समाचार

बलात्कार आरोपी सिद्धबाबाले जिल्ला अदालत सुनसरीबाट पाए सफाइ
अपराध, समाचार

बलात्कार आरोपी सिद्धबाबाले जिल्ला अदालत सुनसरीबाट पाए सफाइ

बलात्कार मुद्दामा कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ले सुनसरी अदालतबाट आज सफाइ पाएका छन् । सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले उनलाई सफाइ दिएका हुन् । अनुयायीलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सिद्धबाबालाई १६ मंसिर ०७६ मा अदालतले तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि चर्को आलोचना भएको थियो । त्यसपछि ९ माघमा उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर सुनसरी अदालतले उनलाई सफाई दिएको छ ।...
बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने
समाचार, समाज

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

 प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव हुने देखिएकाले बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । त्रयोदशीको बेलुकीदेखि दीपदान गर्न नदिएपनि चतुर्दशीको बिहान भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर शतबीज छर्न सकिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । बाला चतुर्दशीसमेत भनिने यस पर्वका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने गरेका थिए । कोरोनाका कारण यस वर्ष बाला चतुर्दशीको अवसर पारेर मङ्सिर २७ र २८ गते पशुपति क्षेत्रमा लाग्ने मेला स्थगित गरिएको कोषले...
२४ घन्टामा १ हजार १४ जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

२४ घन्टामा १ हजार १४ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरसका आज  १ हजार १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २७ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।...
नेकपाभित्रको विवादले सरकारका काम कारबाही प्रभावित
राजनीति, समाचार

नेकपाभित्रको विवादले सरकारका काम कारबाही प्रभावित

डा.डिआर उपाध्याय नेकपाभित्रको विवादले सरकारका काम कारबाही प्रभावित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद फेरि उत्कर्षमा पुगेको छ । गत निर्वाचनमा एउटै घोषणापत्रका आधारमा चुनाव लडेका तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको भावनात्मक एकता अझै सम्म हुन सकेको छैन । एकता महाधिवेशनबाट निर्वाचित नेतृत्व नआउञ्जेलसम्म यो समस्या यहि अवस्थामा रहिरहने देखिन्छ । महाधिवेशन कहिले हुन्छ त्यो पनि टुंगो छैन । माथिल्लो तह देखि तल्लो तह सम्म नेकपाका आम नेता कार्यकर्ताहरू अन्योलमा छन् । नेताहरू महाधिवेशनको तयारीमा लागेको देखिँदैन । आन्तरिक बिवाद चुलिदै गएको छ । एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका आधारमा जनताले झन्डै दुईतिहाइको बहुमत दिएर सरकार चलाउने अनुमति दिएका छन । तर सरकार जनताप्रति जवाफदेही हुन सकेन । बिगतमा अस्थिर सरकारको कारण मुलुकले विकासका काम गर्न सकेन । अस्...
सुपर प्लस साइज मोडलको खोजी
मनोरन्जन, समाचार

सुपर प्लस साइज मोडलको खोजी

काठमाडौँ, मंसिर २२- धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा एउटा अवसर हो, ‘सुपर प्लस साइज मोडल नेपाल ।’ सामान्यभन्दा मोटा युवतीहरुलाई लक्षित गर्दै यो सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेको छ । मोडल सङ्स नेपालको आयोजनामा यस प्रतियोगिताको दुई संस्करण नेपालमा सम्पन्न भइसकेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्थगित भएको प्रतियोगिताको तेश्रो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ आयोजना हुँदैछ । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती/महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ । काठमाडौँको बागबजारस्थित द बर्गर हाउसमा जनवरी ९ मा अडिसन हुने आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राज...
गायिका तथा संचारकर्मी योजना पुरीको ‘थोत्रे साइकल’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका तथा संचारकर्मी योजना पुरीको ‘थोत्रे साइकल’ सार्वजनिक(भिडियो)

संचारकर्मी समेत रहेकी गायिका योजना पुरी तथा गायक राजा खतिवडाको युगल गायनको नयाँ गीत ‘थोत्रे साइकल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पुष्कर खतिवडाको शब्द र संगीतमा रहेको उक्त गीतमा ओम सुनारले संगीत संयोजन गरेका छन् । https://www.youtube.com/watch?v=LYFVBudXHbM&fbclid=IwAR1wrTg__5jDLWszgxybQQlisQRlm9Zw7z_JFszkJ02MaIxFqDJ1Sobi5qY म्युजिक भिडियोमा गायक राजा खतिवडा, सृजु ढुंगाना, राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीले अभिनय गरेका छन् । ईलामको रमणीय चिया बगानको दृश्य समावेश गरिएको म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन छ । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।...
लोकतन्त्रमा विधिको शासन, कानुनी राज्य हुनु पर्छ
राजनीति, समाचार

