समाचार

भेटियो कोरोना भाइरसको नयाँ प्रकार युरोपका यी देशहरुमा पनि
अन्तर्राष्ट्रिय, समाचार

भेटियो कोरोना भाइरसको नयाँ प्रकार युरोपका यी देशहरुमा पनि

युरोपका केही देशहरुमा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटिएको बीबीसीले जनाएको छ । जुन भाइरस केही समय अगाडी पहिलो पटक बेलायतमा भेटिएको थियो । अब युरोपको स्पेन, स्वीडेन र स्विजरल्याण्डमा पनि बेलायतबाट यात्रा गरेर आएको मानिसमा कोरोनाको नयाँ भाइरस भेटिएको छ । बेलायतमा कोरोनाको नयाँ भाइरस पुष्टि भएसँगै आवातजावतमा प्रतिबन्ध लगाइएको थियो । स्पेनको राजधानी म्याड्रिडमा शनिबार बेलायतबाट फर्केका एक व्यक्तको तीन जना आफन्तमा कोरोना भाइरसको नयाँ प्रकार पुष्टि भएको हो । यस विषयको जानकारी शहरको डिप्टी हेल्थ चिफ एंटोनियो जापारेरोले दिएका हुन् । उनले भने–‘संक्रमणको चौथो विषय बेलायतबाट फर्केका एक व्यक्तको हो । अहिले उनलाई गम्भीर केही लक्षण देखिएको छैन त्यस्तैले आत्तिनु पदैन । उनका अनुसार तीन जना अन्य व्यक्तीहरुमा पनि कोरोना भाइरसको नयाँ प्रकार हुन सक्छ ।उनीहरुको रिपोर्ट मंगलबार मात्र आउँछ ।...
चर्चित गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान
मनोरन्जन, समाचार

चर्चित गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान

विगत तीन दशक देखि नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय रुपमा निरन्तरता दिदै थुप्रै सुमुधुर गीतहरु गाएर फरक पहिचान बनाएका चर्चित गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान प्रदान गरिएको छ। नेपाली गीत–संगीतको क्षेत्रमा दिएको अतुलनीय योगदानको कदर स्वरुप नेशनल पावर न्यूज म्युजिक अवार्ड २०२०को तेश्रो संस्करणमा गायक पोखरेललाई संगीत रजत सम्मान प्रदान गरिएको हो। पावर इन्टरनेशनल मिडियाव्दारा शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङले गायक पोखरेललाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो।राष्ट्रिय अन्तराष्ट्रि थुप्रै अवार्डबाट सम्मानित गायक पोखरेल दर्जनौ संघ संस्थामा आवद्ध भै गीत संगित क्षेत्रको विकास र प्रवद्र्धनका लागि अहोरात्र खटिदै समेत आएका छन ।...
जापान प्रवेशमा फेरि प्रतिबन्ध
अन्तर्राष्ट्रिय, समाचार

जापान प्रवेशमा फेरि प्रतिबन्ध

जापानले विश्वभरबाट आफ्नो देश प्रवेश गर्नेहरुलाई रोक लागाउने भएको छ । बेलायतबाट सुरु भएको नया कोरोना भाइरस जपानमा समेत आजसम्म सातजनामा देखापरिसकेको अवस्थामा जापानका प्रधान्मन्त्री योसिहेदे सुगाको निर्णयअनुसार यहीं डिसेम्बर २८ देखि प्रवेश प्रतिबन्ध लगाइएको हो । यो प्रतिबन्ध जनवारी अन्तिमसम्म रहने जनाइएको छ । जसमा विश्वभरिका नागरिक पर्ने छन् । विदेशबाट फकिर्ने आफ्ना नागरिकका हकमा भने यो नियम लागू हुने छैन ।नेपालबाट जापान आउने भिषा लागेको नया बिद्याार्थीहरू तथा नयाँ भिसा लागाउने अर्थात् आउन तयारी भएकाहरु अब कहिले आउने भन्ने कुरामा पनि यो प्रतिबन्धको घोषणाले असर गर्ने भएको छ । जापानी संचारमाध्यमहरुका अनुसार, कोभिड १९ को नयां स्वरुपको फैलावटको अवस्था हेरी प्रतिबन्धको समय फेरि थपिने पनि हुनसक्छ ।...
चिनियाँ उपमन्त्री आइतबार काठमाडौं आउँदै
राजनीति, समाचार

