Author: admin

सरकारले कोरोनाको उपचार नगर्ने निर्णयले सर्वसाधरण जनता निराश :डा डिआर उपाध्याय
राजनीति, समाचार

सरकारले कोरोनाको उपचार नगर्ने निर्णयले सर्वसाधरण जनता निराश :डा डिआर उपाध्याय

सरकारले कोरोना महामारीको उपचार व्यक्ति स्वयंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले आफनो देशका नागरिकलाई कोरोना महामारीको उपचार गर्न नसक्ने भन्दै हात उठाएको छ । सरकार आफ्नो दायित्वबाट भागेको छ । सरकारको यो निर्णय गैरजिम्मेवारी छ । यो लज्जाको बिषय हो । सरकारले जुन किसिमले निर्णय गरेको छ यो संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशको उल्लंघन हो । यस्तो संकटको बेलामा राज्य पन्छिन हुने थिएन । यो त राज्यको दायित्व हो । सरकार भनेको नागरिकको अभिभावक हो । नागरिकले सरकारबाट आश नगरेर कोबाट गर्ने ? आम नागरिकलाई सरकार भएको अनुभूति दिलाउन सक्नु पर्छ ।सरकारको यस्तो कदमले सर्वसाधरण जनता मर्कामा पर्ने निश्चित छ । अहिले पनि अस्पतालमा केही सघन उपचार कक्ष र भेन्टिलेटरको अभाव छ । सरकारले कोरोनाको उपचार नगर्ने निर्णयले सर्वसाधरण जनता निराश छन । पैसा हुनेलाई त केहि फरक नपर्ला , साथमा पैसा नहुनेलाई त समस्या प...
पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण

नेपालमा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । थप ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।...
दसैंमा अत्यावश्यक वाहेक घर बाहिर ननिस्कन जिल्ला प्रशासनको आग्रह
राजनीति, समाचार

दसैंमा अत्यावश्यक वाहेक घर बाहिर ननिस्कन जिल्ला प्रशासनको आग्रह

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दसैंको समयमा अत्यावश्यकवाहेका घर बाहिर ननिस्कन आग्रह गरेको छ।  पछिल्लो समय कोरोनाको हटस्पट बनेका काठमाडौंमा दसैँको समयमा धेरै चहलपहल हुने भएकाले महामारी झनै फैलने भन्दै सचेत रहन अनुरोध गरेको हो। काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालद्वारा जारी अनुरोधपत्रमा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा बसेर पर्व मनाउन आग्रह गरिएको छ। प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ। साथै, चाडपर्वमा महामारी नफैलियोस् भन्नको लागि भदौं ३१ गते जिल्ला प्रशासनले जारी गरेको आदेशको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।...
सञ्जय दत्त क्यान्सरबाट मुक्त
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाचार

सञ्जय दत्त क्यान्सरबाट मुक्त

भारतीय अभिनेता सञ्जय दत्तलाई क्यान्सर ठीक भइसकेको दाबी गरिएको छ। भारतीय पत्रिका दैनिक भास्करले लेखेको खबरअनुसार अभिनेता दत्तका निकट साथी एवं व्यापार विश्लेषक राज बंसले उक्त जानकारी दिएका हुन्। साथै कोकिलाबेन अस्‍पतालको सूत्रले पनि यसको पुष्टि गरेको दैनिक भास्करले दाबी गरेको छ।
नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता
अर्थ/व्यापार, समाचार

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता

नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकार्काका देशमा प्रत्येक पटक प्रवेश गरेका मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटका रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् । उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र ओमानका तर्फबाट त्यहाँका परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबीले हस्ताक्षर गरे । सो सम्झौतापछि ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिविधि बढाउन सहयोग पुग्ने मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । त्यसैगरी...
साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने
अर्थ/व्यापार, समाचार

साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने

साल्ट ट्रेडिङ कर्पाेरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो । सरकारको सो अनुमतिअनुसार साल्ट टे«डिङले ५० प्रतिशत भन्सार छुटमा चिनी भित्र्याएको हो । सरकारले साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन र खाद्यकम्पनीलाई १० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । खाद्यकम्पनीले सो चिनी दसंैपछि मात्र ल्याउन सक्ने बताएको छ भने साल्ट टे«डिङले सो चिनी २५ सय मेट्रिक टन बुधबार वीरगञ्जको नाका आइपुग्ने जानकारी दिएको छ ।साल्ट ट्रेडिङ कर्पाेरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले बुधबार २५ सय मेट्रिक टन चिनी वीरगन्ज नाका पुग्ने बाँकी चिनी त्यसको केही दिनपछि निरन्तर आउने बताए । विभागीय प्रमुख झाले सरकारले साल्ट टे«डिङलाई चिनी आयात गर्न...
कोरोना भएकालाई खाना र औषधि पु-याउने रोबोट ‘यान्त्रिक’ सार्वजनिक
अर्थ/व्यापार, समाचार

