निर्भाणा एकेडेमीद्वारा चित्रकला प्रदर्शनी आयोजना
सीतापाइला, काठमाडौं स्थित निर्भाणा एकेडेमी आर्ट क्लबको आयोजनामा यही माघ २६, २७ र २८ गते बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा तीन दिवसीय चित्रकला प्रदर्शनी आयोजना गरिएको थियो । उक्त प्रदर्शनीमा यस विद्यालयमा विभिन्न तहमा अध्यनरत ३८ जना विद्यार्थीहरुको चित्रकला समावेश गरिएको थियो । यस विद्यालयको इतिहासमा पहिलोपटक यस प्रकारको प्रदर्शनी आयोजना भइरहेको भएको आयोजक बताउँछ ।
यस प्रदर्शनीमा निर्भाणा एकेडेमीका ३०० विद्यार्थीहरु, आमन्त्रित ८ विद्यालयका करिव ६०० विद्यार्थीहरु, ६०० अभिभावकहरु र अन्य १०० पर्यवेक्षक सहित करिव १६०० व्यक्तिहरुले चित्रकलाको अवलोकन भएको प्रदर्शनी संयोजक लक्ष्मी मास्के (पुनम) ले जानकारी गराउनु भयो ।
वरिष्ठ शिक्षाविद, गुणबिज्ञ तथा हाइगा आर्टिस्ट प्रा. दिनेश प्रसाद चापागाँईको प्रमुख आतिथ्यमा यस प्रदर्शनीको उद्घाटन माघ २६ गते नेपाल आर्ट काउन्सिलको सभाकक्षमा...










