Author: admin

बार्सिलोनाको विजयी सुरुवात
खेलकुद, समाचार

बार्सिलोनाको विजयी सुरुवात

लियोनल मेस्सीको कीर्तिमानी गोलसँगै बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन शानदार जितबाट गरेको छ। अन्तिमको २२ मिनेट १० खेलाडीमा सीमित भएको समूह जी मा रहेको बार्सिलोनाले फेरेनक्सारोसी टिसीलाई ५–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि २७ औँ मिनेटमा पाएको पेनाल्टीमा कप्तान लियोनल मेस्सीले गोल गरे। उनले च्याम्पियन्स लिगको १६ औँ सिजनमा गोल गरेर म्यानचेस्टर युनाइटेडका पूर्व वेङ्गर रायन गिग्सले च्याम्पियन्स लिगका १६ सिजनमा गोल गरी बनाएको कीर्तिमानसँग बराबरी गरे । ४२ औँ मिनेटमा आन्सु फातीले गोल गरे । ५२ औँ मिनेटमा फिलिप कोन्टिन्होले गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता लियो । ८२ औँ मिनेटमा १७ वर्षे किशोर पेद्रो गोन्जालेज लोपेजले बार्सिलोनाका लागि गोल गरे । उनले सिनियर गेममा पहिलो गोल गरेका हुन् । यस्तै ८९ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरेपछि बार्सिल...
अर्जेन्टिनामा सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

अर्जेन्टिनामा सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो

अर्जेनिटनामा सोमबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ । राजधानी ब्युनर्स आयर्समा सबैभन्दा बढी सङ्क्रमित रहेको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । विवरण अनुसार पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा १२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अर्जेनिटनामा सङ्क्रमितमध्ये अहिलेसम्म कूल २६ हजार ७०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएको तथ्याङ्क अनुसार अर्जेन्टिनामा कूल आठ लाख सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । विश्वमा अमेरिका, भारत, ब्राजिल र रूसपछि धेरै कोभिड–१९ सङ्क्रमित रहेको मुलुक अर्जेन्टिना हो । विश्वमा कोरोनाभाइरसका कारण मङ्गलबारसम्म चार करोड ७१ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित बनेका पुष्टि भएको छ । विश्वभर कोभिड–१९ सङ्क्रमित ११ लाख २३ हजार ८६८ व्यक्तिको मृत्यु भएको छ ।...
वाग्मती प्रदेश सरकार मातहतका अस्पतालमा कोरोना सङ्क्रमितको उपचार निशुल्क:मुख्यमन्त्री पौडेल
राजनीति, स्वास्थ्य

वाग्मती प्रदेश सरकार मातहतका अस्पतालमा कोरोना सङ्क्रमितको उपचार निशुल्क:मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को नि : शुल्क उपचार भइरहेको जनाएको हो । प्रदेशका आठ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेशनमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा यी सेवा उपलब्ध छन् ।...
दशैंको आज पाँचौं दिन : स्कन्दमाता देवीको पूजा
समाचार, समाज

दशैंको आज पाँचौं दिन : स्कन्दमाता देवीको पूजा

दशैंको पाँचौं दिन आज स्कन्दमाताको पुजा आराधना गरिन्छ । स्कन्दमाताको दाहिने हातमा कमलको पुष्प, बायाँ हातमा वरमुद्रा रहेको छ ।यी देवीका तीन आँखा र चार हातहरु छन् । वर्ण पूर्णतस् शुभ कमलासनमा विराजमान भएकी स्कन्दमाताको वाहन सिंह हो ।यी मातालाई पद्मासन देवी पनि भनिन्छ ।यीनका पुत्र स्कन्द माताको काखमा बसेका छन् ।शास्त्रहरुमा देवी स्कन्द माताको आराधनाको महत्व धेरै रहेको छ ।यी देवीको उपासना गर्नाले भक्तहरुको समस्त इच्छाहरु पूरा हुनुको साथै भक्तहरुलाई मोक्ष प्राप्त हुन्छ । सूर्य मण्डलकी अधिष्ठात्री देवी भएकी कारण यीनको उपासक अलौकिक तेज र कान्तिमय हुन्छ ।त्यसकारण मनलाई एकाग्र राखेर र पवित्र भएर यी देवीको आराधना गर्ने साधक अथवा भक्तलाई भवसागर पार गर्न कुनै किसिमको कठिनाई भोग्नु पर्दैन ।स्कन्दमाताको उपासनाले भक्तको समस्त मनोकामनाहरु पूर्ण हुन्छ । मृत्यु लोकमा पनि उसलाई परम शान्ति र सुखको अनु...
बन्धक बनाइएकी बालिकाको उद्धार
अपराध, समाचार