लोकतन्त्रमा विधिको शासन, कानुनी राज्य हुनु पर्छ

डा.डिआर उपाध्याय नेकपाको आन्तरिक कलह र नेपाली कांग्रेसको मौनता प्रमुख राजनीतिक दल नेकपाको आन्तरिक कलह र नेपाली कांग्रेसको मौनताको फाइदा उठाउँदै दक्षिणपन्थी शक्तिहरु सल्बलाउन थालेका छन्। यो चिन्ताको बिषय हो । देशका बिभिन्न शहरहरुमा राजावादीहरु नारा जुलुस लगाउँदै हिडिरहेका छन । सबैजसो पार्टीभित्र आन्तरिक बिवाद छ । दलहरु सत्ता स्वार्थको राजनीति गर्नाले समस्या उव्जिएको छ । दलहरुमा राजनीतिक संस्कार, उच्च नैतिकता, इमानदारी भएको देखिँदैन। झन्डै दुइतिहाई बहुमतको दम्भले नेकपाभित्र आन्तरिक कलह चुलिएको छ। कोभिड– १९ ले विश्व नै नराम्ररी प्रभावित भएको छ। नेपाल पनि यसबाट आक्रान्त छ। यस्तो महामारीमा जनतामा कसरी स्वास्थ्योपचार, परीक्षण र राहत पुर्‍याउने भनेर नेकपा सरकार लाग्नु पर्नेमा उल्टो आन्तरिक बिवादमा रुमल्लिदै बसेको छ । पार्टीको आन्तरिक झगडाका कारण ओली सरकारको ध्यान पूर्णरूपमा कोरोना नियन्त...
डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते
समाचार, समाज

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जिप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन्। यसैगरी उक्त घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी त...
७२ वर्षको उमेरमा सम्बन्ध विच्छेद !
रोचक, समाचार

७२ वर्षको उमेरमा सम्बन्ध विच्छेद !

गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन् । गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा आज सम्बन्ध विच्छेद गरेका हुन् । आफ्ना पहिलेका श्रीमान्को मृत्यु भइसकेपछि विसं २०५२ मा बाटुलीको तीलबहादुरसँग दोस्रो बिहे भएको थियो । सामान्य मनमुटावका कारण घरमा सधैँ भरि झगडा गरेर बस्नुभन्दा बाच्दासम्म शान्तिसँग बस्न पाइयोस भनेर सम्बन्ध विच्छेद गर्ने सोच बनाएको श्रीमती बाटुली विकले बताइन् । यी वृद्ध दम्पत्तीले जिल्ला अदालत गुल्मीबाट कानूनी रुपमा सम्बन्ध विच्छेद गरेर अलग–अलग बस्ने निधो गरेका हुन् । यी दम्पत्ती आफ्ना छोराछोरी र नातीसँगै सम्बन्ध विच्छेदका लागि आज अदालत पुगेका थिए । “बाबा आमा दुवैको सहमतिअनुसार सम्बन्ध विच्छेद भएको हो”, तीलबहादुरका साइलो छोरा देवेन्द्र विश्वकर्माले भने । “दुई/चार वर्ष ब...
२ करोड १७ लाख नेपालीलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइने
समाचार, स्वास्थ्य

२ करोड १७ लाख नेपालीलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइने

कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये २ करोड १७ लाख २१ हजार ९ सय ८१ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिकालाई मात्र दिइनेछ ।स्वास्थ्य सेवा विभागअन्तर्गत तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक एवं खोप व्यवस्थापन प्राविधिक तयारी समितिका संयोजक डा श्यामराज उप्रेतीले विश्वमा बनिरहेका कोभिडविरुद्धको भ्याक्सिन १४ वर्षमुनिका बालबालिकालाई ट्रायल नगरिएको बताए । नेपालमा २८ प्रतिशत जनसंख्या १४ वर्षमुनिका छन् । कोभ्याक्स फ्यासिलिटीमा...