समाचार

शिला अभिनित ‘झल्को मात्रै आँखामा’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

शिला अभिनित ‘झल्को मात्रै आँखामा’ सार्वजनिक (भिडियो)

काठ क्षेत्रमा घाँसे गीतको नामले पनि चिनिने मौलिक लयमा आधारित ‘झल्को मात्रै आँखामा’ बोलको असारे गीत जिनियस म्युजिक मार्फत सार्वजनिक भएको छ। यस गीतमा पुरु लम्सालको शब्द,सुशील सिंह ठकुरीको कम्पोज, नारायण दंगालको एरेन्ज अनी बहु प्रतिभशाली गायक रमेश पाठकको आवाज रहेको छ। https://www.youtube.com/watch?v=j5YJSQ9aDl4 गीतले परदेशीको मन धेरैनै छुनेछ । यस गीतमा नव मोडल शिला गजुरेल र कम्पोजर सुशील सिंह ठकुरीको उत्कृष्ट अभिनय देख्न सक्नु हुनेछ। यस गीतमा परदेशमा रहेर आफ्नो ठाउँ अनी आफ्नो परिवार सँग टाढा हुँदाको पिडा देखाइएको छ। यस भिडियोमा राज पोखरेल र नबिन बाबु गुरुङको छायान्कन अनी रोशन धितालको सम्पादन रहेको छ। भिडियोको निर्देशन पनि पुरु लम्सालले नै गरेका हुन्। यस गीतको एकदमै राम्रो प्रतिकृयाआइरहेको गायक रमेश पाठकले जानाकरी गराउनु भयो । यो गीतको सबैको मनमा बस्न सकोस् अझै सफलताको शुभकामना ब्यक...
‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक(भिडियो)

माईकल चन्द  निर्देशित तथा गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ। आज शुक्रबार गीतको भिडिओ युट्युबमा सार्वजनिक भएको हो। बाबुल गिरीको स्वर रहेको यो डान्स नम्बरका संगीतकार तथा संगीत संयोजक पनि उनै हुन्। पुष्प खड्का, गरिमा शर्मा र प्रथम खड्काको अभिनय रहेको छ । https://youtu.be/9Q9ysb-MTuQ माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफी रहेको भिडियो उत्सव दाहालको छायांकन, साइलेन लम्सालको सम्पादनमा तयार भएको हो।...
गीतकार तथा समाजसेवी यसु थापाद्धारा‘एनआरएनए आइसीसी’को सदस्यमा उम्मेदवारी
अर्थ/व्यापार, समाचार

गीतकार तथा समाजसेवी यसु थापाद्धारा‘एनआरएनए आइसीसी’को सदस्यमा उम्मेदवारी

लामो समयदेखि बेल्जियममा  बस्दै आएकी यसोदा थापा(यसु)ले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को सदस्यमा उम्मेदवारी दिने भएकी छन् ।समाजसेवामा सक्रिय थापाले विहीवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली संघ बेल्जियमको जुलाई २६ मा हुने निर्वाचनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।उनले एनआरएनए बेल्जियमको महिला संयोजक, उपाध्यक्ष, सल्लाहकार लगायतको पदमा रहेर ५ कार्यकाल काम गरेकी छन् । उनी बेल्जियमका विभिन्न संस्थाहरु इन्द्र धनुष क्लब,क्षेत्री समाज बेल्जियम, कास्की समाज लगायतमा आवद्ध भै समाजसेवामा निरन्तर लागि पर्दै आईरहेकी छिन । साहित्य तथा कला क्षेत्रमा उनको योगदानले राष्ट्रिय अन्तरराष्ट्रिय अवार्ड समेत जित्न सफल भएकी छिन । विगतमा एनआरएनएमा वसेर आफुले गरेका केही योगदानका कारण आफुलाई थप जिम्मेवारी वहन गर्न बेल्जियमवासी गैर आवासीय नेपाली समुदायहरुको मा...
एमाले एकतामा सकस
राजनीति, समाचार

एमाले एकतामा सकस

डा.डिआर उपाध्याय, नेकपा एमाले भित्रको बिवाद अझै सुल्झन सकेको छैन । एमाले एकतामा सकस देखिएको छ । तर पनि बिवाद मिलाउन बनेको कार्यदलको बैठक निरन्तर बसिरहेको छ । तर सार्थक परिणाम भने कार्यदलले अझै निकाल्न सकेको छैन । एमाले विवादलाई समाधान गरेर अघि बढदा नै राम्रो हुन्छ । ओली, माधव बीच करा मिल्दा बित्तिकै समस्या हल हुन्छ । माधव नेपाल समूह एकताका लागी गम्भिर बन्नु पर्छ । समस्या काहाँ हो मिलेर समाधान गर्नु पर्छ ।माधव नेपाल समूहभित्रका केही युवानेता पार्टी विभाजन गर्नु हँुदैन भन्ने पक्षमा छन । एमालेभित्र जुन प्रकारको गुटबन्दी र अराजकता देखिएको छ, त्यो राम्रो कुरा होइन । आम नेता कार्यकर्ता नेकपा एमाले मिलेको देख्खन चाहान्छन । पार्टीभित्रको अन्तरसंघर्षलाई पार्टीको विधि र प्रक्रियाबाट हल गरेर जानु पर्छ । पार्टी भित्र दुस्मनीपूर्ण ब्यवहार देखाउनु पनि राम्रो होइन । एमालेको नवौं महाधिवेशनमा माधव...
विश्व कीर्तिमानी गीतकार डा. डीआरको ‘जन्मौ जन्म ‘’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. डीआरको ‘जन्मौ जन्म ‘’सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ । सागर अधिकारीको सङ्गीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर आफैँ र नायिका अनु शाहलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा आफूले एकदमै मन पराएको मान्छे आफूदेखि टाडा भएको विषयलाई निक्कै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । ‘गीत जति मन छुने खालको छ भिडियो पनि त्यतिकै राम्रो बनाउने कोशिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/H3BrFenfRCY नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम...
विपद् आउनु भन्दा पहिले पूर्वतयारीको जरुरी
राजनीति, समाचार, समाज

विपद् आउनु भन्दा पहिले पूर्वतयारीको जरुरी

-डा.डिआर उपाध्याय, हामीले नेपालमा मनसुन प्रवेशसँगै विपद्को सामना गर्नुपर्ने भएको छ । पहाड, मध्यपहाडी क्षेत्रमा अझै पहिरो जाने क्रम रोकिएको छैन । यो समस्याका रुपमा खडा छ । तराईमा डुबानको समस्या छ । अहिले हरेक समस्याले नेपालीलाई थिचिरहेको छ । देशमा भर्खरै मनसुन सुरुवाती भएको छ । बिशेष गरी नेपालमा जेठ, असार, साउन र भदौ महिना पानी पर्ने महिना हुन् । यी महिनामा बाढीपहिराको खतरा पनि हुने गर्छ । बाढीपहिरोको जोखिम वर्षायाममै हुन्छ । त्यसैगरी, विश्वव्यापी रूपमा हेर्ने हो भने पनि नेपाल विपद्को उच्च जोखिममा छ ।यसर्थ प्राकृतिक प्रकोपका कारण बर्सेनि सयौं मानिसको मृत्यु हुने गरेको छ । र यसका साथै खर्बौं मूल्यबराबरको आर्थिक क्षति हुने गरेको छ । देशको तथ्यांकीय हिसाबले सबै कुरा यकिन गर्न गाह्रो छ । तर समग्रमा प्राकृतिक प्रकोप र विपद्बाट नेपालले बर्सेनि ठूलो क्षति बेहोर्नुपरेको छ ।नेपाल प्राकृतिक ...
२८ वटा सिनेमा हल बन्द
मनोरन्जन, समाचार

२८ वटा सिनेमा हल बन्द

१६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधंैका लागि बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् । कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चित देखेर काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिजले सातवटामध्ये चारवटा सिनेमा हल भत्काएको छ । गोपीकृष्ण मुभिजअन्तर्गतको गोपी, कृष्ण, राधा र मिरा गरी चारवटा सिनेमा हल भत्काइएको सो हलका म्यानेजर प्रदीप दाहालले बताएका छन् । हल भत्काएर सो ठाउँमा गोपीकृष्णले यतिबेला गोपीकृष्ण मल निर्माण सुरु गर्दै छ । गोपीकृष्णले ...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँ बढ्यो
अर्थ/व्यापार, समाचार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आयल निगमले मंगलबार रातिबाट लागू हुनेगरी  पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यासमा मूल्य बढाएको हो । आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई–दुई रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको जनाएको छ ।  मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २९, डिजेल र मट्टीतेल समान एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ । आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको छ ।...
चलखेलका लागि कतार भिसा सेन्टर खोलिएको  वैदेशिक रोजगार व्यवसायीको आरोप,यथाशीघ्र छानबिन गर्न माग
अर्थ/व्यापार, समाचार

चलखेलका लागि कतार भिसा सेन्टर खोलिएको वैदेशिक रोजगार व्यवसायीको आरोप,यथाशीघ्र छानबिन गर्न माग

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्यूभीसी) खडा गरी एकाधिकार लागु गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । कतारमा कामदार पठाउन पहिले नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार जाने गरिएकामा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै संघले सीमित व्यक्तिहरूको अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएकाले कडा कदम चाल्न बाध्य हुनुपरेको जनायो । यसविरुद्ध युवा कामदार र व्यवसायीसहित चरणबद्ध रूपमा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कमल तामाङले नेपाली कामदारको चरणबद्ध आन्दोलनमा उत्रिन तयार रहेको बताए । उनले भने, ‘कतार ज...
सच्चा राष्ट्रवादी नेताको खाँचो
राजनीति, समाचार

सच्चा राष्ट्रवादी नेताको खाँचो

डा.डिआर उपाध्याय, हाम्रो देशमा राष्ट्रवादी भावना बोकेका नेता नै पाउन गाह्रो छ । खोक्रो राष्ट्रवादले केही गदैन । नेपाली जनता धेरै सचेत छन । जनतालाई भ्रम छर्ने नेताको भविश्य अव छैन । अव नेपालमा जनताको काम गर्ने नेताको खाँचो छ । भाषणको पनि अव काम छैन । चर्को भाषण सुन्दा सुन्दै जनता वाक्क दिक्क छन ।जनताले नयाँ सोच र चिन्तन बोकेका नेता खोजेका छन । ति नेता जनताले अझै पाउन सकिरहेका छैनन् । देशमा खोक्रो राष्ट्रवादी नेता मात्र छन । कुनै पनि मुलुकका लागि सच्चा राष्ट्रवादी नेताको खाँचो हुन्छ । त्यो नेपालमा पाउन गाहारो छ । नक्कली राष्ट्रवादीको कुरा गरेर साध्य छैन । कैयौं ऐतिहासिक घटनाक्रमबाट पनि त्यही कुरा पुष्टि हुँदै आएको छ । नेपालमा ‘अन्धराष्ट्रवाद’ छन । नेपालमा राजनीतिक दलहरू इमानदार भएनन् । नेताहरु पैसामा बिके समस्या यो हो । चीन कम्युनिष्ट शासन पद्दति अपनाइरहेको मुलुक हो । त्यहाँ एकदलीय ...