नेतृत्ववर्गलाई देशको चिन्ता भएन :डा.डिआर उपाध्याय - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

नेतृत्ववर्गलाई देशको चिन्ता भएन :डा.डिआर उपाध्याय


हाम्रो देश कृषि प्रधान देश भनेर विश्वमान चित्रमा चिनाइएको भएता पनि हामी आफै कृषिमा आत्मनिर्भर हुन सकिरहेका छैनौ । सबै नेपाली युवाहरु आर्थिक समस्याले थिचेर रोजगारीको लागि बिदेश जान बाध्य भएका छन् । गाउँघर तिर जग्गा जमिन सबै बाँझो छन् खेती योग्य जमिन प्लटिङ गरेर घडेरीमा परिणत भएका छन् । यो हाम्रो देशको समग्र समस्या हो । धेरै युवाहरु अर्काको देशमा श्रम, सिप, पसिना र रगत बगाईरहेका छन् । नेपालीहरु अर्काको देशमा आफ्नो जिवनलाई छुराको धारमा राखेर काम गर्न बाध्य भईरहेका छन । हाम्रो देशबाट किन यसरी युवाहरु पलायन भईरहेका छन् ? किन स्वदेशमा रोजागारीको सम्भावना छैन? किन श्रोत ब्यवस्थापन हुन सकेन ? यि गम्भिर प्रश्नहरुको हल हुन जरुरी देखिएको छ ।

स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नु नै अहिलेको आवश्यकता हो तर यस प्रकारको अर्थतन्त्र निर्माणमा सरकारको ध्यान जान सकेको छैन । देशमा विदेशीको हस्तक्षेपकारी कार्य भुमिका बढदो छ ,जव सम्म देशमा विदेशीहरुको हस्तक्षेपकारी भुमिका हुन्छ । त्यसवेलासम्म आत्मनिर्भर अर्थतन्त्रको निर्माण सम्भव छैन देशका नेताहरु आफ्नो स्वार्थपूर्तिका लागि विदेशीहरुसँग लम्पसार भई झुक्ने बानीले गर्दा समस्या बढ्दो छ राष्६« र राष्६ि«यताप्रति जनचेतना जगाउनुपर्ने आवश्यकता देखिएको छ । राष्६« र र राष्६ि«यता के हो? यो विषयमा गहन अध्ययन हुन जरुरी छ । यि विविध कारणले गर्दा स्वाधिन राष्६« निर्माण गर्न अप्ठ¥यारोमा परेको छ जवसम्म हामी सबैले अर्थतन्त्रको निर्माण गर्न सक्दैनौ तवसम्म राष्६« र राष्६ि«यता स्वाधिनता भविष्यमा मात्र सिमित हुने छ ।

सियो सम्मको सामाग्री आयात गर्ने अर्थतन्त्र होईन । देशमा श्रम सिप, पसिना बनाउने युवाको जमात विदेशमा छ युवाहरुलाई काम गर्न विदेश जान राज्यले अनुमति दिएको छ यसले गर्दा हामी परनिर्भर अर्थतन्त्रमा छौ यसरी देश बनाउन सकिदैन देश बनाउने सोंच हुनुपर्छ नेतृत्वदायीसँग सोंच नै छैन कुराले मात्र ह्ुँदैन ब्यवहारमा कार्यान्वयन हुनु जरुरी छ राजनीतिक दल र तिनका नेताहरु नै भन्छन अनि देश कसरी बन्छ ? कर्मचारीतन्त्रको मनपरी छ स्थानिय तह देखि केन्द्रसम्म भष्ट्राचारको जालो छ जवसम्म भष्ट्रचारको जालो तोडिदैन तवसम्म देश बन्नेवाला छैन । ।
हामीलाई हाम्रो देशको बडो चिन्ता लाग्छ । हामीलाई मात्र चिन्ता लागेर नहँुदो रहेछ । यो देशको चिन्ता नेतृत्ववर्गलाई लाग्न पर्ने हो । खै त्यस्तो देखिदैन । अव युवाहरु उठनुपर्छ, जाग्नुपर्छ, यो देशको मुहार फेर्न अव युवाशक्तिले सपना देख्नु पर्छ । अव निदाएर हुँदैन अव ब्युझनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *