ऐतिहासिक चलचित्र ‘सिन्धुलिगढी’ले पायो छाँयाकन अनुमति पत्र - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

ऐतिहासिक चलचित्र ‘सिन्धुलिगढी’ले पायो छाँयाकन अनुमति पत्र


काठमाण्डौं, माघ ११

बिगत लामो समयदेखिको खोज, अध्ययन, अनुसन्धान पश्चात ऐतिहासिक नेपाली कथानाक चलचित्र “सिन्धुलीगढि” को बिधिवत रुपमा नेपाल चलचित्र बिकाश बोर्डबाट छायांकन अनुमती प्रमाणपत्र प्राप्त गरियो ।

सास इन्टरटेण्ड्मेन्ट सिनेमा प्रा.लि.को ब्यानरमा सास अधिकारिले निर्माण गर्ने चलचित्रमा लेखन निर्देशन बिश्वमणि घिमिरेको रहने छ भने मुख्य कलाकारहरु अडिसन प्रकृयाबाट छनोट भैरहेका छन ।

सिन्धुली, काठमाडौं र काभ्रेमा छायांकन गरिने चलचित्रलाई साउथका चर्चित एनिमेटर निर्देशक एस एस राजामौलीले सहयोग गर्नेछन ।

जसका लागी चलचित्रको सम्पुर्ण पोष्ट प्रोडक्सन मुम्बईमा गरिने छ ।

हिन्दी, अङ्ग्रेजी भाषामा पनि डब गरिने ऐतिहासिक ‘सिन्धुलीगढी’को कुल लागत नेपाली चलचित्रको इतिहासमा अहिलेसम्मकै उच्च रहने छ भने सो को जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी गराइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *