समाचार

दुईजना वरिष्ठ चिकित्सकहरुको कोरोनाका कारण निधन
समाचार, स्वास्थ्य

दुईजना वरिष्ठ चिकित्सकहरुको कोरोनाका कारण निधन

 कोरोना संक्रमणका कारण दुईजना वरिष्ठ चिकित्सकहरुको निधन भएको छ। स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनील झाको आइतबार राति कोरोनाका कारण निधन भएको जनाएको छ।यस्तै नेपाल बर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा.नारायणबहादुर थापाको निधन भएको छ। दुबैजना कोरोनाका विरामीको उपचार गर्दागर्दै आफै संक्रमित बन्न पुगेका थिए। स्वास्थ्य मन्त्रालयले दुई चिकित्सकको मृत्युले राष्ट्रलाई अपुरणीय क्षति भएको जनाएको छ।...
सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन

न्युजिल्यान्डकी क्रिकेटर सोफी डिवाइन बिग बास लिगमा सय छक्का प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छिन । उनले महिला बिग बाश लिग अन्तर्गत शनीवार मेलबर्न रेनेगेड्स विरुद्व भएको खेलमा यो किर्तिमान पुरा गरेकी हुन । सोफीले उक्त खेलमा अविजित ७७ रनको पारी खेल्दै पर्थ स्कोचर्सलाई ९ विकेटले जित दिलाईन । पर्थ स्कोचर्सले उक्त खेल ३१ बल बाँकि रहदै जितेको थियो । आफ्नो ७७ रनको पारीमा सोफीले ३ छक्का प्रहार गरेकी थिईन । देब्रे हाते खेलाडी सोफीले अहिले सम्म महिला बिबिएलमा ७४ खेल खेलेकी छिन र १०१ छक्का प्रहार गरेकी छिन । उनले महिला बिबिएलमा ३९.८८ को औसतमा २ हजार ४ सय ३३ रन बनाएकी छिन । यसक्रममा उनको अधिकतम स्कोर अविजित १०३ रन रहेको छ । उनले अहिले सम्म महिला बिबिएलमा १५ पटक ५० भन्दा बढी रन बनाएकी छिन । साथै जारी प्रतियोगितामा उनले २ सतक पनि प्रहार गरेकी छिन ।...
बाबुराम दम्पत्तिको कोरोना रिपोर्ट फेरि पोजेटिभ
राजनीति, समाचार

बाबुराम दम्पत्तिको कोरोना रिपोर्ट फेरि पोजेटिभ

लामो समयदेखि कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहेका जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको छ। डा. भट्टराईले ट्वीट गर्दै स्वास्थ्य सुधारोन्मुख भए पनि फेरि आइसोलेशनमै बस्नुपर्ने रिपोर्ट आएको बताएका छन्। यसअघि पनि दुबैजनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना संक्रमण भएको पुष्टि भएपछि दुई पटक गरिएको परीक्षणमा पनि दुबैजनाको रिपोर्ट पोजेटिभ आएको हो। डा. भट्टराई कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेका बेला तराईका जिल्लामा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा सहभागी हुँदाहुँदै उनलाई कोरोना संक्रमण भएको थियो।...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघ्यो

भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार १०९ पुगेको छ । यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३० हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३० हजार ७१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख ४५ हजार ६१७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ४७ हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।...
आज यमपञ्चकको पाँचौंँ मुख्य दिन भाइटीका पर्व
समाचार, समाज

आज यमपञ्चकको पाँचौंँ मुख्य दिन भाइटीका पर्व

 हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन सोमबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन भाइटीका पर्व, दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिए ।‘ भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भ...
नेतृत्ववर्गलाई देशको चिन्ता भएन :डा.डिआर उपाध्याय
राजनीति, समाचार

