राजनीति

अब देशलाई दुरदर्शी र विकासप्रेमी नेताको आवश्यकता
राजनीति, समाचार

अब देशलाई दुरदर्शी र विकासप्रेमी नेताको आवश्यकता

-डा.डिआर उपाध्याय, यति बेला देशको राजनीतिक अवस्था जटिल मोडमा छ । अहिलेको राजनीतिक गतिविधि हेर्दा जनता निराश देखिन्छन । जनतामा निराशा आउनु भनेको राम्रो संकेत होइन । देशको राजनीतिक संकटका कारण देशी–विदेशी हस्तक्षेप बढिरहेको देखिन्छ । आज देशको अवस्था बिग्रदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले राजनीतिक धुव्रिकरण बढेर गएको छ । प्रतिनिधिसभा विघटनपछि केहि दलहरु प्रतिनिधिसभा पुनस्र्थापना हुनु पर्ने माग राखि सडक आन्दोलनमा छन । आन्दोलन किन र के को लागी ? नेपाली जनता आन्दोलनका पक्षमा छैनन् । देशको हितमा छैन आन्दोलन । दलहरुका आन्दोलन कुर्सीका लागी हो । बिगतमा आन्दोलनका बलमा भएका परिवर्तनबाट जनताले के पाए ? जनताको जीवन शैलिमा परिवर्तन आयो कि आएन ? यी प्रश्नको जवाफ नेताहरुले दिनु पर्छ । आन्दोलन नेताहरुको कुर्सीको लागी हो । वर्तमान समस्याको समाधान दलहरुले खोज्नु पर्छ । यो बहुमतप्राप्त सर...
भिडको राजनीति
राजनीति, समाचार

भिडको राजनीति

• डा.डिआर उपाध्याय, नेकपा दुई खेमामा विभाजित भएपछि यतिबेला भिडको राजनीतिले चर्चा पाउने गरेको छ । नेकपाका दुई खेमा माधव प्रचण्ड र ओली खेमा बिच भिड जम्मा गर्ने कडा प्रतिष्प्रधा चलेको छ । केही दिन अगाडि माधव प्रचण्ड खेमाले भिड जम्मा गरेर काठमान्डौँमा शक्ति प्रदर्शन गरेका थिए भने हिजो ओली समूहले पनि काठमान्डौँको नारायण हिटिको आँगनमा तामझामका साथ लाखौँको हाराहारीमा भिड जम्मा गरी शक्ति प्रर्दशन गरेका थिए । अब जनताले कुन खेमाको भिडलाई विश्वास गरेर कुन खेमालाई समर्थन गर्ने भन्ने कुरामा नै अन्योलमा छन् । देशका विभिन्न जिल्लाबाट काठमान्डौँमा मान्छे ओसार्ने र भिड देखाएर शक्ति प्रर्दशन गर्ने होडबाजीले कुन सक्कली नेकपा हो र कुन नक्कली नेकपा हो जनतालाई छुट्याउन नै मुस्किल भयो । केही समय अघिदेखि नेकपाका दुबै खेमाका नेता कार्यकर्ता बिच जुहारी चलिरहेको अवस्था छ । मञ्च पाए कि नेकपाका दुबै खेमाका शीर्ष...
संवैधानिक आयोगमा भएको नियुक्तीविरुद्ध रिट दर्ता गर्न सभामुख सापकोटा सर्वोच्चमा
राजनीति, समाचार

संवैधानिक आयोगमा भएको नियुक्तीविरुद्ध रिट दर्ता गर्न सभामुख सापकोटा सर्वोच्चमा

संवैधानिक आयोगहरुमा भएको नियुक्तीविरुद्ध रिट दर्ता गर्न सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन्। सभामुख सापकोटा संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै आफैं रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
बन्द हड्तालको प्रभाव
राजनीति, समाचार

