गायक राजन श्रेष्ठ लिएर आए “त्यो मन”(भिडियो)
लामो समयको अन्तरालमा गायक तथा संगितकर्मी राजन श्रेष्ठ “त्यो मन” लिएर आएका छन ।
गायक श्रेष्ठकै शव्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन समेत गायक श्रेष्ठलेनै गरेका हुन ।
तेजना ईन्टरटेनमेन्टको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियो स्टुडियो कुवेरले निर्माण गरेको हो ।
रोशन बालुवाको एरेन्ज रहेको गीतको भिडियोको छायांकन नेत्र गुरुङ्गले गरेका हुन । अविनाश डिसीको सम्पादन रहेको भिडियोको मेकअप जय गुरुङ्ग र ड्रोन अपरेटिङ्ग दिपेश केसीको रहेको छ । चर्चित मोडल रोशनी कार्कीको जिवन्त अभिनय रहेको भिडियोमा मोडल भानु पाण्डेको समेत अभिनय रहेको छ ।पोखराको रमणीय दृश्यहरु कैद भएको भिडियोलाई दर्शकले रुचाएका छन ।
https://youtu.be/a20wt6XMoC0
सांगीतिक क्षेत्रमा एक समय गीत तथा भिडियो निर्माण संग संगै गायनमा समेत चर्चा कमाएका गायक राजन श्रेष्ठ ६ वर्ष पछि यसै गीत मार्फत पुनः सांगीतिक क्षेत्...