बन्धक बनाइएकी बालिकाको उद्धार

ललितपुर महानगरपालिकाका–२९, हरिसिद्धीबाट प्रहरीले आज एक बालिकाको उद्धार गरेको छ । ती बालिका हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाइ राखेको अवस्थामा फेला पारेको महानगरीय प्रहरीवृत सातदोवाटोका प्रहरी नायव उपरीक्षक (डीएसपी) मित्रबन्धु शर्माले जानकारी दिए । बारा जिल्ला सिम्रौनगढ १ धर भई हाल महालक्ष्मी नगरपालिका ४ मनकामना चोक बस्ने गुड्डी शाहकी आठ वर्षकी छोरी अनुखा शाह कोठाभन्दा बाहिर खेलिरहेको समयमा साइकल चढेर आएका तीन जनाले साइकलमा राखी अपहरण गरेको थाहा पाएपछि आफूहरुले उद्दार गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए । अपहरण गरेर शरीर बन्धक गरी राख्ने कार्यमा सम्लग्न हुनेमा सर्लाही जिल्ला हरिवन ८ बासटोल घर भई हाल हरिसिद्धि बस्ने वर्ष ३० का राजु कार्की, काभ्रे जिल्ला नमोबृद्ध ८ बुझाकोट घर भई हरिसिद्धी बस्ने वर्ष २३ की सीता परियार र धनुषा जिल्ला धारापानी गाउ...
सुडानलाई आतंकवाद सूचीबाट हटाउने अमेरिकी तयारी
अन्तर्राष्ट्रिय, समाचार

सुडानलाई आतंकवाद सूचीबाट हटाउने अमेरिकी तयारी

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद पीडितहरू र उनीहरूका परिवारलाई ३३ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्ने प्रतिबद्धता पूरा गरेमा सुडानलाई आतंकवाद प्रायोजक राष्ट्रहरूको सूचीबाट हटाइने बताएका छन्। तर सुडानी आक्रमणमा घाइते भएकाहरुमध्ये केहीले राष्ट्रपति ट्रम्पको शर्त स्वीकार्य नभएको प्रतिक्रिया दिएका छन्। यो कदमले अफ्रिकी मुलुक सुडानका लागि अन्तर्राष्ट्रिय ऋण र सहायता लिन बाटो खुल्नेछ जसबाट पहिल्यै संकटग्रस्त सुडानी अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन र देशको लोकतन्त्रलाई सही मार्गमा ल्याउन ढोका खोल्नेछ।  अमेरिकी राष्ट्रपति पदको चुनाव हुनु दुई हप्ता अगाडि उक्त घोषणा गरिएको छ। ट्रम्प प्रशासनले सुडान समेत अन्य अरब देशहरूलाई इजरायलसँग दौत्य सम्बन्ध स्थापना गर्न सहजीकरण समेत गरिरहेको छ।  सुडान र इजरायलबीचको सम्बन्ध सामान्यीकरण गर्न सुडानलाई आतंकवाद प्रायोजकको ...
फुलपातीदेखि चार दिन बैंकका सबै शाखा बन्द
अर्थ/व्यापार, समाचार