बन्द हड्तालको प्रभाव

डा.डिआर उपाध्याय हिजो गरिएको आम हड्तालमा सर्व साधरण जनताले दुःख बेहोर्नुप–यो । सत्तास्वार्थको राजनीतिले मुलुकलाई बन्धक बनायो । यस्तो राजनीतिले देश र जनताको हित गर्दैन । हिजोको आम हड्तालमा ट्याक्सी ,ट्रकमा बन्दकर्ताले तोडफोड र आगजनी गरे । यो देश र जनताको हित विपरित कार्य भयो । आफू सत्तामा हुँदा बन्द र हड्तालको विरोध गर्ने आफु सत्ता देखि बाहिर हुँदा बन्द र हड्ताल गर्ने यो कस्तो राजनीति हो ? बन्द हड्ताल ,चक्काजाम जस्ता गतिविधिले जनतालाई दुःख दिने काम गरेको छ ।विभिन्न राजनीतिक दल र केही समूहले आब्हान गरेका सडक संघर्षबाट जनता आजित भएका छन्। संसद् विघटनपछि मुलुकमा राजनीतिक संकट उत्पन्न भएको छ । राजनीतिक संकटलाई समाधान गर्ने बाटोतर्फ कोही पनि अग्रसर छैनन् । अहिलेको वर्तमान राजनीतिक घटनाक्रमलाई विभिन्न राजनीतिक दलहरूले आआफ्नै तर्क गरिरहेका छन् ।अहिले साना साना विषयमा उत्पन्न भएका विवादलाई सम...
प्रचण्ड–नेपाल पक्षको कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी
राजनीति, समाचार

प्रचण्ड–नेपाल पक्षको कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी

संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीको विरोध गर्दै नेकपा (प्रचण्ड–माधव नेपाल) पक्षले आह्वान गरेको आमहड्तालले राजधानीको जनजीवन प्रभावित बनेको छ। आम अड्ताल सफल पार्न भन्दै नेताहरु सडकमा निस्किएका छन् भने सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ। आन्दोलनमा होमिएका नेतालाई प्रहरीले पक्राउ गरेको छ। कलंकीमा हड्तालको नेतृत्व गरिरहेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रहरीले पक्राउ गरेको छ। राजधानीका धेरै ठाउँमा प्रहरी र नेकपा कार्यकर्ताबीच घम्साघम्सी भएको छ। विहानैदेखि आन्दोलनकारी सडकमा उत्रिएपछि राजधानीका सवारी सधान चलेका छैनन्। आशिंक रुपमा मोटरसाइकल संचालन भएका छन्। आन्दोलनकारीले केही सवारी साधनमा तोडफोनसमेत गरेको छन्।...
अष्टलक्ष्मी शाक्यसहित नेकपा नेता, कार्यकर्ता पक्राउ
राजनीति, समाचार

अष्टलक्ष्मी शाक्यसहित नेकपा नेता, कार्यकर्ता पक्राउ

नेकपा (प्रचण्ड–नेपाल खेमा) की नेतृ अष्टलक्ष्मी शाक्यसहित पक्राउ परेका छन् । नेता अमृत बोहराका अनुसार नेतृ शाक्यसहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) ले बिहीबार आम हड्ताल आह्वान गरेको छ । सोही क्रममा प्रहरीले नेतृ शाक्यसहितलाई पक्राउ गरेको हो । आम हड्तालका कारण काठमाडौँ उपत्यकासहित देशका अरु स्थानमा प्रभाव परेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।...
आम हड्ताल के को लागी ?
राजनीति, समाचार

आम हड्ताल के को लागी ?

-डा.डिआर उपाध्याय नेपाल बन्द,हड्ताल र चक्काजाम सदाको लागि अन्त्य गर्नु पर्छ भनेर प्रतिबद्धता जनाएका दलहरुले नै सरकार देखि बाहिर हुँदा उनैले नै आफुले गरेको प्रतिबद्धतालाई उलङ्घन गर्ने प्रयास गरेका छन् । दलिय स्वार्थका लागि आम हड्ताल गरेर सर्बसाधरणदेखि आम नागरिकलाई सास्ती दिने काम राम्रो होइन । गरि खाने नागरिकलाई यस्ता बन्द, हड्तालले नराम्रो प्रभाव पारेको हुन्छ । एक दिनको बन्द हड्तालले देशको अर्थतन्त्रमा करोडौँ नोक्सान पु–याएको हुन्छ । आम हड्ताल के को लागी ? यो विषयमा राजनीतिक दलहरु किन गम्भिर बन्न सकेनन् ? बन्द हड्तालका कारण बिरामी ,विद्यार्थी ,ज्याला मजदुर लगायत विभिन्न क्षेत्रमा यसको प्रभाव पर्दछ ।बन्दका कारण यातायात सुचारु हुन नसक्दा विगतमा पनि कैयौँ सिकिस्त बिरामी र प्रसुति व्यथाले च्यापेका महिलाले समयमा उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेका प्रशस्त उदाहरण छन् । आज हुने भनिएको ...
वर्तमान संकट र यसको निकास
राजनीति, समाचार

