Author: admin

निताको स्वरमा ‘चुप चाप’ (भिडियो)
मनोरन्जन, समाचार

निताको स्वरमा ‘चुप चाप’ (भिडियो)

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/CYPYXy_Pzzw किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता/दर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ’, गायिका आचार्यले भन्नुभयो । आचार्यका ‘जिन्दगी, सँगै जिउने हो भए साथमा नभए यादमा, झिमझिम परेली, गरिदेउ बिदा, मनक...
नेपाल भाषामा ‘वया मा जी ‘तथा नेपाली भाषामा’आएँ आमा ‘गीतको भिडियो लोकार्पण
मनोरन्जन, समाचार

नेपाल भाषामा ‘वया मा जी ‘तथा नेपाली भाषामा’आएँ आमा ‘गीतको भिडियो लोकार्पण

वरिष्ठ हास्य कलाकार तथा गायक मदन कृष्ण श्रेष्ठ को प्रमुख आतिथ्यमा तथा जन गायक रामेश श्रेष्ठको विशेष आतिथ्यमा कीर्तिपुर Cineplex मा म्युजिक भिडियोको विशेष प्रदर्शन गरिएको थियो। गाउँ गाउँ बाट उठ, हिँड मेरा दाइहो झम्पल बोकेर जस्ता लोकप्रिय गीतका जन पक्षीय गीतकार श्याम तमोट द्वारा रचित उक्त गीत लाई चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठले संगीत तथा संगीत संयोजन गर्नु भएको थियो भने उक्त गीतलाई नेपाल भाषामा गायिका रत्नशोभा महर्जनले गाउनु भएको छ भने नेपाली भाषामा संगीतकार सुरेन्द्र श्रेष्ठले नै गाउनु भएको छ। https://www.youtube.com/watch?v=LS_qt-3j6Cw आमा सम्बन्धी निकैनै मार्मिक गीत को भिडियो पनि उतिकै मार्मिक बनेको छ। गीतलाई मगन entertainment ka रजिन महर्जनले निर्देशन तथा छायांकन गरेका छन् भने कलाकार हरुमा सुधा महर्जन, सुनिता श्रेष्ठ, लक्ष्मी कुमार महर्जन, रुपेन् श्रेष्ठ , सुबन् जोशी तथा बाल ...
चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न
मनोरन्जन, समाचार

चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न

काठमाण्डौ – चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक  रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा गरिदै आएको रिवार्ड कार्यक्रममा सभापतित्व क्रियशनकी अध्यक्ष सामना साहले गरेकि थिईन् भने कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष तथा सदावहार नायक भुवन के.सी थिए । रिवार्ड कार्यक्रम २३ विधामा रिवार्ड प्रदान गरिएको छ । कार्यक्रममा लोकदोहोरी विधा तर्फ सर्वोत्कृष्ट लोकगीत शम्भु कुंवरको माईली, शब्दमा सन्तोष केसीको घर कहाँ हो बैनीको, सर्वोत्कृष्ट लय प्रितम पोख्रेलको मुसी, सर्वोत्कृष्ट गायक डाँडैको टुनीबाट अर्जुन सापकोटा, सर्वोत्कृष्ट गायि...
नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने मानवरचना विश्वविद्यालयको घोषणा
शिक्षा, समाचार

नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने मानवरचना विश्वविद्यालयको घोषणा

काठमाडौं – भारतको नयाँदिल्ली स्थित मानवरचना इन्टरनेशनल इन्सटिच्युट अफ रिसर्च एन्ड स्टडिजले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने घोषणा गरेको छ। शुक्रबार काठमाडौँमा मानवरचनाले इन्फोसेसन कार्यक्रमको आयोजना गर्दै नेपाली विद्यार्थीलाई ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउँने र सहुलियत शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने घोषणा गरेको हो। कार्यक्रममा बोल्दै मानवरचनाकी मार्केटिङ डेपुटी जनरल म्यानेजर अञ्जली बालाचन्दरनले मानवरचना गुणस्तरीय शिक्षामा प्रतिवद्ध रहेको र यसले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गर्ने बताइन्। उनले भनिन्, ‘मानवरचना गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अध्ययन पश्चात रोजगारीको अवसर सृजना गर्न पनि तत्पर छ। विद्यार्थीले यहाँ अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन्। विद्यार्थीलाई उद्यमशिल हुने ढंगबाट वि...
शाश्वत सत्य
समाचार, समाज