कोरोना भएकालाई खाना र औषधि पु-याउने रोबोट ‘यान्त्रिक’ सार्वजनिक

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले विश्वव्यापी महामारी रुपमा देखिएको कोरोनाको प्रभाव न्यूनीकरणमा सहयोगी बन्न सक्ने रोबोट ‘यान्त्रिक’ सार्वजनिक गरेको छ ।प्रतिष्ठानद्वारा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कणेंलले यान्त्रिकको सार्वजनिक गर्नुभएको हो ।नाष्टमा कार्यरत इन्जिनियर रोशन पाण्डेको नेतृत्वमा ‘इनोभेषन ग्रुप’ ले निर्माण गरेको सो रोबोटले नेपाली र अँगे्रजी दुई भाषामा कुराकानी गर्दछ, कोरोना महामारीबाट बच्न सूचना दिने, मास्क र स्यानिटाइजर समेत दिन्छ ।हालसम्म बनेका रोबोटले विरामीलाई औषधि र खाना पु¥याउने गर्दछ भने नाष्टले बनाएको यान्त्रिकले हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको, नलगाएको छुट्टाउने र मास्क नलगाएकोलाई माक्स दिने, सेनिटाईजर दिने, नास्टको बारेमा बोलेर तथा श्रब्यदृश्य मार्फत सूचनाहरु दिन सक्ने क्षमता रहेको इन्जिनियर रोशन ...
अर्मेनिया–अजरबैजान युद्धमा ७२९ जना अर्मेनियाली सैनिक मारिए
अन्तर्राष्ट्रिय, समाचार

अर्मेनिया–अजरबैजान युद्धमा ७२९ जना अर्मेनियाली सैनिक मारिए

अजरबैजान र अर्मेनियाबीचको युद्धमा परी अर्मेनियाका ७२९ जना सैनिक मारिएको अर्मेनियाले जनाएको छ। सोमबार थप २० जना सैनिक जवान मारिएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। आधकारिक रुपमा अजरबैजानको भूमि रहेको तर अर्मेनियाको कब्जामा रहेको नार्नो कारबाख क्षेत्रलाई लिएर यी दुई मुलुकबीच युद्ध शुरु भएको चोथो हप्ता भएको छ। यो बीचमा दुई पटक युद्ध विराम घोषणा गरिए पनि युद्ध जारी रहेको छ। युद्धका क्रममा भएको क्षतिबारे अर्मेनियाले जानकारी दिए पनि अजरबैजानले भने हालसम्म भएको क्षतिबारे केही जानकारी दिएको छैन। अजरबैजानका राष्ट्रपतिले युद्ध समाप्त भएपछि सबै जानकारी दिइने बताएका छन्। यसैबीच अजरबैजान–अर्मेनिया युद्धकाबीच आफ्नो भूमिमा कुनै पनि प्रकारले मिसाइल खसे तयसको जवाफ दिने छिमेकी मुलुक इरानले चेतावनी दिएको छ। इरानले जानेर वा गल्तीले इरानी भूमिमा कुनै ...
सङ्कटकालको हल्ला गलत र भ्रामक
राजनीति, समाचार

सङ्कटकालको हल्ला गलत र भ्रामक

गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट पारेको छ ।कोरोना सङ्क्रमण (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथाम र अन्य कुनै कारण देखाई सङ्कटकाल तथा कफ्र्यु लगाउनेसम्बन्धी सरकारको कुनै योजना नभएको स्पष्ट गर्दै गृह प्रवक्ता चक्रबहादुर बुढाले तथ्यहीन, भ्रामक, निराधार र गलत सूचनाप्रति विश्वास नगर्न आग्रह गर्नुभएको छ ।सुरक्षाजस्तो संवेदनशील विषय जोडेर सामाजिक सञ्जाल, मोबाइल र अन्य विद्युतीय सञ्चार माध्यमबाट बिहान एकाएक फैलिएको भ्रामक सूचनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण हुनका साथै यस घटनाका विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी प्रवक्ता बुढाले दिनुभयो ।सरकारले कुनै पनि बहानामा चाडपर्वको मुखमा सङ्कटकाल तथा कफ्र्यु लगाउने सोच राखेको छैन भन्दै प्रवक्ता बुढाले भ...
सबैमन्त्रीको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय
राजनीति, समाचार

सबैमन्त्रीको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय

सरकारले दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री लगायत सबैमन्त्रीको दसैं खर्च वापत प्राप्त रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहनु भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले निर्णयको जानकारी गराउनु भयो । उहाले सो रकमबाट कोरोना नियन्त्रण, रोकथाम र उपचारमा सहयोग पुग्ने बताउनु भयो । सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारीबाट पनि दसै खर्च वापतको रकम कोषमा जम्मा गरिदिन अनुरोध गरेको छ । यसअघि नेकपा, नेपाली कांग्रेसले पनि दसैंभत्ता कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन् । यसैगरी सरकारले यसपटकको दसै आफ्नो घरमा मात्रै सिमित गरेर मनाउन पनि आग्रह गरेको छ । ठुलो चाड भएपनि कोरोना महामारीको चपेटामा परेकाले घरमै मनाउन आग्रह गरेको हो ।...