राजनीति

सरकारले कोरोनाको उपचार नगर्ने निर्णयले सर्वसाधरण जनता निराश :डा डिआर उपाध्याय
राजनीति, समाचार

सरकारले कोरोनाको उपचार नगर्ने निर्णयले सर्वसाधरण जनता निराश :डा डिआर उपाध्याय

सरकारले कोरोना महामारीको उपचार व्यक्ति स्वयंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले आफनो देशका नागरिकलाई कोरोना महामारीको उपचार गर्न नसक्ने भन्दै हात उठाएको छ । सरकार आफ्नो दायित्वबाट भागेको छ । सरकारको यो निर्णय गैरजिम्मेवारी छ । यो लज्जाको बिषय हो । सरकारले जुन किसिमले निर्णय गरेको छ यो संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशको उल्लंघन हो । यस्तो संकटको बेलामा राज्य पन्छिन हुने थिएन । यो त राज्यको दायित्व हो । सरकार भनेको नागरिकको अभिभावक हो । नागरिकले सरकारबाट आश नगरेर कोबाट गर्ने ? आम नागरिकलाई सरकार भएको अनुभूति दिलाउन सक्नु पर्छ ।सरकारको यस्तो कदमले सर्वसाधरण जनता मर्कामा पर्ने निश्चित छ । अहिले पनि अस्पतालमा केही सघन उपचार कक्ष र भेन्टिलेटरको अभाव छ । सरकारले कोरोनाको उपचार नगर्ने निर्णयले सर्वसाधरण जनता निराश छन । पैसा हुनेलाई त केहि फरक नपर्ला , साथमा पैसा नहुनेलाई त समस्या प...
दसैंमा अत्यावश्यक वाहेक घर बाहिर ननिस्कन जिल्ला प्रशासनको आग्रह
राजनीति, समाचार

दसैंमा अत्यावश्यक वाहेक घर बाहिर ननिस्कन जिल्ला प्रशासनको आग्रह

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दसैंको समयमा अत्यावश्यकवाहेका घर बाहिर ननिस्कन आग्रह गरेको छ।  पछिल्लो समय कोरोनाको हटस्पट बनेका काठमाडौंमा दसैँको समयमा धेरै चहलपहल हुने भएकाले महामारी झनै फैलने भन्दै सचेत रहन अनुरोध गरेको हो। काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालद्वारा जारी अनुरोधपत्रमा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा बसेर पर्व मनाउन आग्रह गरिएको छ। प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ। साथै, चाडपर्वमा महामारी नफैलियोस् भन्नको लागि भदौं ३१ गते जिल्ला प्रशासनले जारी गरेको आदेशको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।...
सङ्कटकालको हल्ला गलत र भ्रामक
राजनीति, समाचार

सङ्कटकालको हल्ला गलत र भ्रामक

गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट पारेको छ ।कोरोना सङ्क्रमण (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथाम र अन्य कुनै कारण देखाई सङ्कटकाल तथा कफ्र्यु लगाउनेसम्बन्धी सरकारको कुनै योजना नभएको स्पष्ट गर्दै गृह प्रवक्ता चक्रबहादुर बुढाले तथ्यहीन, भ्रामक, निराधार र गलत सूचनाप्रति विश्वास नगर्न आग्रह गर्नुभएको छ ।सुरक्षाजस्तो संवेदनशील विषय जोडेर सामाजिक सञ्जाल, मोबाइल र अन्य विद्युतीय सञ्चार माध्यमबाट बिहान एकाएक फैलिएको भ्रामक सूचनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण हुनका साथै यस घटनाका विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी प्रवक्ता बुढाले दिनुभयो ।सरकारले कुनै पनि बहानामा चाडपर्वको मुखमा सङ्कटकाल तथा कफ्र्यु लगाउने सोच राखेको छैन भन्दै प्रवक्ता बुढाले भ...
सबैमन्त्रीको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय
राजनीति, समाचार

सबैमन्त्रीको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय

सरकारले दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री लगायत सबैमन्त्रीको दसैं खर्च वापत प्राप्त रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहनु भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले निर्णयको जानकारी गराउनु भयो । उहाले सो रकमबाट कोरोना नियन्त्रण, रोकथाम र उपचारमा सहयोग पुग्ने बताउनु भयो । सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारीबाट पनि दसै खर्च वापतको रकम कोषमा जम्मा गरिदिन अनुरोध गरेको छ । यसअघि नेकपा, नेपाली कांग्रेसले पनि दसैंभत्ता कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन् । यसैगरी सरकारले यसपटकको दसै आफ्नो घरमा मात्रै सिमित गरेर मनाउन पनि आग्रह गरेको छ । ठुलो चाड भएपनि कोरोना महामारीको चपेटामा परेकाले घरमै मनाउन आग्रह गरेको हो ।...
दसैं बिदामा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन
राजनीति, समाचार

