खेलकुद Archives - Page 2 of 7 - राष्ट्रपत्र
मङ्लबार, माघ ४, २०७८

खेलकुद

कोरोना महामारी बढेपछि एसिया कप क्रिकेट स्थगित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

कोरोना महामारी बढेपछि एसिया कप क्रिकेट स्थगित

कोरोना भाइरसको महामारी बढेपछि एसिया कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार एसिया कप क्रिकेट स्थगित गरिएको जनाएको छ । एसीसीले स्थगित एसिया कप २०२३ मा आयोजना गरिने जनाएको छ । सन् २०२२ मा एसिया कप आयोजनाको तय भइसकेको कारण यस संकरणको एसिया २०२३ मा हुने बताईएको छ । यस वर्षको एसिया कप श्रीलंकामा हुने तय भएको थियो । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुने थियो । ...
वैशाख ४ गतेबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै, प्रधानमन्त्रिबाट समुदघाटन
खेलकुद, समाचार

वैशाख ४ गतेबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै, प्रधानमन्त्रिबाट समुदघाटन

महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट सञ्चालन हुने भएको छ । सो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । फाउन्डेसनले गर्न लागेको चौथो अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तान लगायत विभिन्न देशबाट रेस्लरहरु आउनुहुने फाउन्डेसनको अध्यक्ष तथा नेपालकै पहिलो रेस्लर भगवति खड्का ‘युनिका’ ले जानकारी दिइन् । त्यस्तै रेस्लर तथा कलाकार अस्मिता जुरेलीले कोरोनाका कारण कार्यक्रममा असर नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा कार्यक्रम गर्न केही असहज भएपनि स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षा सामग्रीको उपयोग गरेर नै प्रतियोगिता सञ्चालन गर्दैछौं ।’ ...
‘कोभिड कप’ फुटबल हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
खेलकुद, समाचार

‘कोभिड कप’ फुटबल हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

यही चैत्र २८ गते कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । आयोजक संस्थाद्धय काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएका हुन् । विश्वलाई सन्देश दिने उद्देश्यले आफूहरुले उक्त प्रतियोगिताको आयोजना गरेको पनि आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न दश टिमले सहभागी जनाउनेछन् । कलाकारहरुको तर्फबाट भाग लिने टिमको नेतृत्व (कप्तान) नायक धिरेन शाक्य, लोकदोहोरीबाट भाग लिने टिमको नेतृत्व गायक बद्री पंगेनी, हाँस्यकलाकारबाट ईन्द्र दोङ खम्बे, काठमाडौं जिल्ला सहकारी संघबाट अध्यक्ष ज्ञानबहादुर तामाङले गर्ने जनाईएको छ । ‘कोभिडबाट थलिएका हामी फेरि उठ्नुछ’ भन्ने नाराका साथ आय...
फ्रान्सको पहिलो जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

फ्रान्सको पहिलो जित

फिफा विश्वकप फुटबल छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो । काजकिस्तानको मैदानमा खेलको २०औँ मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको ४४औँ मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो । यस्तै खेलको ७५औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै समूह ‘डी’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा फ्रान्स युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । काजकिस्तान अंक विहीन हुँदै पुछारमा छ । ...
युवा उद्यमी एवम सामाजिक अभियन्ता महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित
खेलकुद, समाचार

युवा उद्यमी एवम सामाजिक अभियन्ता महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित

काठमाडौं, २९ माघ – युवा उद्यमी एवम सामाजिक अभियन्ता पृथविन्दु महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित भएकी छिन् । राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्रीको माघ २५ को मन्त्रीस्तरिय निर्णयबाट उनले उक्त जिम्मेवारी प्राप्त गरेकी हुन। राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ५, उपदफा १ ङ बमोजिम उनी लगायतका युवाहरु समेतलाई उक्त जिम्मेवारी दिइएको छ । को हुन महर्जन ? पाटनबासी पृथविन्दु महर्जन महिला उद्यमी एवम सामाजिक अभियन्ता हुन । हस्तकला व्यवसायमा संलग्न उनी राजनीतिक एवम सामाजिक अभियानहरुमा पनि सकृय रुपमा लाग्दै आएकी छिन् । महर्जन नेपाल चेम्बर अफ कमर्श अन्तर्गत नेपाल महिला चेम्बरको कार्यकारीणी सदस्य समेत हुन । ...
पीएसजीको शानदार जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

पीएसजीको शानदार जित

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३-०ले हराएको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारिया, पाब्लो सराबिया र केलियन एमबाप्पेले एक एक गोल गरे । जितसँगै तेस्रो स्थानमा रहेको पीएसजीले २३ खेलमा ४८ अंक जोडेको छ । १५ अंक जोडेको निम्स तालिकाको पुछारमा छ । ...
राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन
खेलकुद, समाचार

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन

राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ । विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाउनुभएका सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो । विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गाैला बिग्रेका सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आएको जिल्ला क्रिकेट सङ्घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताए । उनको निधनबाट जिल्ला, प्रदेश र सिङ्गो देशकै क्रिकेट जगत्लाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उनलाई आज जिल्ला क्रिकेट सङ्घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने बताए । बाह्र वर्षका उम...
सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने
खेलकुद, समाचार

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन्। चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन्। लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए। नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो। अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएको व्यवस्थापक शिवाकोटीले जानकारी दिए। उनी बुधबार क्वारेन्टाइन मुक्त भएका हुन्। उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीम...
म्यानचेस्टर सिटीका ग्याब्रियल र केएल वाल्करलाई कोरोना संक्रमण
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

म्यानचेस्टर सिटीका ग्याब्रियल र केएल वाल्करलाई कोरोना संक्रमण

म्यान्चेस्टर सिटीका फरवार्ड ग्याब्रियल जिसस र डिफेन्डर केएल वाल्करलाई कोरोना भाइसको संक्रमण भएको छ । सिटीका थप दुई कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित खेलाडी तथा कर्मचारीलाई प्रिमियर लिग र सरकारको मापदण्ड अनुसार आइसोलेसनमा राखिएको छ ।सिटीले डिसेम्बर २६ मा न्युक्यासल युनाईटेड, त्यसको दुई दिनपछि एभर्टन र जनवरी ३ मा चेल्सीसंग खेल्दैछ । दुई खेलाडीले अब यी दुबै खेल गुमाउन सक्ने जनाइएको छ । ...
राष्ट्रिय टोलीका मूख्य प्रशिक्षकमा वाटमोर
खेलकुद, समाचार

राष्ट्रिय टोलीका मूख्य प्रशिक्षकमा वाटमोर

अष्ट्रेलियाका डेभ वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मूख्य प्रशिक्षक चयन भएका छन् । नेपाल क्रिकेट संघ क्यानले बिहिबार उनलाई मूख्य प्रशिक्षकमा छनोट गरेको हो । यस्तै क्यानको जनरल म्यानेजरमा रौनक बहादुर मल्ल चयन भएका छन् । यसैगरी क्रिकेट म्यानेजरमा बिनोद दास तथा मूख्य फाइनान्स अफिसरमा रमेश कुमार न्यौपाने छनोट भएको क्यानले जानकारी दिएको छ ।  उनीहरुको नियुक्ति सन् २०२१ को जनवरी १ बाट लागू हुनेछ । ...