। अहिले आएर नेपालका प्रदीप खनालले एकै वर्षमा ४५० वटा तीर्थस्थल भ्रमण गरेर आफू ‘विश्वमै पहिलो’ व्यक्ति भएको बताइरहेका छन्। काठमाडौं कलंकीका खनाल गत जुलाई अन्तिममा ४५० वटा तीर्थस्थल भ्रमण पूरा गरेपछि एकाएक चर्चामा आएका छन्। प्रसिद्ध सनातनी धर्मका गुरुहरूले शंकराचार्य र नानक देवपछि तेस्रो व्यक्ति भन्दै खनालको प्रशंसा गरिरहेका छन्। उनीहरूले खनालले शंकराचार्य र नानक देवको इतिहास ‘ब्र...