अर्थ/व्यापार Archives - Page 21 of 22 - राष्ट्रपत्र
मङ्लबार, माघ ४, २०७८

अर्थ/व्यापार

बस चढ्दा फेससिल्ड अनिवार्य
अर्थ/व्यापार, समाचार

बस चढ्दा फेससिल्ड अनिवार्य

सार्वजनिक बसमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ। यातायात व्यवस्था विभागले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार बस चढ्दा फेस सिल्ड लगाउनुपर्ने व्यवस्था गरेको हो।  त्यसरी लगाइने फेस सिल्ड यात्रु आफैले व्यवस्था गर्नुपर्नेछ। सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोक्न पाउने निर्णय गरेको थियो। त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन्।  बसको सिट क्षमता अनुसार नै यात्रु राख्न पाइने भएपछि भौतिक दूरी कायम नहुने भन्दै विभागले फेस सिल्ड लगाउन अनिवार्य गरेको हो। यात्रुले विगतबाटै जसरी मास्क अनिवार्य रुपमा आफैंले लगाउँदै आएका छन्, अब फेस सिल्ड पनि अनिवार्य रुपमा लगाउनुपर्ने भएको छ। यात्रु, चालक तथा सहचालक सबैले अनिवार्य रुपमा फेस सिल्ड लगाउँदा कोरोना संक्रमण जोखिम केही हदसम्म न्यून हुने विभ...
नयाँ नोटको विकल्प डिजिटल दक्षिणा
अर्थ/व्यापार, समाचार

नयाँ नोटको विकल्प डिजिटल दक्षिणा

 दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष कोरोनाका कारण अवस्था असामान्य छ तर पनि सर्वसाधारणको चाडबाड लक्षित मनोविज्ञानलाई ध्यानमा राख्दै बैङ्क तथा वित्तीय संस्थाले छुट, अफर र उपहार योजना ल्याएका छन् । खासगरी मध्यम वर्गलाई आकर्षित गर्ने अफर फर्माइएपछि बैङ्कहरूमा पैसा झिक्ने र राख्नेको चहलपहल अलि बढेको छ ।दशैँको मुख्य आकर्षण नयाँ नोट भए पनि यसपालि नयाँ नोट साट्ने र दक्षिणा दिने माहोल नबन्ने भएको छ । कोरोनाकै कारण नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सटही नगर्ने भएको छ ।नयाँ नोटको अभाव हँुदा त्यस्ता ग्राहकलाई लक्षित गर्दै बैङ्कहरूले डिजिटल दक्षिणा, रेमिट्यान्स, मनी ट्रान्सफर योजना अगाडि सारिरहेका छन् । त्यससँगै सम्बन्धित अरू सुविधा पनि थपेका छन् ।सिटिजन्स बैङ्कले आफ्ना डिजिटल बैङ्किङ प्रयोक्तालाई पस, क्यूआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटक...
भोलीबाट खाद्य संस्थानले प्रतिकिलो ५६० रुपैयाँमा खसीबोका बेच्ने
अर्थ/व्यापार, समाचार

भोलीबाट खाद्य संस्थानले प्रतिकिलो ५६० रुपैयाँमा खसीबोका बेच्ने

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान)ले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । यस वर्षको दशैंका लागि दाङ र मकवानपुरको मजवानपुरबाट पहिलो पटक खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो । निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा १० छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार काठमाडौं आइपुगेका खसी–बोकाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण शुरु हुनेछ । तोकिएको मूल्यमा १० रुपैयाँ घटाएर प्रतिकिलो ५ सय ५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा...
नुतन कोपिला बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न
अर्थ/व्यापार, समाचार

नुतन कोपिला बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं . ८ काठमाडौंमा स्थित नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले चौथो वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । कोभिड– १९ महामारीको बढ्दो संक्रमणका कारण नुतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लि. ले भर्जुअल सभा मार्फत सम्पन्न भएको संस्थाका प्रबन्धक  केशव भुजेलले जानकारी गराउनुभयो । नूतन कोपिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा का.बा अध्यक्ष नेत्र प्रसाद दाहालको अध्यक्षमा भएको थियो । साथै  प्रमुख अतिथिमा गोकर्णेश्वर नगरपालिकाका  मेयर सन्तोष चालिसेज्यू, विशिष्ट अतिथिमा गोकर्णेश्वर नगरपालिका वडा नं . ८ का वडा अध्यक्ष मनोज ढुङगानाज्यू, विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालज्यू,  विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका सहकारी संयोजक लक्ष्मण चौलागाईज्यू, विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका स...
कोभिड १९ को उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ आयात तथा बिक्री गर्न तीन कम्पनीलाई अनुमति
अर्थ/व्यापार, समाचार

कोभिड १९ को उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ आयात तथा बिक्री गर्न तीन कम्पनीलाई अनुमति

पछिल्लो समय कोभिड १९ को उपचारमा प्रयोग हुने रेमडेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न सरकारले एक भारतीयसहित तीन वटा कम्पनीलाई अनुमति दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार औषधि व्यवस्था विभागबाट अनुमति पाउनेमा नेपालका दुई कम्पनी यति फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि ललितपुर, सिनर्जी ओभरसिज प्रालि काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेड छन् । कोभिड १९ को उपचार गर्ने अस्पतालहरुले बिरामीका लागि प्रयोग गर्न आवश्यक परेमा चिकित्सकको सिफारिस अनुसार औषधि व्ययस्था विभागले सूचिकृत गरेको कम्पनीबाट सहज रुपमा खरिद गर्न सकिने मन्त्रालयले जनाएको छ । ...
भोकमरीको सूचीमा नेपाल ७३औं स्थानमा
अर्थ/व्यापार, समाज

भोकमरीको सूचीमा नेपाल ७३औं स्थानमा

विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा पुगेको हो ।सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिब २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा रहेका छन् । कोभिड–१९ महामारीका कारण नेपालमा भोकमरी र खाद्य असुरक्षाको अवस्था झन् बढ्ने अनुमान गरिएको छ । एफएओका अनुसार हाल विश्वमा करिब २ अर्बभन्दा बढी जनसंख्याका लागि सुरक्षित, पौष्टिक र पर्याप्त खानाको पहुँच पुगेको छैन । यो तथ्यांक सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान गरिएको छ । यस परिवेशमा खाद्य असुरक्षा र भोकमरी मुलुकका लागि ठूलो चुनौतीका रूपमा रहेको सरकारी अधिकारीले बताएका छन् । सरकारले विश्वव्यापी रूपमा खाद्य तथा पोषण सुरक्षाको महत्त्वबारे जनचेतना जगाउन र खाद्य संकट तथा भोकमरीको चपेटामा परेकाहरुलाई त्यस परिवेशब...
सिम्रिक एयरको कोरोना संक्रमित ‘एयर एम्बुलेन्स’ सेवा सुरु
अर्थ/व्यापार, समाचार, समाज

सिम्रिक एयरको कोरोना संक्रमित ‘एयर एम्बुलेन्स’ सेवा सुरु

सिम्रिक एयरले कोरोना संक्रमितहरुकाे उद्धारका लागि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ । पहिलो पटक  सिम्रिक एयरको हेलिकोप्टरले सोमबार बुटवलबाट एक कोरोना संक्रमितलाई हृयाम्स अस्पताल ल्याएको थियो ।सरकारले हालै मात्र सुरक्षा मापदण्ड अपनाएर हेलिकप्टरबाट उद्दार गर्नेसम्बन्धी मापदण्ड बनाएको थियो । सिम्रिक एयरले आफ्नो पाँचमध्ये दुई वटा हेलिकप्टर कोरोना संक्रमितको उद्धारका लागी छुट्याएको जनाएको छ । नागरिक उड्डयन प्राधिकरणले गत सोमबार नै सूचना जारी गर्दै सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस संक्रमितको उद्धार गर्न अनुमति प्रदान गरेको जानकारी गराएको थियो । ...
सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँट, २ लाख ७३ हजारले पाए १०/१० कित्ता
अर्थ/व्यापार, समाचार