फुलपातीदेखि चार दिन बैंकका सबै शाखा बन्द

 दशैको बिदामा फुलपातीदेखि चार दिन बाणिज्य बैंकहरुका सबै शाखा बन्द हुने भएका छन्। बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले मंगलबार सूचना प्रकाशित गरी कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै शाखाहरु बन्द गर्न निर्देशन दिएको हो। विगत वर्षहरुमा बैंकहरुले दशैको टिकाको दिनमा पनि सिमित शाखाबाट सेवा दिएपनि यस वर्षभने कोभिड—१९ को संक्रमणको कारण देखाएर शाखा बन्द गर्ने निर्णय गरेका हुन्। बैंकका शाखाहरु बन्द भएपनि मोवाईल/इन्टरनेट बैंकिङ र एटिएम सेवा पनि नियमित रहनेछ। कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकत्तम प्रयोग गर्न समेत संघले आग्रह गरेको छ। पछिल्ला दिनहरुमा बैंकका कर्मचारीहरुमा पनि संक्रमण बढ्दै गएको र हालसम्म तीन हजार ७ सय भन्दा धेरै कर्मचारीहरु संक्रमित भएको संघले जनाएको छ।...
इटालीमा कोरोना संक्रमण रोक्न  कर्फ्यू
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

इटालीमा कोरोना संक्रमण रोक्न कर्फ्यू

इटालीमा कोरोना संक्रमण रोक्न कर्फ्यू लाग्ने भएको छ। इटालीको लोम्बार्डिया क्षेत्रमा बिहीवार राती ११ बजे देखी बिहान ५ बजेसम्म कर्फ्यू लाग्ने भएको हो। अहिले तत्कालको लागि कर्फ्यूको समय तीन हप्ताको लागि तोकिएको छ। यो समयमा कसैलाई पनि घरबाट बाहिर निक्लन अनुमति नभए पनि बाहिर निक्लन आवश्यक परेको खण्डमा के गर्ने भन्ने बारे जानकारी आउन बाँकी छ। लोम्बार्डिया क्षेत्रमा सङ्क्रमितको संख्या दैनिक रूपमा बढीरहेको छ। यो क्षेत्रबाट नै फेब्रुअरी २१ मा पहिलो पटक इटालीमा कोरोना संक्रमण देखिन सुरु भएको थियो। अहिले आठ महिनापछि पनि लोम्बार्डिया क्षेत्रमै संक्रमणको संख्यामा तीब्र वृद्धि भएको छ। यसअघि नै इटालीको सबै शहरहरुमा मास्क अनिवार्य गरिएको थियो। रेस्टुरेन्ट, वार र पबहरु राती १२ बजे सम्म मात्रै खोल्न अनुमति दिइएको थियो भने बेलुका ९ बजे पछि रेस्टुरेन्ट, वार र पब बाहिर जम्मा हुन प्रतिबन्ध लगाइएको थियो।...
नेपालमा कोरोनाबाट थप ८ जनाको निधन
समाचार, स्वास्थ्य

नेपालमा कोरोनाबाट थप ८ जनाको निधन

नेपालमा पछिल्लो २४ घन्टामा ८ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ७६५ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।देशभर ३ हजार ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै संक्रिय संक्रमितको सख्या ४१ हजार ७ सय ७५ रहेको डा.जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका मध्ये काठमाडौं उपत्यकाका आधा भन्दा धेरै रहेका छन् । आज १३ हजार ८ सय ६१ पिसीआर परीक्षणमा ३ हजारको रिपोर्ट पोजटिभ आएको हो ।...
प्रहरी हत्या प्रकरणमा संलग्न तस्कर समूहका सात जना सार्वजनिक
अपराध, समाचार

प्रहरी हत्या प्रकरणमा संलग्न तस्कर समूहका सात जना सार्वजनिक

कैलालीस्थित जुगेडाको अस्थायी प्रहरी बिटका इञ्चार्ज असई गोविन्द विक र जवान रामबहादुर रावलको हत्यामा संलग्न सातजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।पक्राऊ पर्नेहरु सबै धनगढी उपमहानगरपालिकाका छन् । प्रहरीका अनुसार घटनामा संलग्न ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २७ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र २५ वर्षका रामगोपाल राना छन् । प्रहरीले भारततर्फ सामान तस्करी गर्न लाग्दा अवरोध सृजना गरेपछि हत्या गरेको अभियुक्तहरुले स्वीकारेको जनाइएको छ । घटनामा संलग्न रहेका आशंकामा प्रहरीले ठुलो संख्यामा शंकास्पदहरुलाई पक्राऊ गरेको थियो । तीमध्ये उनीहरु पक्राऊ परेका हुन् । शनिबार साँझ गस्तीमा गएका असई गोविन्द विक र जवान रामबहादुर रावल दुवै मृत भे...