शाश्वत सत्य

– युवराज अधिकारी तिम्रो आगमनले ल्याएको खुशी र मुस्कानयति छिट्टै दैवले चुँडालिदिन्छसोचेकै थिइन, मेरो खुशी, पिडा र आँशु पनि बुझ्नेतिमीलाई म कसरी पशु भनुँचाहे दुनियाले तिमीलाई पशु भनोस्, निस्वार्थ मायाको प्रतिमूर्ति तिमीमेरो दुःखको साथी, तिम्रो छुनुमुनु र बाल्यपनयौवनको उन्मादमा पनिशान्त, कोमल र हृदयस्पर्शी,तिमीले म टाढा दूरदेशमा रहेको बेलाकसरी चटक्कैै छोडेर गयौशायद, अन्तिम छट्पटाहटमामलाई खोज्यौ होला,आँशु बहाएर रोयौ होलामेरो प्रिय फुच्चे । तिम्रो अगाध स्नेहयतिखेर जलाइरहेछतिमी थियौ र त उज्यालो गरायौ मेरो सानो संसारतिमी थियौ र त मुस्कान थियो मेरो थकित मुहारमाअब सिर्फ तिम्रो सम्झना, तिम्रो मायाको झझल्कोतिम्रो लुटुपुटुको यादशायद, अब सशरीर तिमीलाईन म माया गर्न सक्छु, न तिमीले नै मलाईस्नेही आँखा र पाइलाहरुले मल्हम लाउन सक्छौ,म घरबाट निस्कँदाझ्यालको खिड्की वा बार्दलीबाटपरपरसम्...
सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता
अर्थ/व्यापार, समाचार

सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता

काठमाडौँ– सिटी वालेट प्रा.ली द्वारा सञ्चालित भुक्तानि सेवा सिटी पे र शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)बीच व्यवसायीक सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। नेपाल राष्ट्र वैँकद्वारा इजाजत प्राप्त संस्था सिटी वालेट र विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्ने व्यवसायीहरूको छाता संगठन एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता भएको हो। सम्झौता पत्रमा एप्क्यानको तर्फबाट अध्यक्ष प्रज्वल बस्नेत र सिटी पेको तर्फबाट सिइओ विनय रेग्मीले हस्ताक्षर गरेका छन्। विदेशमा शिक्षा लिइरहेका नेपाली विद्यार्थीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाउने उद्देश्यले सहकार्य गरिएकाे एप्क्यानले जनाएकाे छ। सम्झाैतापछि यसबारे जानकारी दिदैँ अध्यक्ष बस्नेतले भने, ‘सिटी वालेटसँगको हाम्रो साझेदारी हाम्रो लक्ष्यसँग मिल्दोजुल्दो छ। नेपाली विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक कार्यमा सहयोग गर्न हामी ...
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.उपाध्यायका तीन गीति एल्बम विमोचन
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.उपाध्यायका तीन गीति एल्बम विमोचन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका फरक शैलीका तीन गीति एल्बम विमोचन गरिएको छ । शुक्रवार काठमाडौंको चाबहिलमा एक कार्यक्रमका बीच कीर्तिमानी गीतकार उपाध्यायका ‘आकांक्षा’, ‘अभिभूत’ र ‘अभिलाषा’ एल्बम विमोचन गरिएको हो । एल्बमलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, कीर्तिमानी गायक/संगीतकार सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी, लेखक एवं मिलाप फाउण्डेसनकी अध्यक्ष गीता अधिकारी, युथ क्रियसनका अध्यक्ष रमेश थापा, गीतकार उपाध्यायलगायतले विमोचन गरेका थिए । यी तीनवटै एल्बम फरक शैलीका रहेका छन् । एल्बम ‘आकांक्षा’मा म्यासअपसङ रहेका छन् । अर्थात् एउटै ट्र्याकमा धेरै गीतहरूको अंशलाई जोडेर गीत बनाइएको छ । यसमा तीन दर्जनभन्दा बढी गीत रहेका छन् । यस्तै, एल्बम ‘अभिभूत’मा रिंगब्याक टोन सिआरबिटी र पिआरबिटी एकल गीतकारको शब्द रचनामा रहेका १५० भन्दा बढी गीतहरू रहेका छन् । त्यसै गरी एल्बम ‘अ...
चलचित्र संरक्षण मञ्च र सुर्यज्योति लाईफ इन्स्योरेन्स विच सहमती
अर्थ/व्यापार, समाचार