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँट, २ लाख ७३ हजारले पाए १०/१० कित्ता

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ। असोज २१ देखि २५ गतेसम्म निष्कासन तथा बिक्री गरेको सेयरलाई बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले बिहान साढे ८ बजे बाँडफाँट गरेको हो। आवेदकमध्ये २ लाख ७३ हजार जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन्। कम्पनीले सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर बिक्री गरेको हो। उक्त सेयरमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ६० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। बाँकी रहेको ८ लाख ६३ हजार ५४५ योग्य आवेदकमध्येबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ताको लागि आवेदन परेको थियो। क्यापिटलले उक्त योग्य आवेदनलाई गोलाप्रथाद्धारा बाँडफाँट गरेको छ। आवेदकमध्ये ५ लाख ९० हजार ५४५ जनाको हात खाली भएको छ। कम्पनीले निष्कासन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र...
कोरोनाको समयमा कुनै पनि कर्मचारी निष्काशन गरिएको छैनः नर्भिक
अर्थ/व्यापार, समाचार

कोरोनाको समयमा कुनै पनि कर्मचारी निष्काशन गरिएको छैनः नर्भिक

नर्भिक अस्पतालले कोभिडको समयमा कुनै पनि कर्मचारीलाई बलजफ्ती निष्काशन नगरेको जनाएको छ। ठूलो संख्यामा स्टाफ नर्सलाई विदामा राखिएको, सफाईकर्मीहरुलाई जबरजस्ती निष्काशन गरिएको भन्ने जस्ता समाचारमा कुनै सत्यता नरहेको भन्दै अस्पतालले आन्तरिक कर्मचारी व्यवस्थापन विनियम बमोजिम उमेरको हदबन्दी नाघेका र कार्य सम्पादनको आधारमा श्रम ऐन बमोजिम आवश्यक सुविधा दिई केही कर्मचारीहरुलाई सेवानिवृत गरिएको स्पष्ट पारेको छ। सो विषयलाई बढाईचढाई गरी भ्रम छर्ने काम भएकोप्रति नर्भिकले खेद प्रकट गरेको छ। ‘नर्भिक हस्पिटलले यसअघि सम्पूर्ण कर्मचारीहरुको तलबसुविधा व्यक्तिगत खाता लक्ष्मी बैंकमा खोली जम्मा गरिँदै आएकोमा आगामी आश्विन महिनादेखि लक्ष्मी बैंकको सट्टामा युनाइटेड फाइनान्स कम्पनीमा खाता खोली कर्मचारीहरुको तलब जम्मा गरिदिने यस हस्पिटल व्यवस्थापन समितिको निर्णयअनुसार सुरु गर्न लागिएको’ बिहीबार विज्ञप्तिमार्फत ...
यातायात निर्देशिका जारी
अर्थ/व्यापार, समाचार

यातायात निर्देशिका जारी

चाडपर्वको समयमा सार्वजनिक यातायात सेवालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन यातायात व्यवस्था विभागले चाडपर्व लक्षित यातायात निर्देशिका जारी गरेको छ ।कोभिड–१९ को बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित बसपार्क लगायतका ठाउँहरूमा रहेको टिकट बिक्री कक्षमा हुने भीड व्यवस्थापन तथा टिकट खरिद तथा बिक्री प्रक्रियालाई थप पारदर्शी बनाउने गरी निर्देशिका जारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।निर्देशिकामा मध्यम तथा लामो दूरीमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कम्पनी फर्म र व्यवस्थापकले अनिवार्य रूपमा अनलाइन टिकट व्यवस्था गर्नुपर्नेछ । विभागले एक सयदेखि २५० किलोमिटरसम्मलाई मध्यम र २५० किलोमिटरभन्दा बढीलाई लामो दूरी भनेर परिभाषित गरेको छ ।अनलाइन टिकटका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कम्पनी फर्म र व्यवस्थापकले प्रयोगमा ल्याउने सफ्टवेयरल...