चिनियाँ उपमन्त्री आइतबार काठमाडौं आउँदै

नेपालमा संसद् विघटन र सत्तारुढ दल नेकपा विभाजन भइ नयाँ राजनीतिक घटनाक्रम विकास भइरहेका बेला उत्तरी छिमेकी चीनका उपमन्त्रीले नेपालको भ्रमण गर्न लागेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन्। उपमन्त्री गुओसहितको टोली आइतबार काठमाडौं आउन लागेको हो। नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा उत्तरी छिमेकीले चासो बढाइरहेको छ। काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेकपाका नेताहरुसँग लगातार भेट गरिरहेकी छन्। नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच गर्त वर्ष भाइचारा सम्बन्ध स्थापना भएको थियो। दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्ने लिखित सम्झौता नै भएको थियो। त्यसपछि पटक पटक चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच प्रशिक्षण कार्यक्रमहरु भएका थिए। तर, अहिले नेकपा विभाजित हुँदा चिनियाँ कम्युनिष्...
‘नेपाली हौं’भन्दै आए चर्चित गायक सिताराम पोखरेल(भिडियो सहित)
मनोरन्जन, समाचार

‘नेपाली हौं’भन्दै आए चर्चित गायक सिताराम पोखरेल(भिडियो सहित)

लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा राष्ट्रिय गीत “नेपाली हौं ” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । फिरन्ते ए ट्राभलर नामक युट्यूब च्यानलबाट सार्वजनिक भिडियोमा गायक स्वयंलाई भिडियोमा राष्ट्रिय झण्डा फहराउदै अभिनय गरेको देख्न सकिन्छ । https://www.youtube.com/watch?v=CZIw1mCfaX4&feature=share&fbclid=IwAR3sm0hcd2rDAJ8AAnopB3zfwwGtNUDU0kyJOAZZRxKOKsELU4l4XDaMPZM राष्ट्रियता झल्कने गीतको भिडियोलाई निर्देशक जिवन श्रेष्ठले निर्देशन गरेका छन । नारायण कुमार आचार्यको शव्द रहेको गीतलाई राहूल प्रधानले एरेन्ज तथा कम्पोज गरेका हुन । जिवन श्रेष्ठकै छायांकन रहेको भिडियोमा काठमाडौ उपत्यका लगायत सम्पदा सूचिमा सूचिकृत प्रख्यात क्षेत्रहरुलाई कैद गरिएको छ ।...
एकले अर्कालाई सिध्याउने दाउ
राजनीति, समाचार

एकले अर्कालाई सिध्याउने दाउ

डा.डिआर उपाध्याय अब देशको राजनीति कता जाने हो,यो नै सबैलाई चिन्ताको बिषय बनेको छ । अहिले जनता प्रचण्ड–नेपाल , केपी समूह तिर आधा आधा बाँडिएको अवस्था छ । प्रधानमन्त्री के पी ओलीले संसद् विघटन गरे पछि ‘संवैधानिकता’को प्रश्न उठेको छ । सडकमा आन्दोलन चलेको छ । जनता सडकमा आउन थाले । आगामी राजनीति त्यति सहज छैन । देश भाँडभैलोमा जाने खतरा देखियो । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भएको विभाजनमा यतिबेला ‘वैधानिकता’को प्रश्न उठाइएको छ । संसद् विघटन गरिएको विषय सम्मानित सर्वोच्च अदालतमा गइसकेकाले अब त्यहाँबाट नै अन्तिम फैसला हुने नै छ । यति बेला नेकपा दुई चिरामा छ । दुई चिरामा बिभाजित प्रम केपी शर्मा ओलीको नेकपा र माधव–प्रचण्डको नेकपामा आरोप–प्रत्यारोप चलिरहेको छ । यी दुवै समूहले आफू अनुकूलको बातावरण निर्माण गर्न खोजिरहेका छन । समानान्तर कमिटी निर्माण र एउटै नाम राखेका यी दुई पक्ष अब एक...
म्यानचेस्टर सिटीका ग्याब्रियल र केएल वाल्करलाई कोरोना संक्रमण
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