चलचित्र संरक्षण मञ्च र सुर्यज्योति लाईफ इन्स्योरेन्स विच सहमती

काठमाडौं । चलचित्रकर्मीको हक,हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्च र सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. विच आज एक कार्यक्रमका माझ चलचित्रकर्मी तथा चलचित्र संरक्षण मञ्चमा आबद्ध सदस्यको आबधिक विमा गर्ने बारे एक आपसमा सहमती भएको छ । यस कार्यक्रममा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम राखाल(रोजन) र उपमहासचिव तेज गिरीको उपस्थिति रहेको थियो भने इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का,उपमहाप्रबन्धक नरोत्तम ढकाल,कर्पोरेट सेल्सबाट सामिन सिहं भण्डारी लगायतको उपस्थिति रहेको थियो । चलचित्रकर्मीहरुको कामका दौरानमा अथवा अन्य भवितब्य घटनाबाट मृत्यु हुँदा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि चलचित्र संरक्षण मञ्चले सहजिकरण गरि न्यूनतम रु.१ लाख देखि अधिकत रु.२० लाखसम्मको आबधिक विमा गर्ने योजना ल्याएको हो । यस योजनामा बार्षिक रु...
विश्व किर्तिमानी गीतकार डा.उपाध्यायद्वारा प्रेम दिवसमा ‘हट एयर बेलुन’मार्फत गीत सार्वजनिक
मनोरन्जन, समाचार

विश्व किर्तिमानी गीतकार डा.उपाध्यायद्वारा प्रेम दिवसमा ‘हट एयर बेलुन’मार्फत गीत सार्वजनिक

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायले आफ्ना प्रस्तुतिलाई अनौठो तरिकाले प्रस्तुत गर्ने गर्नुहुन्छ । सधै केही न केही नयाँनयाँ तरिका अपनाएर आफ्ना प्रस्तुति सार्वजनिक गर्नुहुने डा.उपाध्यायले प्रेम दिवसको अवसर पारेर आफ्ना गीत ‘हट एयर वेलुन’मार्फत सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्ना एक सय पचासभन्दा बढी गीत बेलुन ‘हट एयर बेलुन’मार्फत आकाशमा उडाएर सार्वजनिक गर्नुभएको हो । भक्तपुरको देउराली डाडामा रहेको टेन्ड हेवन हिल रिसोर्टमा एक कार्यक्रमबीच डा.उपाध्यायले आफ्ना एक सय पचासभन्दा बढी गीतलाई हट एयर बेलुनमार्फत आकाशमा उडाएर सार्वजनिक गर्नुभएको हो । प्रेम दिवस मनाउन रिसोर्टमा पुगेका थुप्रै युवा युवतीले उक्त दृश्यमा रमाइलो गरेका थिए । डा.उपाध्यायका गीत अंकित थुप्रै गीत आकाशमा उडिरहँदा एक खालको रमाइलो वातावरण बनेको थियो । रिसोर्टका सञ्चालक रामजी अवालले पहिलो पल्ट यस्तो दृश्य देखेक...
मोहन घिसिङ लामाको विश्व किर्तिमान
मनोरन्जन, समाचार

मोहन घिसिङ लामाको विश्व किर्तिमान

विगत लामो समयदेखि नेपाली कला संस्कृतिमा संरक्षण सम्वद्र्धनमा लाग्नुभएका गीतकार, निर्देशक एवं कलाकार मोहन घिसिङ लामाले विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले युट्युब थम्बलसहित एक सय एक गीत निकालेर विश्व कीर्तिमान कायम गर्नुभएको हो । विश्वका विश्व कीर्तिमान प्रदान गर्ने विभिन्न दश संस्थाले प्रदान गरेको प्रमाणपत्र घिसिङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा फागुन २७ गते शनिबार प्रदान गर्नुभएको थियो ।सो अवसरमा घिसिङको चार हजार ६०० पेजको गीति, जीवनी र मिश्रित वंशावलीको बृहत् पुस्तक पनि प्रधानमन्त्री प्रचण्डले लोकार्पण गर्नुभएको थियो । यस कृतिमा चार हजार ४०० गीत र चार जाति तथा एघार थरको वंशावली रहेको छ । चार जातिमा तामाङ, घिमिरे खत्री, नेवार र माझीको रहेको छ । साथै यो कृतिमा उहाँको जीवन वृतान्त पनि रहेको छ । कवि, गीत...