राजनीतिक अस्थिरताको चक्रव्यु - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

राजनीतिक अस्थिरताको चक्रव्यु


  • डा.डिआर उपाध्याय

संसद विघटन भएपछि यतिबेला सबैको ध्यान यतैतिर खिचिएको छ । संसद विघटन समस्याको समाधान होइन । राजनीतिक अस्थिरता निम्ताउने खेल हो यो । मुलुक लामो समय सम्म राजनीतिक अस्थिरताको चक्रव्युहमा फस्दै आएको इतिहास साक्षी छ । अहिले पनि त्यही प्रवृति दोहोरिनु राम्रो कुरा होइन । दुई तिहाइ बहुमतको सरकार हुँदाहुँदै मध्यावधि निर्वाचनमा जानु भनेको देशको लागि र्दुभाग्य हो । मुलुक कोरोनाको कारणले आर्थीक रुपमा टाँट पल्टेको अवस्थामा फेरि चुनाबी खर्चले गर्दा देशको अवस्था झनै कंगाल हुने अवस्था आउन सक्छ । कोरोना कहरले देश आर्थीक रुपमा तङ्रिन नसकेको अवस्थामा फेरि चुनाबी बोझले थला पर्ने निश्चित छ ।

अब हरेक नागरिकको टाउको माथि ऋणको बोझ थुपरिने कुरामा कुनै शङ्का छैन,निश्चित छ । यो कुरा हामी सचेत नागरिकले बुझ्नु जरुरी छ । पार्टी भित्रको आन्तरिक विवादको कारणले गर्दा सिङ्गो मुलुकलाई बन्धक बनाउन मिल्दैन । सरकार गठन भएको लगभग तिन वर्ष पुग्दा पनि विकास निर्माणका काम भन्दा पनि आफ्नो पार्टी भित्रको आन्तरिक विवादमा समय व्यतित गरे । हिजो चुनाबको बेलामा जनता सँग बाचा गरेका कुराहरु कार्यन्वयन नहुँदै फेरि मध्यावधि चुनाबमा भोट माग्न कुन मुख लिएर नेताहरु जनता सामु पुग्लान यो गम्भिर प्रश्न उठेको छ । चुनाब भनेको देशको लागि खर्चिलो साथै झन्झटिलो काम हो ।

जनताको टाउको माथि अनावश्यक ऋण बोकाउने काम मात्र हुन्छ । हिजो प्रधानमन्त्रीले जुन किसिमको कदम चाल्नुभयो त्यसको सर्वत्र सामाजिक सञ्जाल देखि पत्रपत्रिका लगायत सडकमा विरोध भैरहेको छ । कतिपयले यो विघटित व्युतिन सक्ने आशा गरिरहेका छन् । यो कदम असंवैधानिक भएको भन्दै विभिन्न राजनीतिक दलका नेता तथा कानुन विदले संसद व्युतन सक्ने तर्क अघि सारेका छन् । संसद व्युतिन्छ वा व्युतिदैन त्यो भने पछिको कुरा हो तर अहिले मुलुकको राजनीति कतातिर मोडिने हो भन्ने विषयको चिन्ता सबैमा छ । अहिले सम्मको परिवर्तनबाट प्राप्त उपलब्धीहरु गुम्न सक्ने खतरा पनि बढेको छ ।

प्रतिगामी तत्वहरुले यो कदमको स्वागत गरेका छन् । उनीहरुले मुलुकमा अस्थिरता चाहेका छन् । अहिले सम्मका गुमुन भन्ने उनीहरुको चाहना छ । उनीहरुको त्यो चाहना पुरा हुन नदिन पनि लोकतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने आवश्यकता देखिन्छ । जनताको त्याग ,तपस्या र वलिदान बाट प्राप्त लोकतन्त्र, गणतन्त्र र संविधान गुम्न दिनु हुँदैन यसको लागि सबै देश भक्ति लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनु पर्ने आवश्यकता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *