अहिले पछिल्लो समयमा देशका विभिन्न सहरमा राजावादीहरु नारा जुलुस प्रदर्शन गरिरहेका छन । राजावादीहरु उत्साहित देखिन्छन । तर यो उत्साहको कुनै अर्थ छैन । राजतन्त्रका पक्षमा जति सुकै चर्को नारावाजी गरे पनि राजतन्त्र फर्किनेवाला छैन । लामो त्याग ,तपस्या र बलिदानवाट प्राप्त अहिले सम्मका उपलव्धिहरु जनताले गुम्न दिने छैनन् । राजा समर्थकहरूले हिन्दु धर्म र राजतन्त्रलाई जोड्ने गरेका छन् । साथै, प्रदर्शनकारीले संघीयताका विरुद्ध पनि आवाज उठाएको देखिन्छ । अप्रत्यक्षरूपमा जनमत तयार गर्ने प्रयत्न राजावादीहरुले गरेका छन । दोस्रो जनआन्दोलनका सबै उपलब्धि जोगाउँन लोकतन्त्रवादी शक्तिहरु सचेत रहन भने जरुरी छ । लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो पक्षमा जनमत बनाउन शान्तिपूर्ण सभा , जुलुश गर्ने अधिकार सवैलाई हुन्छ । तर देशको हित बिपरित गतिविधि बढाउन भने कसैलाई छुट छैन । नेपालको संविधानले पनि यस्तो अभ्यास गर्ने स्वतन्त्रता नेपाली नागरिकलाई दिएको छ । लोकतन्त्रमा संविधानले दिएको अधिकारको शान्तिपूर्ण अभ्यास भइरहन्छ । र हुनुपर्छ । अहिले देशका केही सहरमा राजाका पक्षमा निकालिएका जुलुसहरूलाई हल्का रुपमा पनि लिनु हुदैन । जनतामा देखिएको वितृष्णा हो । दलहरु भित्रको बिवाद , सरकार सञ्चालनमा असफल जस्ता काम कारवाहीले राजावादीहरुलाई जनमत बनाउन मलजल भईरहेको छ । यो बिषमा गम्भिर बनौं । संघीय लोकतान्त्रिक गणतन्त्र प्रति जनतामा वितृष्णा उत्पन्न गराउने खेलहरु सुरु भइरहेका छन । लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो । यहाँ अरु सपना नदेखे हुन्छ । कोभिड—१९ को महामारीलगायतको व्यवस्थापनमा सरकार असफल देखिएको छ । जनताका समस्या दिन प्रतिदिन बढदै गएका छन । बेरोजगार समस्या बढदै गएको छ । महंगीले आकाश छोएको छ । खान , बस्नको समस्याले जनता चिन्तित छन । बजारमा सवै चिज महंगो छ । यी यी कारणले सरकारप्रति जनतामा चर्को वितृष्णा उत्पन्न भएको छ । ब्यवस्थाप्रति जनतामा वितृष्णा उत्पन्न भएको छैन । प्रमुख विपक्ष नेपाली कांग्रेसले पनि प्रतिपक्षको भूमिका खेल्न सकेन । जनतामा निराशा आउन दिनु हुदैन । यदि जनता निराश भए भने ब्यवस्था माथि प्रश्न उठन सक्छ । तर अहिले त्यस्तो स्थिती आएको छैन । राजतन्त्रका समर्थकहरूले यही बेला राजाका पक्षमा जनमत बनाउने र शक्ति प्रदर्शन गर्ने मौका पाईरहेका छन । नेपाली जनता राजतन्त्र फर्काउन खोजेका छन भन्ने कसैले पनि नठाने हुन्छ । सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवाद पनि छिटो समाधान हुनु पर्छ । दल भित्रको विवादले प्रतिगामी तत्वहरु सल्वलाउन थालेका छन । मुलुकको सवै भन्दा ठूलो दल नेकपा अव गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । देशी ,बिदेशी शक्तिहरु नेकपा भित्रको आन्तरिक विवाद देखेर चलखेल गरिरहेका छन । त्यसैले आफनो घरको समस्या आफै समाधान गरौं ।