समाचार

गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक  (भिडियो)
मनोरन्जन, समाचार

गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक (भिडियो)

गायिका सोना अमात्यको नयाँ गीत ‘मेरो माया करोडमा’ सार्वजनिक गरिएको छ । सोनाको स्वरसँगै अभिनयसमेत रहेको गीतको भिडियो सार्वजानिक भएको हो । राजधानीमा केहीदिन अघि उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको थियो । https://youtu.be/7W-J2tgdQVo दीपक शर्माको शब्द र सङ्गीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर रहेको छ । एड एजेन्सी फुल सर्कलकी सीईओसमेत रहनुभएकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गर्नुभएकी हो । उहाँले आउँदो दिनमा यसका गीतहरुलाई सार्वजानिक गर्दै जाने र एल्बममा सङ्ग्रहित गर्ने बताउनुभएको छ । ‘गीतमा न्याय गर्ने कोसिश गरेकी छु’ उहाँले भन्नुभयो । गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सोनासँगै सागर लम्साल ‘बले’ हुनुहुनछ । भिडियोमा सागर र सोनासँगै गोविन्द सिंह विष्टको पनि अभिनय रहेको छ । गीतमा माया अमू...
कुशल गुरुङको ‘भुल गरेछु’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

कुशल गुरुङको ‘भुल गरेछु’ सार्वजनिक (भिडियो)

कुशल गुरुङको स्वरमा रहेको गीत ‘भुल गरेछु’ सार्वजनिक भएको छ । कुशलकै शब्द, तुला पर्वतको सङ्गीत र महेश बिक्रम पाण्डेको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/-Sdd00abHrw भिडियोमा गायक कुशलकै अभिनय देख्न सकिन्छ । जसमा प्रेममा धोका भएको दृश्यलाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । एकतर्फी मायामा डुबेका कुशलले आँफूलाई धोका भएको महशुस गर्दै विछोडको पिडामा छटपटाइरहेका दृश्यहरू भिडियोमा देख्न सकिन्छ । अभिनयमा कुशललाई शान्तीले साथ दिएकी छिन् । मकाउका बिभिन्न मनोरम स्थानमा छायाँकन भएको भिडियो छायाँकन, सम्पादन र निर्देशक सङ्गीतकार तुलाले नै गरेका हुन् । जसको निर्माता शान्ती राई हुन ।...
गोविन्द कंडेल ‘आंशु’को संयोजनमा नमोबुद्ध साहित्य उत्सवको तेस्रो सृङ्खला सम्पन्न
मनोरन्जन, समाचार

गोविन्द कंडेल ‘आंशु’को संयोजनमा नमोबुद्ध साहित्य उत्सवको तेस्रो सृङ्खला सम्पन्न

नमोबुद्ध नगरपालिका तथा रोशी वाङ्मय प्रतिष्ठान काभ्रेको संयुक्त आयोजनमा नमोबुद्ध साहित्य उत्सवको तेस्रो सृङ्खला सम्पन्न भएको छ । चैत्र २० र २१ गते, काभे्र जिल्लामा रहेका सांस्कृतिक, ऐतिहासिक र साहित्यिक स्थलहरूको भ्रमण तथा वृहत् कविता गोष्ठीका साथ उक्त उत्सव सम्पन्न भएको हो । काभ्रेबाहिर र भित्रका कवि तथा साहित्यकारहरूको सहभागितामा आयोजित उक्त कार्यक्रमको पहिलो दिन ऐतिहासिक र धार्मिक महत्त्वको नमोबुद्ध, ऐतिहासिक सहर दाप्चा, गुरुप्रसाद मैनालीको जन्मथलो कानपुर तथा रोशी वाङ्मय प्रतिष्ठानको निर्माणाधिन भवन रहेको भकुण्डेवेशीको भ्रमणमा केन्द्रित रह्यो । दोस्रो दिनको कार्यक्रम कवितामाथि गहन विचार विमर्श तथा कवितावाचनका साथ सम्पन्न भएको थियो । नमोबुद्ध नगरपालिकाका मेयर तथा रोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष टिपी शर्मा तिमल्सिनाको सभापतित्वमा, नगरपालिका भवन भकुण्डेवेसीमा आयोजित गोष्ठीका प्रमुख अतिथ...
कृषिमा लगानी गरेर कृषि क्रन्ति गरौं
अर्थ/व्यापार, समाचार

