समाचार

तिहार र छठ पछि कडा निषेधाज्ञा जारी गर्न उपत्यका मेयर फोरमको आग्रह
राजनीति, समाचार

तिहार र छठ पछि कडा निषेधाज्ञा जारी गर्न उपत्यका मेयर फोरमको आग्रह

उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ। बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन्। काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए। तिहार छठ लगत्तै उपत्यकामा बढीरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भिर छलफल भएको उनले बताए। उपत्यकामा बढीरहेको संक्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उहाँले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताए। सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको उनले बताए। मह...
मलेसियामा एक नेपाली युवतीको हत्या
अपराध, समाचार

मलेसियामा एक नेपाली युवतीको हत्या

मलेसियामा एक नेपाली युवतीको हत्या भएको मंगलबार मलेसियाको केलाङस्थित एक नेपालीले सञ्चालन गर्दै आएको रेष्टुरेण्टमा काम गर्ने युवतीलाई उनका नेपाली प्रेमीले हत्या गरेका हुन्। आइतमाया मगर (आरती मगर) नाम गरेकी युवतीको हत्या भएको हो। युवतीको घर भारतको दार्जिलिङ भए पनि नेपाली राहदानी बनाएर मलेसिया पुगेको बताइएको छ। हत्या गर्ने नेपाली युवकको भने पहिचान खुलेको छैन। केलाङस्थित नेपालीहरुले प्रेम सम्बन्धका कारण हत्या भएको बताएका छन्। घटनास्थलमा पुगेको प्रहरीले हत्यापछि बेहोस भएका युवकलाई अस्पताल पुर्याएको छ भने शवको मुचुल्का बनाएको छ।...
सरकारको पछिल्लो निर्णयले जनतामा उत्साह :डा.डिआर उपाध्याय
राजनीति, समाचार

सरकारको पछिल्लो निर्णयले जनतामा उत्साह :डा.डिआर उपाध्याय

सरकारको पछिल्लो निर्णयले जनतामा उत्साह पछिल्लो समयमा आएर सरकारले जनजीविकासँग जोडिएका केही महत्वपूर्ण बिषयमा लोकप्रिय निर्णयहरू गरेको छ । जसले गर्दा अहिले सरकारले जनस्तरबाट स्याबासी पाएको छ ।.यो हामी सवैको लागी खुशिको कुरा हो । सरकार केहि समय अघि देखि जनजीविकासँग जोडिएका महत्वपूर्ण बिषयमा खासै ध्यान नदिएर आरोप खेपिरहेको थियो । केही महत्वपूर्ण निर्णयहरू संगै सरकारले देशवासीका लागी राम्रो सन्देश प्रवाह गरेको छ । यसले जनतामा केहि आशाको दियो बोलेको छ ।. सरकारले पछिल्लो समयमा आएर गरिब, निमुखा वर्गका नागरिकप्रति असल अभिभावकीय जिम्मेवारी बहन गरेको सन्देश प्रवाह गरेको छ । यो नै महत्वपूर्ण कुरा हो .। कोभिड– १९ को महामारीका कारण सर्वसाधरण नागरिक घर न घाटको अवस्थामा पुगेका थिए । सरकारको पछिल्लो निर्णयले जनतामा उत्साह छाएको छ । सरकारको बिरोध मात्र गरेर हुदैन , आबश्यक परे सरकारलाई सहयोग गर्न नागरिक तयार...
आइपीएल १३ औं सिजन: मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जित्यो
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

आइपीएल १३ औं सिजन: मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जित्यो

आइपीएलको १३ औं सिजनको फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएर रेकर्डस्तरको पाँचौं पटक उपाधि जित्यो । यससँगै मुम्बईले ट्रफीसँगै २० करोड भारु र दिल्लीले १२.५० करोड भारुको नगद पुरस्कार पायो । रनरअपको नगद पुरस्कार खेलका सबैभन्दा महँगा खेलाडी विराट कोहलीले पाउने रकमभन्दा कम छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाले यो वर्षको नगद पुरस्कारलाई आधा गर्ने निर्णय गरेको थियो जुन पछि फेरिएको थियो ।...
प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन
अर्थ/व्यापार, समाचार, समाज

प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन

लोकसेवा आयोगले आज बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो । सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।...
२४ घण्टामा विश्वभरमा कोरानाका ५ लाख ३४ हजार बढी संक्रमित थपिए
अन्तरवार्ता, समाचार, स्वास्थ्य

२४ घण्टामा विश्वभरमा कोरानाका ५ लाख ३४ हजार बढी संक्रमित थपिए

विगत २४ घण्टामा विश्वभरमा कोरानाका ५ लाख ३४ हजार बढी संक्रमितहरु थपिएका छन् भने ९ हजार बढीले ज्यान गुमाएका छन। वल्र्डोमिटरको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड १७ लाख ८८ हजार ३२ पुगेको छ। यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको सख्ंया १२ लाख ७८ हजार ४ सय २८ रहेको छ। भने, हालसम्म ३ करोड ६३ लाख ६१ हजार ८ सय ९९ कोरोनाका संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन्। गत २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १ लाख ३३ हजार ३ सय १५ कोरोनाका संक्रमितहरु थपिएका छन। यो सँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या १ करोड ५ लाख ५६ हजार ९ सय २५ पुगेको छ। अमेरिकामा हालसम्म ६५ लाख ९५ हजार ३ सय ३९ कोरोनाका संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन। यस्तै, कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा २ लाख ४५ हजार ७ सय ७७ जनाको ज्यान गएको छ। भने गत २४ घण्टामा मात्र कोरोनाका कारण १ हजार बढीको मृत्यु भ...
कोरोना बढेसँगै धादिङमा पीसीआर परीक्षण हुने
समाचार, स्वास्थ्य

कोरोना बढेसँगै धादिङमा पीसीआर परीक्षण हुने

कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेसँगै आरटी पीसीआर परीक्षण गर्न माग भएको बेला धादिङमै पिसिआर परीक्षण हुने भएको छ। कोरोना लागे नलागेको परीक्षण गर्ने पिसिआर मेसिन राखेर धादिङबेंसीमा स्वाव परीक्षण गर्ने नीतिगत निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख जगन्‍नाथ नेपालले बताए। सांसद खेम लोहनी, भूमि त्रिपाठी र जिल्ला समन्वय समितिका प्रमुख नेपालको पहलमा पिसिआर मेसिन जिल्लामा ल्याउन लागिएको हो।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलको अध्यक्षतामा बसेको केन्द्रीय कोरोना कोषको बैठकले रु एक करोडको लागतमा पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढेको बताइएको छ। जिल्ला समन्वय समितिले मेसिन खरिदसँगै परीक्षणस्थल समेत तय गरी जिल्लामा कोरोना परीक्षण गर्ने व्यवस्थापन गरिने कार्यक्रम रहेको छ। ठूलो ल्याब र यसका लागि जनशक्ति समेत व्यवस्थापन गरी दुई महिनाभित्र परीक्षण गर्ने सकिने योजन...
गीतकार तथा गजलकार यसु थापाको दोस्रो एल्बम “नाम” सार्वजनिक
मनोरन्जन, समाचार

गीतकार तथा गजलकार यसु थापाको दोस्रो एल्बम “नाम” सार्वजनिक

समाजसेवी तथा सामाजिक अभियनता एन.आर.एन. बेल्जियमको पहिलो महिला सदस्यदेखी पुर्ब उपाध्यक्षसम्म हुनु भएकी गीतकार तथा गजलकार यसु थापाको दोस्रो एल्बम "नाम" सार्वजनिक गरिएको छ । जसमध्ये एउटा गजलको म्युजिक भिडियो यसु थापाको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । बेल्जियमको राजधानी ब्रसेल्स स्थित नेपाली राजदुतावासको कार्यालयमा सम्पन्न एक कार्यक्रम बिच सो गजलको भिडियो तथा एल्बम सर्वजनिक गरिएको हो । नेपाली राजदुतावास बेल्जियमका राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा अतिथिहरु एन.आर.एन. केन्द्रिय सहसचिब लोक बराल एन.आर.एन बेल्जियमका अध्यक्ष चित्र सुबेदी, महासचिव तिर्थ धमाल, गीतकार अर्जुन रत्न भिकारी तथा सोही गजलको मोडल बर्षा खड्काको आतिथ्यतामा विमोचन सम्पन्न भयो । दुई दशकदेखि गीत गजल लेखन यात्रा गर्दै आउनु भएकी यसुका थुप्रै गीतहरु सार्वजनिक भएकाछन । तिज विशेष गीतहरुमा पनि कलम...
मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी
मनोरन्जन, समाचार

मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।...
मंसिर २ गते पनि सार्वजनिक बिदा
समाचार, समाज

मंसिर २ गते पनि सार्वजनिक बिदा

तिहारमा तिथि विवादसँगै मंसिर २ गते भाइपूजा मनाउने केही नेवाः अभियन्ताहरूको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको छ।  स्रोतका अनुसार हिजो उक्त निर्णय मन्त्रिपरिषद्को बैठकबाट भएको हो। नेवाः अभियन्ताहरूले मंसिर २ गते आफूले भाइपूजा मनाउने भएको बताउँदै उक्त दिन पनि सार्वजनिक बिदाको माग गर्दै एक मन्त्रीमार्फत् प्रस्ताव लगेका थिए।  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष कार्तिक २९ गते शनिबार लक्ष्मीपूजा, कार्तिक ३० गते आइतबार गाईगोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते सोमबार गोवद्र्धन पूजा तथा भाइपूजा तोकेको छ।  तर केही नेवाः समुदायले भने कार्तिक २९ गते शनिबार नरक चतुर्दशीकै दिनमा लक्ष्मीपूजा गर्न नहुने र कार्तिक ३० गते सूर्योदयमा औँशी भएकै राति लक्ष्मीपूजा गर्ने परम्पराअनुसार तिहार मनाउँदै छन्। यसअनुसार मंसिर १ गते सोमबार नेप...