माहावाणिज्यदुत ढकाल र चीन उद्योग वाणिज्य संघका पदाधिकारी बीच भेटवार्ता
काठमाडौं, २४ कार्तिक-मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतका लागि नवनियुक्त माहावाणिज्यदुत नवराज ढकाल र नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीहरु बीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्ता नेपाल र तिब्बत बीचको व्यापार, पर्यटन तथा आर्थिक प्रवद्र्धनका विषयमा केन्द्रित रह्यो । भेटवार्ताका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र तिव्बत बीच सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै संघका गतिविधिहरु तथा विद्यमान व्यापारिक संभावना एवम् समस्याहरु बारे जानकारी गराए । संघले तिव्बतका व्यापारीक संगठनहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधि मण्डलको आदान प्रदान, पर्यटन प्रवद्र्धन, व्यापारिक मेला, एस्पो, सेमीनारमा सहभागिता लगायतका विविध बिषयमा सहकार्य गरी अघि बढीरहेको उनले जनाए । अध्यक्ष तुलाधरले कोभिड १९ का कारण नाका पूर्ण रुपमा सुचारु हुन नसकेकोले यातायात सुचारु ग...