कृषिमा लगानी गरेर कृषि क्रन्ति गरौं

डा.डिआर उपाध्याय, आज देश जुन किसिमले बिकासको गतिमा अघि बढनु पर्ने थियो त्यो हुन सकेन । कारण के हो भने हामी कृषिमा ध्यान दिन सकेनौं । हाम्रो देश कृषिमा आत्मनिर्भर हुनु पर्छ भन्ने कुरामा धेरै पहिले देखि मैले जोड दिदै आएको छु । अव सवैले कृषिमा लगानी गरेर कृषि क्रन्ति गरौं । कृषि क्रान्तिले नै देशको बिकास हुन्छ । यो बाहेक अर्को कुनै बिकल्प छैन । अव सवै कृषि कर्ममा लागौन अनि देश बन्छ । कुराले मात्र देश बन्दैन देश बनाउन काम गर्नु पर्छ खै काम गरेको ? धेरै नेपालीको काम गर्ने बानी बिग्रिएर गएको छ । काम गर्ने बानी सवैले बसाल्नु पर्छ । अव नेपाल सरकारले कुनै ढिलाई नगरिकन कृषिमा लगानी बढाएर जाने बातावरण मिलाउनु पर्छ । यो आजको आबश्यकता हो । कृषि क्रान्ति गर्ने भनेर कुरा धेरै भए तर काम भने हुन सकेको छैन । अव कुरा मात्र गर्ने की काम पनि गर्ने ? अव सवैले कृषि क्रान्तिका लागी कुरा मात्र गरेर होइन, का...
चर्चित गायन जोडी समिर र विद्याको  ‘भात खाएर हो’ सार्वजनिक  ( भिडियो )
मनोरन्जन, समाचार

चर्चित गायन जोडी समिर र विद्याको ‘भात खाएर हो’ सार्वजनिक ( भिडियो )

‘पिच रोड’ र ‘घाममा सुकाइदेउ’ जस्ता चर्चित गीतको युगल गायनमा सफल मानिएको जोडी समिर आचार्य र विद्या तिवारीको नयाँ गीत ‘भात खाएर हो ‘ सार्वजनिक भएको छ। समिरकै शब्द ,संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अष्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ”द नेक्ट”लाइ फिचारिंग गरिएको छ। भिडियोमा ”द नेक्ट”का प्रभा दवाडी ,साजिया मियाँ,अन्जना तामाङ , दिञ्छेन ह्योल्मो ,अमित बज्राचार्य ,अमर पाख्रिन र प्रवेश गौचनको दमदार नृत्य रहेको छ। https://www.youtube.com/watch?v=dj-ItDXJ-yo&t=2s अष्ट्रेलियामा बसेर आफ्नो सांगीतिक करिअरलाई अगाडि बढाइरहेका गायक समिर र गायिका विद्याको यसअघिको गीतले राम्रो चर्चा पाइसकेका छन् । ”द नेक्ट”को युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको भिडियोलाई एस स्टडी वर्ल्डले निर्माण गरेको हो। एस स्टडी वर्ल्डले यसअघि पनि राम्रा राम्रा गीतहरुको म्युजिक भिडियोको निर्मा...
प्रधान नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विजयी
अर्थ/व्यापार, समाचार

प्रधान नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विजयी

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा पुनः लिलेन्द्रप्रसाद प्रधान विजयी हुनु भएको छ । काठमाडौंमा सम्पन्न एशोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधान पुनः अध्यक्षमा निर्वाचित हुनु भएको हो । नयाँ नेतृत्वका लागि प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावमा उत्रिनु भएको थियो। प्रधान ३०२ मतसहित विजयी हुँदा श्रेष्ठले ४३ मत मात्रै पाउनुभयो । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार गुरुङ, प्रथम उपाध्यक्षमा ई. विनोद कुमार चौरसिया र द्वितीय उपाध्यक्षमा सुनिल कुमार बिड्ला निर्वाचित हुनु भएको छ । यसैगरी महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी हुनु भएको छ ।...
हरेक पार्टीमा गुटबन्दी
राजनीति, समाचार

