नेतृत्ववर्गलाई देशको चिन्ता भएन :डा.डिआर उपाध्याय
हाम्रो देश कृषि प्रधान देश भनेर विश्वमान चित्रमा चिनाइएको भएता पनि हामी आफै कृषिमा आत्मनिर्भर हुन सकिरहेका छैनौ । सबै नेपाली युवाहरु आर्थिक समस्याले थिचेर रोजगारीको लागि बिदेश जान बाध्य भएका छन् । गाउँघर तिर जग्गा जमिन सबै बाँझो छन् खेती योग्य जमिन प्लटिङ गरेर घडेरीमा परिणत भएका छन् । यो हाम्रो देशको समग्र समस्या हो । धेरै युवाहरु अर्काको देशमा श्रम, सिप, पसिना र रगत बगाईरहेका छन् । नेपालीहरु अर्काको देशमा आफ्नो जिवनलाई छुराको धारमा राखेर काम गर्न बाध्य भईरहेका छन । हाम्रो देशबाट किन यसरी युवाहरु पलायन भईरहेका छन् ? किन स्वदेशमा रोजागारीको सम्भावना छैन? किन श्रोत ब्यवस्थापन हुन सकेन ? यि गम्भिर प्रश्नहरुको हल हुन जरुरी देखिएको छ ।
स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नु नै अहिलेको आवश्यकता हो तर यस प्रकारको अर्थतन्त्र निर्माणमा सरकारको ध्यान जान सकेको छैन । देशमा विदेशीको हस्...








