पेट्रोलियम पदार्थको मूल्य बढ्यो - राष्ट्रपत्र
बिहिबार, फाल्गुन १७, २०८०

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


 डिजेल, पेट्रोल र मटितेलको मूल्य बढेकोे छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मटितेलमा दुई/दुई रुपैयाँले मूल्य बढाएको हो ।

नेपाल आयल निगमका डिपोहरुमा पेट्रोलको खुद्रा बिक्री मूल्य रु. १०७ रहेको थियो भने डिजेल र मटितेलको मूल्य रु. ८९ प्रतिलिटर रहेको थियो । निगमको नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य रु. १०८ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य रु. ९१ प्रतिलिटर भएको छ ।

डिसेम्बर १ मा भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार मूल्य बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *