साल्ट ट्रेडिङ कर्पोरेशनबाट बालबालिकालाई खाद्यान्न सहयोग - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

साल्ट ट्रेडिङ कर्पोरेशनबाट बालबालिकालाई खाद्यान्न सहयोग


साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । कर्पोरेशनले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो ।

कर्पोरेशनका तर्फबाट प्रज्वल प्रधानले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल,नून लगायतका खाद्यान्न सामाग्रीहरु छन् । कर्पोरेशनले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published.