राजनीति Archives - Page 29 of 30 - राष्ट्रपत्र
मङ्लबार, कार्तिक ९, २०७८

राजनीति

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाको टीका कार्यक्रम स्थगित
राजनीति, समाचार

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाको टीका कार्यक्रम स्थगित

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भीडभाड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्र्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो । तर राष्ट्रपति कार्यालयले भने यो विषयमा निर्णय हुन बाँकी रहेको जनाकारी दिएको छ । ‘मापदण्डअनुसार सबैलाई जानकारी भएको विषय हो, तर राष्ट्रपति कार्यालयबाट सार्वजनिक सूचना जारी गर्न बाँकी छ।’ –राष्ट्रपति कार्यालयका सहसचिव एवं प्रवक्ता हरिप्रसाद दहालले नेपाल समाचारपत्रसँग भने। उनका अनुसार केही दिन बाँकी रहेकाले...
राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण
राजनीति, समाचार

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्। बिहीबार थापाले आफूमा कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्। ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ। अवस्था सामान्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘केही दिनयता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।’ ...
उपप्रधानमन्त्री पोखरेलको बहाली
राजनीति, समाचार

उपप्रधानमन्त्री पोखरेलको बहाली

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन। यसअघि रक्षामन्त्री रहनुभएका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त भएका थिए। प्रधानमन्त्रीलाई सघाउन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्नेछन्। ...
कोरोना संक्रमितलाई परीक्षा दिन वञ्चित नगर्न सर्वोच्चको आदेश
राजनीति, समाचार

कोरोना संक्रमितलाई परीक्षा दिन वञ्चित नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई परीक्षामा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ ।कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो ।न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको छ । ...
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सामान्य, आजै डिस्जार्च हुने
राजनीति, समाचार

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सामान्य, आजै डिस्जार्च हुने

उच्चरक्त चाप भएपछि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य भएपछि आजै डिस्चार्ज हुने भएका छन्।बुधबार उच्च रक्तचाप भएपछि खनाल धुम्बाहारीस्थिति ह्याम्स अस्पताल भर्ना भएका थिए। ‘एक्कासी उच्च रक्तचाप बढेपछि उहाँलाई बुधबार साँझ ह्याम्स अस्पताल भर्ना गरिएको थियो,’ खनालका स्वकीय सचिव कृष्ण भट्टराईलेसँग भने, ‘अहिले रक्तचाप कम हुँदै गएको छ। रक्तचाप सामान्य भएपछि संभवत : आजै डिस्जार्च हुनुहुनेछ।’ यसैगरी नेता खनालको कोरोना टेस्ट पनि नेगेटिभ आएको छ। अस्पताल भर्ना हुनु अगाडि उनको कोरोना टेस्ट गरिएको थियो। डाक्टरले बुधबार बेडरेस्ट गर्न सुझाव दिएपछि खनाल अस्पताल भर्ना भएका हुन्। ...
अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन
राजनीति, समाचार

अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

 गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् । भर्चुअल रुपमा आज आयोजना गरिएको प्रदेश १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेकाले यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन्। उनले भने, “नयाँ चुनौतीलाई सफलतापुर्वक सम्पन्न गर्न र जनताको जीउधनको सुरक्षा गर्न सुरक्षा रणनीति परिमार्जन गर्नुपर्छ, उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको गोष्ठीले सहयोग गर्ने छ ।” उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिए। गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको जानकारी गराए । सीमानाका नि...
भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु

भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु भएको छ। गत माघ २० गते नै मन्त्रीपरिषद् बैठकले भ्रमणको लागि आमन्त्रण गर्ने निर्णय गरेको थियो। तर कालापानी क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमणको नेपालले गरेको विरोधबारे नरवाणेले दिएको अभिव्यक्ति विवादास्पद भएका कारण र कोरोना महामारीले गर्दा उनको भ्रमण तालिका प्रभावित भएको थियो। ढिला भएको उनको भ्रमणका लागि हालै प्रक्रिया पुनः सुरु भएको सैनिक स्रोतले जनाएको छ। नरवाणेलाई पुनः भ्रमणको लागि सेनाले निमन्त्रणा पठाउने तयारी गरेको छ। मन्त्रालयबाट स्वीकृति लिएर सेनाले भ्रमणका लागि निम्ताे दिने तयारी गरेको हो। दुईपक्षीय सहमतिमा भ्रमण तालिका र समय निर्धारण हुने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए। भ्रमणको मिति तय भइनसकेको तर कात्तिकमा हुने गरी तयारी सुरु गरिएको सेनाले जनाएको छ। नेपाल भ्रमणका क्रममा भ...
नेकपा सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन
राजनीति, समाचार

नेकपा सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन भएको छ। प्रतिनिधि सभाकी सांसदपहाडीको बुधबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। मुटुमा समस्या देखिएपछि उनलाई उपचारका लागि केएमसीमा भर्ना गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्। ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधामन्त्री ओलीले भनेका छन्। लामो समयदेखि मिगौला रोगबाट पीडित पहाडीको २०६३ मा भारतको तामिलनाडुको एपोलो हस्पिटलमा मिगौला प्रत्यारोपण गरिएको थियो।राजनीतिका साथसाथै उनी जनवादी गीतसंगीतको क्षेत्रमा समेत क्रियाशील थिइन्। उनका ...
नियमावली नबनाई कित्ताकाट खोल्नु आपत्तिजनक भएको समितिको निष्कर्ष
राजनीति, समाचार

नियमावली नबनाई कित्ताकाट खोल्नु आपत्तिजनक भएको समितिको निष्कर्ष

राष्ट्रियसभाको प्रत्यायोजित विधान तथा सरकारी आश्वासन समितिले नियमावली बनाएर गर्नुपर्ने काम मन्त्रीस्तरीय निर्णयबाट भएकोप्रति आपत्ति जनाएको छ। भूउपयोग ऐन, २०७६ अनुसार नियमावली बनाएर रोकिएको जग्गाको कित्ताकाट हचुवाको भरमा खोल्नु अधिकारको दुरुपयोग भएको निष्कर्ष समितिले निकालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ऐनअनुसार बनाउनु पर्ने नियमावली नबनाई गत भदौ १८ गते कृषियोग्य जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति चासो राख्दै समितिले मंगलबार भूमि व्यवस्था मन्त्री पद्या अर्याल र सचिव टेकनारायण पाण्डेलाई बोलाएर सोधपुछ गरेको हो। छलफलपछि समितिले तुरुन्त नियमावली बनाएर कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको सभापति रामनारायण बिडारीले जानकारी दिए। समितिले दिएको निर्देशनमा उल्लेख गरिएको छ, ‘भू उपयोग ऐन, २०७६ को दफा ३२ बमोजिम बनाउनु पर्ने नियमावली ...
सर्वोच्चको आदेश कोरोना परिक्षणको शुल्क नलिनु
राजनीति, समाचार

सर्वोच्चको आदेश कोरोना परिक्षणको शुल्क नलिनु

सरकारी अस्पतालमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशहरु आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले कोरोनाको परीक्षणलाई पनि आधारभूत स्वास्थ्य सेवाको रुपमा व्याख्या गर्दै त्यस्तो आदेश दिएको हो। कोरोना परीक्षणका लागि सरकारी निकायमा शुल्क नलिन आदेशमा भनिएको छ। अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीको यस सम्बन्धी रिट सर्वोच्चमा दिएका थिए। निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। परीक्षणका लागि सरकारी निकायमा गएका नागरिकको अनिवार्य कोरोना परीक्षण गर्न पनि सर्वोच्चको आदेशमा भनिएको छ। तर, निजी अस्पतालहरुले शुल्क लिएर कोरोना परीक्षण गरेको विषयमा सर्वोच्चले कुनै प्रश्न गरेको छैन। ...