चिसो मौसमः आफ्नो सुरक्षा आफै गरौं
डा.डिआर उपाध्याय
विगत नौ महिना देखि नेपालमा फैलिएको कोरोना संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । यसले आम नागरिकलाई आक्रान्त बनाई रहेको छ । नेपालमा जाडो मौसम सुरु भैसकेको छ । यो समयमा चिसोका कारण रुघा, खोकी, निमोनिया जस्ता रोगहरुको प्रकोप बढ्ने गर्दछ । यस्तो मौसममा विशेष गरी बालबच्चा र वृद्धवृद्धा हरुलाई रोगले छिटो आक्रमण गर्ने हुँदा विशेष सावधानी अपनाउनु पर्र्ने जरुरी देखिन्छ । यस्तो अवस्थामा तपाई हामी सावधानी पूर्वक कोरोना संक्रमण हुनबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ यो नै मानवीय धर्म र कर्तब्य हो ।
सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणको अवस्थामा नपुग्दै बढी भीडभाड हुने क्षेत्र खुला गर्न थालेको छ ।यस्तो अवस्थामा आफ्नो सुरक्षा आफै गरौँ यो भन्दा अर्काे कुनै विकल्प छैन । नेपालमा दोस्रो चरणको संक्रमण बढ्नसक्ने चेतावनी विज्ञले दिएका छन् ।यस्तो जोखिम पूर्ण अवस्थामा पनि सरकारले बिनातयारी...









