डेल्फिक सांस्कृतिक सम्मेलनमा नेपाली ढाका टोपीको रौनक
भारतको कोलकातामा अन्तर्राष्ट्रिय डेल्फिक सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको आयोजना तथा इन्डियन डेल्फिक काउन्सिल र वेस्ट बङ्गाल डेल्फिक काउन्सिलको सहकार्यमा अक्टोबर १२ देखि १४ सम्म भएको सो सम्मेलनमा नेशनल डेल्फिक काउन्सिल नेपालले पनि सहभागिता जनाएको छ ।
सम्मेलनमा सहभागी नेपाल डेल्फिकका अध्यक्ष श्रीदेव बिएलले नेपालको कला, संस्कृति, भाषा तथा कलाका विविध आयामहरूका बारेमा विश्वभरका डेल्फियनहरूमाझ प्रवर्धन गरेको बताए । सो अवसरमा विश्वभरका कला तथा संस्कृति अभियन्ताहरूलाई नेपालको भौगोलिक विविधतासँगै सांस्कृतिक विविधताको बारेमा पनि विशेष समय लिएर जानकारी गराएका थिए । नेपाल डेल्फिकको तर्फबाट नेपालको कला, संस्कृति, प्रमुख चाडपर्वहरू, प्रचलनहरू तथा संस्कारहरूका बारेमा प्रस्तुतिसहित नेपालको परिचय दिइएको थियो । नेपाल डेल्फिकका अध्यक्ष बिएलले सम्मेलनमा सहभागी सबैलाई...