हरेक पार्टीमा गुटबन्दी

डा.डिआर उपाध्याय, नेपालका हरेक राजनीतिक पार्टीहरु वैचारिक, सैद्धान्तिक तथा नीतिगतरुपमा अघि बढनु पर्छ । त्यसो भयो भने समस्या आउँदैन । पछिल्लो समयमा राजनीतिक दलका नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त भए । जसले गर्दा मुलुकको बिकास र समृद्धिमा अवरोध खडा भएको छ । नेकपा एमालेका नेताहरु आफ्नो निहित स्वार्थ पूरा गर्न गुट तथा उपगुटको राजनीति गतिविधि गरिरहेका छन । यस्ता गतिविधिले पार्टीलाई घाटा पुयाइरहेको छ । त्यसले पार्टीको एकतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खलल पु¥याउने काम गरेको छ । खै नेताहरुले कुरा बुझेको ? गुट, उपगुटको राजनीतिले नत पार्टीको हित गर्छ नत देशको । हरेक राजनीतिक पार्टीहरुले गुटगत परिपाटीको अन्त्य गर्नु जरुरी छ । हरेक पार्टीहरु पार्टीको कार्यदिशा, नीति र सिद्धान्तका आधारमा चल्नु पर्छ । अहिले चलेका गुट तथा उपगुटहरू देश, जनता र पार्टीको हितभन्दा बिपरित छन । हामीले यो कुरा बुझन ...
अमर वन्तुको ‘मोटर सरर’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अमर वन्तुको ‘मोटर सरर’ सार्वजनिक(भिडियो)

गीतकार अमर वन्तुको नयाँ गीत ‘मोटर सरर’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वर र राजनराज सिवाकोटीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/juCQcGrlrbQ सुव्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय छ । सजीनाले यसै भिडियोमार्फत अभिनयमा डेब्यू गरेकी हुन् । यात्राको क्रममा भेटिएका युवा-युवतीबीच शुरु भएको प्रेम व्यक्त गर्ने गीतको भिडियोमा प्रमोद के. भण्डारीको कोरियोग्राफी, उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन छ ।...
हिजोका नेता र आजका नेता
राजनीति, समाचार

हिजोका नेता र आजका नेता

डा.डिआर उपाध्याय, देशका धेरै जसो मानिसले राजनीति गरेपछि उत्पादनको काम कसले गर्ने ? नेकपा एमाले भित्रको विवाद र त्यसले निम्ताएको राजनीतिक संकट नै अहिले सबैको चिन्ता, चासो र जिज्ञाशाको विषय बनेको छ । नेकपा एमाले मिलेर जानु पर्छ भन्ने कुरा देशको हितमा छ । दल र तिनका नेताहरु फुटेर कसैलाई फाइदा छैन । राजनीति भनेको जनताको सेवा गर्ने चिज हो । पद,पैसा र शक्तिको दुरुपयोग गरेर राजनीति गनु हुदैन । यसले मुलुकलाई पछाडी लैजान्छ । अहिले जुन किसिमको राजनीति दृश्य देखिएको छ । त्यो जनतालाई मन परेको छैन । हामीले बुझेको राजनीति भनेको त समाजसेवा हो । राजनीतिक दलका नेताहरु बेइमानी भए । जनताको भबिश्य भन्दा पनि आफनो भबिश्य बनाउने तिर नेताहरु लागे । सवै भन्दा ठूलो समस्या यो हो । हाम्रो देशमा राजनीतिको नाममा अरबौँपति बनेका नेता प्रशस्त छन् । हिजोका दिन सम्म राम्रो सँग चप्पल लगाउन नसक्ने अधिकांश ती नेताहरुको अ...
किरणको स्वर शंकरको संगीत र विश्वको शब्दमा ऐशेलुको कांडा सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

किरणको स्वर शंकरको संगीत र विश्वको शब्दमा ऐशेलुको कांडा सार्वजनिक(भिडियो)

प्रवासमा बसेर नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका गीतकार विश्व गौडेलको रचनामा ऐशेलुको कांडा सार्वजनिक भएको छ । गीतमा नेपाल आईडल सिजन-३ मा तेश्रो स्थान हासिल गरेर थुप्रै गीतहरु मार्फत चर्चामा आईसकेका गायक किरण भुजेलको सुमधुर आवजले सजिएको गीतमा संगीतकार शंकर स्माईलीको संगीत रहेको छ भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ । https://youtu.be/ljsKIKKW24k चर्चित मोडेल सुधीर श्रेष्ठ र टिकटक क्वीन स्टार ट्विन्स सिस्टर प्रिन्सा खतिवडा, प्रिज्मा खतिवडा, कोरियोग्राफर सुरेन्द्र बस्याल, डेमोन क्षेत्री, उषाको दमदार नृत्य र अभिनय रहेको छ । भिडियोमा सबै कलाकारहरुले पहिलो चोटि सहकार्य गरेको र काम गर्दा निकै नै रमाइलो र पारिवारिक वातावरण भएको बताए । बलापनको साथीलाई बर्षौ पछि भेटदाको अनुभव र मायालाई व्यक्त गर्न खोजिएको भिडियोलाई र्‍यान कार्क...