समाचार

देउसी भैलोमा सहभागी नहुन गृह मन्त्रालयको अपील
राजनीति, समाचार

देउसी भैलोमा सहभागी नहुन गृह मन्त्रालयको अपील

गृहमन्त्रालयले देउसी भैलो तथा भीडभाड हुने कार्यक्रममा सहभागी नहुन अपील गरेको छ। स्वास्थ्य प्रोटोकल तथा सुरक्षा मापदण्ड अपनाएर तिहार र छठ पर्व मनाउन आग्रह गर्दै देउसी भैलो तथा भीडभाड हुने कार्यक्रममा सहभागी नहुन र बालबालिकालाई नपठाउन आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको बढ्दो अवस्थाका कारण जो जहाँ छौं त्यही बसेर चाड मनाउन र अत्यावश्यक बाहेक काम नपरी बाहिर ननिस्कन आग्रह गरेका छन्। ‘तिहारको निहुँमा जुवातासजन्य कुनै पनि गैरकानूनी तथा अवाञ्छित गतिविधि नगर्न, स्वास्थ्य तथा सुरक्षाको दृष्टिकोणले जोखिम हुने भुईंचम्पा, पटका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको उत्पादन विक्री, वितरण र प्रयोग नगर्नसमेत अनुरोध छ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।...
दर्ता नगरी सञ्चालन गरिएका क्रसर उद्योग बन्द गर्न निर्देशन
अर्थ/व्यापार, समाचार

दर्ता नगरी सञ्चालन गरिएका क्रसर उद्योग बन्द गर्न निर्देशन

दर्ता नै नगरेर निर्वाध रुमा सञ्चालन हुँदै आएका नदीजन्य उद्योगहरु बन्द गर्न सरकारले निर्देशन दिएको छ। मन्त्रिपरिषद्को मापदण्डअनुसार मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री बर्षमान पुन, उद्योगमन्त्री लेखराज भट्ट, बनमन्त्री शक्ति बस्नेत र ती मन्त्रालयका सचिवहरुको बैठकले त्यस्ता उद्योग बन्द गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले ढुंगा, गिट्टी, वालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–०७७ स्वीकृत गरेको थियो। सो मापदण्डलाई कार्यान्वयनमा ल्याउन मंगरबार सरोकारवाला मन्त्रीहरुको बैठकले त्यस्ता उद्योग तत्कालन बन्द गर्ने निर्णय लिएको एक सचिवले जानकारी दिए। राजनीतिक पहुँचका आधारमा देशैभर क्रसर उद्योगहरुले नदीको दोहोन गरिरहेपछि त्यस्ता उद्योग बन्द गर्न सरकारमाथि दबाब परेको थियो। गृह मन्त्रालयमा बसेको बैठकले अनुमती लिएर चलेका क्रसर र वासिङ अनुगमन गरेर दर्ता, आईईई भए नभएक...
लामो समय देखि जनता आतंकित छन् :डा.डिआर उपाध्याय
राजनीति, समाचार

लामो समय देखि जनता आतंकित छन् :डा.डिआर उपाध्याय

बजार लगाम विनाको घोडा भयो नेपालीको रमाइलो चाड तिहार आउन अव केहि दिन मात्र बाँकी छ । तर यस पालीको तिहारमा गत बर्ष जस्तो रमाईलो पक्कै हुने छैन । मान्छे संग भिडभाड गर्ने , भैलो खेल्ने अवस्था अहिले छैन । दिदी , बैनीको हातबाट टिका लगाउने बस्ने , खाने यति हो । सरकारले पनि यस बर्ष भैलो खेल्न र खेलाउन नपाइृने भनेको छ । यदि भैलो खेल्ने र खेलाउनेका लागी कारवाही गर्ने कुरा गरेको छ । यो भनेको राम्रो कुरा हो यति बेला हामी सवै कोरोना संग जोगीने बेला हो । यो बर्षको तिहारमा रमाईलो गर्न नपाए पनि कोरोनाबाट बँच्न सकियौ. भने अर्को बर्ष पनि तिहार रमाईलो संग मनाउन सकिन्छ नी । के को चिन्ता । यति बेला त कोरोना भाईरसको माहामारीले सवैलाई सताएको छ । ठिक यसै बेला श्रमजीवि जनता महंगीका कारण बाँच्न नसक्ने अवस्थामा छन । उनीहरुलाई मेलापर्व आए , नआएको केही मतलव छैन । बस् । उनीहरुलाई बिहान बेलुकाको छाक टार्ने चिन्ता मात्र ...
सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादी पक्राउ
अपराध, समाचार, समाज

सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीइ अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । निजउपर उच्च अदालत पाटनले विसं २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र रु दुई लाख ५० हजार जरिवान फैसला गरेको थियो। अदालतबाट फैसला भई तोकिएको उक्त कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए। त्यसैगरी कर्तव्य ज्यान मुद्दामा विसं २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात, सम्बन्धविच्छेद मुद्दाका छ, क...
आठ महिनामा एक लाख ३६ हजार नेपाली विदेशबाट घर फर्किए
अर्थ/व्यापार, समाचार

आठ महिनामा एक लाख ३६ हजार नेपाली विदेशबाट घर फर्किए

सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म एक लाख ३६ हजार ३९३ जना नेपालीलाई उध्दार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ६० देशमध्ये सबैभन्दा बढी ४० हजार २३० जना युएइबाट फर्किएका छन् । दोस्रो फर्किने मुलुक कतारबाट २६ हजार ५९२ जना स्वदेश फर्किएका छन् । तेस्रोमा साउदी ९रियाद जेद्दा० बाट १८ हजार ७३० र मलेसियाबाट १८ हजार ७८३ जना स्वदेश आएका छन् । यस्तै, कुवेतबाट १० हजार ४८३ जना स्वदेश फर्किएका छन् ।यो अवधिमा बहराइनबाट एक हजार ३३९ जना स्वदेश फर्किंदा अस्ट्रेलियाबाट १२ सय ४४ जना स्वदेश फर्किएको उल्लेख छ । टर्कीबाट ३५ सय १९ जना र ओमानबाट १७ सय ८४ जना साथै दक्षिण कोरियाबाट दुई हजार ६५ जना फर्किएका छन् । छिमेकी देश बङ्गलादेशबाट ९७० जना फर्किएको सिसिएमसिले बताएको छ । यसैगरी, माल्दिभ्सबाट एक हजार १८ जना फर्किएकोमा छिमेकी देश चीनबाट ६३४ ...
बन्दना राणा राष्ट्रसंघीय महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी समिति सदस्यमा निर्वाचित
राजनीति, समाचार

बन्दना राणा राष्ट्रसंघीय महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी समिति सदस्यमा निर्वाचित

नेपालकी बन्दना राणा दोस्रो कार्यकालका लागि महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी सँयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा निर्वाचित भएकी छन्। सोमबार राती भएको चुनावमा उनी निर्वाचित भएकी हुन्। हाल सो समितिकी उपाध्यक्ष रहेकी राणाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी थिइन्। राणाले १८९ मत मध्ये १३७ मत प्राप्त गरेको जानकारी दिइन्.। उनी निर्वाचित हुने ११ जना सदस्य मध्ये तेस्रो नम्बरमा रहेर निर्वाचित भएकी हुन्। यसअघि ४ वर्ष पहिला उनी १०६ मत प्राप्त गर्दै छैटौं स्थानमा रहेर विजयी भएकी थिइन्। ११ सदस्यीय समितिका लागि २० जनाको उम्मेदवारी थियो। निर्वाचित भइसकेकी छोटो प्रतिक्रिया दिँदै राणाले दोस्रो कार्यकालमा अझै आफूले मानवअधिकारका विषयमा सजिलोसँग काम गर्न पाउने बताइन्। उनले पहिलो कार्यकालभन्दा दोस्रो कार्यकाल अझै सफल हुने विश्वास व्यक्त गरिन्। राष्ट्रसंघीय समितिको उच्च पदमा पुग्ने उनी पहि...
बंगलादेशबाट ५० हजार मेट्रिक टन मल किन्ने निर्णय
अर्थ/व्यापार, समाचार