म्यानचेस्टर सिटीका ग्याब्रियल र केएल वाल्करलाई कोरोना संक्रमण

म्यान्चेस्टर सिटीका फरवार्ड ग्याब्रियल जिसस र डिफेन्डर केएल वाल्करलाई कोरोना भाइसको संक्रमण भएको छ । सिटीका थप दुई कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित खेलाडी तथा कर्मचारीलाई प्रिमियर लिग र सरकारको मापदण्ड अनुसार आइसोलेसनमा राखिएको छ ।सिटीले डिसेम्बर २६ मा न्युक्यासल युनाईटेड, त्यसको दुई दिनपछि एभर्टन र जनवरी ३ मा चेल्सीसंग खेल्दैछ । दुई खेलाडीले अब यी दुबै खेल गुमाउन सक्ने जनाइएको छ ।...
काठमाडौँ उपत्यकामा आज वर्षकै धेरै जाडो
समाचार, समाज

काठमाडौँ उपत्यकामा आज वर्षकै धेरै जाडो

काठमाडौँ उपत्यकामा आज यो वर्षकै धेरै जाडो भएको छ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै धेरै जाडो भएको छ । आज बिहान ५:४५ को मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुस ३ मा उपत्यकाको तापक्रम १ दशमलब ६ डिग्री सेल्सियसमा झरेको थियो । महाशाखाकी मौसवविद् सजिना शाक्यका अनुसार आकाश खुल्ला हुँदा तापक्रम घट्ने गर्दछ । गएराति आकाशमा बादल नलागेकाले मौसम सफा भएर तापक्रम घटेको हो । बिहान तापक्रम घटेपनि आज उपत्यकामा पारिलो घाम लाग्नेछ । आज अधिकतम २० डिग्री सेल्सियसम्म तापक्रम पुग्ने महाशाखाले अनुमान गरेको छ।...
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

बेलायतमा कोरोना भाइरसको  संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म ७० हजार नाघेको छ । क्रिसमसका दिन सार्वजनिक गरिएको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ५७० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  ससँगै बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७० हजार १९५ पुगेको हो ।  मृतक संख्याको आधारमा बेलायत युरोपीयन मुलुकमा इटालीपछि दोस्रो स्थानमा पर्दछ । इटालीमा मृतकको संख्या  बेलायतको भन्दा लगभग एक हजारले बढी रहेको छ । यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ३२ हजार ७२५ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । बेलायतमा संक्रमित हुनेको कुल संख्या २२ लाख २१ हजार ३१२ पुगेको छ । हाल बेलायतमा भाइरसले नयाँ रुप परिवर्तन गरेपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गएको अधिकारीहरुले बताएका छन् । यसअघिको भाइरसको तुलनमा संक्रमण...
मंगलबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुल्ने
अर्थ/व्यापार, समाचार

मंगलबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुल्ने

मंगलबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुल्ने भएको छ। शुक्रबार यातायात व्यवथा विभागले विज्ञप्ति जारी गर्दै पुस १४ मंगलबारदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुल्ने जानकारी दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरी अनलाइन फाराम खुला गरिने विभागका प्रवक्ता डा। लोकनाथ भुसालले बताएका छन्। नेपाल सरकारको मन्त्रिपरिषद्ले गत चैतमा लकडाउन गर्ने निर्णयपछि चैत ११ गतेदेखि सवारीचालक अनुमति पत्रको अनलाइन फाराम बन्द भएको थियो।...