दसैं बिदामा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

गृह मन्त्रालयले नजिकिँदो दसैं, तिहार, छठ, नेपाल सम्वत लगायतका चाडपर्वमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने निष्कर्ष निकालेको छ। कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिंदै गृहले यसपटक चाडपर्व बिदामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकाय प्रमुखलाई जिल्ला नछाड्नसमेत निर्देशन दिइसकेको छ। “निकट रहेको बडादसैं, तिहार, छठ, नेपाल सम्वत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत  बढ्न जाँदा संक्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दसैं बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसंभव उपचायहरू अवलम्बन गर्न/गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको छ,” गृहद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ।  कोभिड-१९ को संक्रमण नेपालमा तीव्ररूपमा फैलि...
अब सरकारको काम संक्रमित र मृतक गन्ने मात्र
राजनीति, समाचार

अब सरकारको काम संक्रमित र मृतक गन्ने मात्र

कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो ।यो निर्णयसँगै सरकारले आफूलाई कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्या गन्नेमा सीमित गरेको छ । महामारीबाट नागरिकलाई जोगाउन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा सरकार त्यसबाट पछि हट्नु लोकतान्त्रिक र समाजवादउन्मुख राज्यको अवधारणा विपरित हो । उपचारका लागि बेडसमेत नपाएर भौतारिनुपर्ने अवस्था आएका बेला सरकारले गरेको यस्तो निर्णयबाट सक्रमितबाट थप प्रताडित हुने देखिएको छ । सरकारले कोरोना महामारीबाट देश र जनतालाई जोगाउन राज्यको सबै स्रोतसाधनको प्रयोग गर्नुको साटो संक्रमण उच्च विन्दुमा पुगेका बेला जिम्मेवारीबाट हात झिकेको हो ।सरकारको निर्णयअनुसार अब संक्रमितले आफ्नै खर्चमा उपचार गराउनुपर्नेछ । यो व्यवस...
गच्छदारको सम्पत्ति रोक्का
राजनीति, समाचार

गच्छदारको सम्पत्ति रोक्का

ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ ।सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौँ, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो । गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ । उक्त प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको यसअघि नै विभागले सम्पूर्ण सम्पत्ति रोक्का गरेको थियो । विभागले यसमा संलग्न पूर्वमन्त्री र कर्मचारीविरुद्ध छिट्टै मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले जनायो ।...
दूरदर्शी युवा नेताको अभावमा देश अल्मलिएको छ :डा. डीआर उपाध्याय
राजनीति, समाचार

दूरदर्शी युवा नेताको अभावमा देश अल्मलिएको छ :डा. डीआर उपाध्याय

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल त पुनर्गठन गर्नुभयो । तर पार्टीभित्र मन्त्रिमण्डल पुनर्गठनको बिषयलाईृ लिएर शीर्ष नेताबीच फेरि विवाद सुरु भएको छ । यो बिवाद कति लामो समयसम्म जाने हो त्यो भने भन्न सकिदैन । सत्तारुढ दल नेकपामा बेला बेलामा बिवाद भइरहन्छ र लेनदेनको कुरा मिलेपछि बिवाद साम्य हुन्छ । नेकपाले सत्ता चलाएको साँढे  दुई बर्षको अवधीमा पार्टीभित्रको विवाद बाहेक अरु केही प्रगति देखिएन । सत्ता सम्हालेको साँढे दुईवर्ष अवधि प्रायः झगडामै बित्यो । नेपाली जनता त वाक्क दिक्क पो हुन थाले । नेता सधैं कुर्सीका लागि मात्र लड्ने जनताले सास्ती मात्र भोग्ने, यसरी देश उँभो लाग्दैन ।दूरदर्शी युवा नेताको अभावमा देश अल्मलिएको छ । देशले कुनै निकास पाउन सकेको छैन । जनता भोका छन् । बेरोजगार छन् । रोजीरोटी खोसिएको अवस्था छ । गरिव निमुखा जनताको अवस्था त झन् दयनीय छ । सरकारी सेवा-सुविधा, ...
कमल थापा आईसीयूमा
राजनीति, समाचार

कमल थापा आईसीयूमा

कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा ओम अस्पतालको आईसीयूमा भर्ना भएका छन्। टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री थापालाई आईसीयू कक्षमा भर्ना गरिएकाे ओम अस्पतालले विज्ञप्ति जारी गरी जानकारी दिएको हो। उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्टट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिस्ट डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा. प्रमेश सुन्दर श्रेष्ठलगायत रहेको चिकित्सक टोली संलग्न रहेको अस्पतालले जनाएको छ।...
प्रहरी जवान पदका लागि ५ हजार बढीमा दरखास्त आह्वान
राजनीति, समाचार

प्रहरी जवान पदका लागि ५ हजार बढीमा दरखास्त आह्वान

नेपाल प्रहरीले प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ । प्रहरीले खुला, अमर/अशक्त प्रहरी परिवार र समावेशी अन्तर्गत ५ हजार २ सय २७ जना प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको हो । प्रहरी जवान पदका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ । प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर)मा दरखास्त बुझाउन सकिने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागको भर्ना छनौट महाशाखाले जानकारी दिएको छ ।...