बंगलादेशबाट ५० हजार मेट्रिक टन मल किन्ने निर्णय

सरकारले बंगलादेशबाट रासायनिक मल किन्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बैगलादेशबाट जीटूजी प्रक्रियामार्फत ५० हजार मेट्रिक टन मल किन्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए। सरकारले यसअघि धानका लागि भन्दै बंगलादेशबाट पैँचोमा मल ल्याउने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बंगलादेशी समकक्षी शेख हसिना वाजेदसँग सो विषयमा कुरा पनि गरेका थिए। बंगलादेश पनि त्यतिबेला तयार भएको थियो। तर, हालसम्म पनि पैंचोको मल भने आउन सकेन। पैँचोको मल दिन बंगलादेशले आनाकानी गरेपछि खरिद गर्ने निर्णय गरिएको हो। यो सिजन किसानले धानका लागि मल पाउन नसक्दा यो वर्ष धानको उत्पादन नै घट्ने प्रक्षेपण गरिएको छ। उता अब गहुँका लागि पनि मल आवश्यक पर्नेबेला भइसक्दा पनि मलको अभाव हुने देखिएपछि सरकारले जीटूजी प्रक्रियामार्फत मल किन्ने निर्णय गरेको हो।...
सेनाका पाँचजना प्रमुखसेनानी महासेनानीमा बढुवा
राजनीति, समाचार

सेनाका पाँचजना प्रमुखसेनानी महासेनानीमा बढुवा

सरकारले सेनाका पाँचजना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख सेनानी मनोज थापालगायत पाँच जनालाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको हो। उनीहरुको बढुवासँगै पदस्थापनासमेत गर्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए। यस्तै महासेनानी मोहन क्षेत्रीलगायत पाँचजनाको सरुवासमेत गरिएको छ।...
जर्मनीका लागि नेपाली राजदुत रामकाजी खडका र चेम्बर पदाधिकारी बीच भेटवार्ता
अर्थ/व्यापार, समाचार

जर्मनीका लागि नेपाली राजदुत रामकाजी खडका र चेम्बर पदाधिकारी बीच भेटवार्ता

काठमाडौं, २४ कार्तिक- संघीय गणतन्त्र जर्मनीका लागि नेपालका नवनियुक्त राजदूत रामकाजी खडका र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ एवम् पदाधिकारी बीच भेटवार्ता भएको छ । छलफलमा राजदूत खडकाले बिश्व आर्थिक परिदृष्यमा जर्मनी बिश्वको चौथो आर्थिक शक्ति तथा नेपालको आर्थिक क्षेत्रको महत्वपूर्ण साझेदार भएकोले नेपालको पर्यटन, लगानी तथा व्यापारको क्षेत्रमा जर्मनीको योगदान महत्वपूर्ण हुने धारणा राखे । राजदुत खडकाले नेपाल र जर्मनी बीच सन् १९५८ मा कुटनीतिक सम्वन्ध कायम भए पश्चात नेपालको विकास प्रयासमा जर्मनीको उल्लेखनीय योगदान रहेकोे उल्लेख गर्दै आफ्नो कार्यकालमा जलविद्युत लगायत पूर्वाधारको विकास, वैदेशिक लगानी विस्तार, नेपालको निकासी अभिवृद्धि तथा पर्यटन प्रवद्र्धन गर्ने तर्फ पहल गर्ने बताए । नेपाली तथा जर्मन निजी क्षेत्र बीच समन्वय कायम गरी आर्थिक सम्बन्धलाई सबल बनाउनेतर्फ पहल गरिने पनि उनल...
कोरोनाको उपचारमा ९० प्रतिशत सुरक्षित भएको खोप विकास
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

कोरोनाको उपचारमा ९० प्रतिशत सुरक्षित भएको खोप विकास

 फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन ९० प्रतिशत सुरक्षित भएको एक प्रारम्भिक अध्ययनले देखाएको अमेकरी सञ्चार माध्यमहरुले जनाएका छन्। अध्ययन सार्वजनिक गर्दै खोपका निर्माता फाइजर र बायोएनटेकले यस दिनलाई ‘विज्ञान र मानव समुदायका लागि महत्त्वपूर्ण दिन’ को संज्ञा दिएका छन्। अहिलेसम्म उक्त खोप ६ वटा देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको छ। परीक्षण गरिएका व्यक्तिहरूमध्ये ९० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण नभएको र कसैमा पनि भ्याक्सिनको नकारात्मक असर नपरेको कम्पनीको दाबी छ। कम्पनीले यो महिनाको अन्तिमबाट नै यो खोपलाई आपतकालीन अवस्थामा लगाउनका लागि अनुमति माग्ने योजना बनाएको छ। यदि भ्याक्सिनले कुनै पनि नकारात्मक असरबिना संक्रमण रोक्यो भने यो भ्याक्सिन नै हाल लागिरहेका विभिन्न निषेधाज्ञाबाट बाहिर निस्कने कारण बन्न सक्ने विज्ञहरूले जनाएका छन्। भ्याक्सिन पूर्णतः प्रय...