वर्तमान संकट र यसको निकास

डा.डिआर उपाध्याय संसद् विघटन पछि देशमा एकाएक सडक आन्दोलनको रमिता भैरहेको छ । संसद् विघटनले देश अस्थिरतातर्फ उन्मुख बनेको छ । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नागरिक समाज लगायतले आन्दोलन गरिरहेका छन् । यो आन्दोलनमा जनताको त्यति सहभागिता देखिदैन । किनभने जनता राजनीतिक दलसँग असन्तुष्टि छन् । सडकमा उठेको आन्दोलन केवल सत्तामा जान र केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा प्रधानमन्त्री हुन मात्रै आन्दोलन सञ्चालन भइरहेको हो भन्ने जनताको गुनासो छ । आन्दोलनले नयाँ सरकार बन्न सक्ने अवस्था छैन । वर्तमान संकटको निकास भनेको चुनाव हो । अब मुलुकमा आन्दोलन गरेर द्वन्द निम्ताउने काम कुनै दलले पनि गर्नु हुँदैन । देशमा विकास समृद्धि र सुशासन कायम गर्नु पर्ने आवश्यकता देखिएको छ । अब सरकारले समाजवादको आधार निर्माण गरि प्रभावका...
संवैधानिक परिषदको बैठक अनिश्चित कालका लागि स्थगित
राजनीति, समाचार

संवैधानिक परिषदको बैठक अनिश्चित कालका लागि स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषदको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार साँझ पाँच बजे बस्ने गरी प्रधानमन्त्री ओलीले बोलाएको बैठक अब अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको स्रोतले जनाएको छ। यसअघि बसेको परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो। ती मध्ये केहीले पद अस्वीकार गरेका थिए। अस्वीकार गरेका पदमा पुन नियुक्तिका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ। बैठक बस्ने सूचना प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पत्रमार्फत दिइएको थियो। तर सभामुख सापकोटा भने बैठकमा सहभागी नहुने उनी निकट स्रोतले जनाएको थियो। यसअघि बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिस पनि सभामुख अग्नी सापकोटाले फिर...
पेचिलो बन्दै गयो संघीयता
राजनीति, समाचार

पेचिलो बन्दै गयो संघीयता

डा.डिआर उपाध्याय नेपालमा यति बेला संघीयता पेचिलो बन्दै गएको छ । संघीयता लागु गर्नु भन्दा अघि यो बिषयमा कहिल्यै छलफल गरिएन । नेपालमा संघीयताको बारेमा कहिल्यै जनतालाई जानकारी गराइएन । जनआन्दोलनमा संघीयताको विषय कहीँ कतै उठेको थिएन । संघीयता भनेको नै सबै जनतालाई सशक्त बनाउने, सम्पूर्ण अधिकार प्रदान गर्ने माध्यम हो ।संघियताको अभ्यासमा नेपालमा त्यस्तो देखिएन । अन्तरिम संविधान जारी हुँदा समेत यो बिषय उठेको थिएन । संघीयता नेपालमा एक्कासी घुसाइएको एजेन्डा हो । किनकि निरंकुश राजतन्त्रविरुद्ध २०६३ सालमा आन्दोलन भयो तर संघीयताको बारेमा एक शब्द कहीँकतै उच्चारण भएन । आन्दोलन सफल भए पछि देशमा लोकतन्त्र पुनर्वहाली भयो । २०६३ सालमा नेपालको अन्तरिम संविधान जारी भएपछि त्यसबाट असन्तुष्ट भई मधेसमा अकस्मात आन्दोलन भयो । त्यतिबेलाको मधेस आन्दोलनले विशेष गरी पूर्वी तराईका जिल्लामा साम्प्रदायिकता भड्किने...