नेतृत्ववर्गलाई देशको चिन्ता भएन :डा.डिआर उपाध्याय

हाम्रो देश कृषि प्रधान देश भनेर विश्वमान चित्रमा चिनाइएको भएता पनि हामी आफै कृषिमा आत्मनिर्भर हुन सकिरहेका छैनौ । सबै नेपाली युवाहरु आर्थिक समस्याले थिचेर रोजगारीको लागि बिदेश जान बाध्य भएका छन् । गाउँघर तिर जग्गा जमिन सबै बाँझो छन् खेती योग्य जमिन प्लटिङ गरेर घडेरीमा परिणत भएका छन् । यो हाम्रो देशको समग्र समस्या हो । धेरै युवाहरु अर्काको देशमा श्रम, सिप, पसिना र रगत बगाईरहेका छन् । नेपालीहरु अर्काको देशमा आफ्नो जिवनलाई छुराको धारमा राखेर काम गर्न बाध्य भईरहेका छन । हाम्रो देशबाट किन यसरी युवाहरु पलायन भईरहेका छन् ? किन स्वदेशमा रोजागारीको सम्भावना छैन? किन श्रोत ब्यवस्थापन हुन सकेन ? यि गम्भिर प्रश्नहरुको हल हुन जरुरी देखिएको छ । स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नु नै अहिलेको आवश्यकता हो तर यस प्रकारको अर्थतन्त्र निर्माणमा सरकारको ध्यान जान सकेको छैन । देशमा विदेशीको हस्...
भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुल्ने
समाचार, समाज

भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुल्ने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर यसवर्षको भाइटीकाका दिन (सोमबार) खुल्ने भएको छ। भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले जानकारी दिए। २०७२ साल वैशाख १२ गते गएको बिनासकारी भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि पहिलोपटक खुल्न लागेको हो। भाइटीकाका दिनमा मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै पहिलोपटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको उनले बताए। बालगोपालेशवर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गरिन्छ।...
कोरोनाका कारण भारतमा थप ८ जना नेपालीको निधन
समाचार, स्वास्थ्य

कोरोनाका कारण भारतमा थप ८ जना नेपालीको निधन

कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझ सम्म कोरोनाका कारण निधन हुने नेपाली संख्या २ सय ९३ जना पुगेको छ । संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४ सय ३९ जना नेपालीमा कोराना संक्रमण देखिएको छ । ती मध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना कोरोना संक्रमण मुक्त भएका छन् । विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ । गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । यो साता नेपालमा मात्र २ लाख ६ हजार ३ सय ५३ जना कोरोना भाइ...
कर्मनासा खोलाको जग्गा कम्पनीको नाममा दर्ता, ३५ जना जग्गाधनी अनुसन्धानको दायरामा
अपराध, समाचार

कर्मनासा खोलाको जग्गा कम्पनीको नाममा दर्ता, ३५ जना जग्गाधनी अनुसन्धानको दायरामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।खोलाको प्राकृतिक धार परिवर्तन गरी तत्कालीन नापी कार्यालय, मालपोत कार्यालय र तत्कालीन ललितपुर उपमहानगरपालिकाका केही कर्मचारीको मिलेमतोमा कर्मनासा खोलाको करिब सात रोपनी जग्गा हडपेर कम्पनीको नाममा दर्ता गरेपछि आयोगमा उजुरी परेको थियो । त्यसपछि आयोगले अनुसन्धान सुरु गरेको हो । सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने असल भावना भएका केही व्यक्तिको उजुरी परेपछि आयोगले प्रारम्भिक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।आयोगका प्रवक्ता तारानाथ अधिकारीले ललितपुर जिल्लाको साबिक हरिसिद्धि र धापाखेल गाविसको सिमानामा पर्ने कर्मनासा खोलाको जग्गा कम्पनीको जग्गामा घुसाइ दर्ता गरेको भन्ने विषयमा केही कुरा बुझ्नुपर्न...
२४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिए
अन्तर्राष्ट्रिय, समाचार

२४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ दिएको जानकारीअनुसार शनिबार साँझ सम्ममा थप २६ हजार ८६० नयाँ संक्रमित थपिएका हुन् । यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १३ लाख ४४ हजार ३६५ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ४६२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ हजार ७६६ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ८०६ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३५५ जनाको भेन्टिलेतर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ९१५ जनाको हस्पिटलमा उपचार भइरहेको छ ।...