फुलपातीदेखि चार दिन बैंकका सबै शाखा बन्द - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

फुलपातीदेखि चार दिन बैंकका सबै शाखा बन्द


 दशैको बिदामा फुलपातीदेखि चार दिन बाणिज्य बैंकहरुका सबै शाखा बन्द हुने भएका छन्। बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले मंगलबार सूचना प्रकाशित गरी कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै शाखाहरु बन्द गर्न निर्देशन दिएको हो।

विगत वर्षहरुमा बैंकहरुले दशैको टिकाको दिनमा पनि सिमित शाखाबाट सेवा दिएपनि यस वर्षभने कोभिड—१९ को संक्रमणको कारण देखाएर शाखा बन्द गर्ने निर्णय गरेका हुन्।

बैंकका शाखाहरु बन्द भएपनि मोवाईल/इन्टरनेट बैंकिङ र एटिएम सेवा पनि नियमित रहनेछ। कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकत्तम प्रयोग गर्न समेत संघले आग्रह गरेको छ।

पछिल्ला दिनहरुमा बैंकका कर्मचारीहरुमा पनि संक्रमण बढ्दै गएको र हालसम्म तीन हजार ७ सय भन्दा धेरै कर्मचारीहरु संक्रमित भएको संघले जनाएको छ।

Leave a Reply

Your email address will not be published.