Author: admin

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड १९ लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड १९ लाख नाघ्यो

 विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड १९ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड १९ लाख बढी कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ४२ हजार बढीको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ । यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये तीन करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८६ लाख ६० हजार भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख २८ हजार ३६७ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा प...
सेनाको फूलपाती बढाइँमा १०० जना पाहुना
समाचार, समाज

सेनाको फूलपाती बढाइँमा १०० जना पाहुना

नेपाली सेनाले शुक्रबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारी उक्त समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुनेछिन्। संवैधानिक व्यवस्थानुसार उनी नेपाली सेनाका परमाधिपति हुन्। यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिनेछ । इतिहाकार एवं प्राज्ञ दिनेशराज पन्तका अनुसार दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहे पनि टुँडिखेलको हालको फूलपाती बढाइँ पृथ्वीनारायण शाहको समयदेखि हुँदै आएको छ। अघिल्ला वर्ष सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो । पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्छन्, ‘मुलुकको पहिचान, संस्कृति र परम्परालाई जीवन्त तुल्याउने सन्दर्भसँग गाँसिएको फूलपाती बढाइँले गर्विलो इतिहास बोकेको छ ।’ ...
विश्व फुटबल बरियतामा नेपाल यथावत्
खेलकुद, समाचार

विश्व फुटबल बरियतामा नेपाल यथावत्

विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् रहेको छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो । फिफाले बिहीबार जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ । फिफाले यसअघि वरियताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो । कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन । नेपालले आउँदो महिना भने बङ्गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ । दक्षिण एशियाली राष्ट्रका वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०८ औंँ स्थानमा छ । यस्तै माल्दिभ्स १५५, भुटान १८९, बङ्गलादेश एक १८७, श्रीलङ्का २०६ तथा पाकिस्तान २०० औंँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् ।...
भाेलिदेखि पाँच दिन काेभिड–१९ काे प्रेस ब्रिफिङ नहुने
समाचार, स्वास्थ्य

भाेलिदेखि पाँच दिन काेभिड–१९ काे प्रेस ब्रिफिङ नहुने

गत चैतदेखि दैनिक रूपमा हुने गरेको कोरोनाभाइरस सम्बन्धी प्रेस ब्रिफिङ पाँच दिन नगरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दशैं विदा हुने भएकाले शुक्रबारदेखि मंगलबारसम्म प्रेस ब्रिफिङ नगरिने जानकारी दिएका हुन । बुधबारदेखि परिष्कृत रूपमा मिडिया ब्रिफिङ गर्नेछौं,’ उनले भने। अपरान्ह सवा ४ बजेपछि दैनिकरुपमा हुने उक्त ब्रिफिङमा पछिल्लो २४ घन्टामा थपिएका कोरोना संक्रमित , निको भएका र मृत्यु भएकाहरुको विवरणसहित अन्य गतिविधिबारे जानकारी दिने गरिएको थियो ।प्रेस ब्रिफिङ नभए पनि अन्य माध्यमबाट कोरोनाको तथ्यांक जानकारी दिइने प्रवक्ता गौतमले बताए ।...
वरिष्ठ हास्यकलाकार आचार्य दम्पती कोरोनामुक्त
मनोरन्जन, समाचार

वरिष्ठ हास्यकलाकार आचार्य दम्पती कोरोनामुक्त

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । सामाजिक सञ्जाल फेसबुलमा स्टाटस लेख्दै वरिष्ठ कलाकार आचार्यले आफूहरु कोरोनामुक्त भएको जानकारी दिएका हुन् । फेसबुकमा कलाकार आचार्यले आफूहरुको रिपोर्ट नेगेटिभ आएको भन्दै माया गर्ने सबैलाई धन्यवाद दिएका छन । १६ दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आचार्य दम्पती होम आइसोलेशनमा बसेका थिए ।...
अन्तरवार्ता

पछिल्लो २४ घण्टामा ३६ सय ३७ संक्रमित पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ। उनका अनुसार आज देशभरका संस्थागत आइसोलेसनमा १३ हजार ३४९ रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा १५ हजार २५५ थप पीसीआर परीक्षण भएको छ।...
गायिका प्राश्ना लामाको स्वरमा रहेको गीत ‘सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका प्राश्ना लामाको स्वरमा रहेको गीत ‘सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो’ सार्वजनिक(भिडियो)

राम्रो स्वरकी धनी गायिका प्राश्ना लामाको स्वरमा रहेको गीत ‘सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो...’ सार्वजनिक भएको छ । यो गीतमा प्राश्नालाई शीतल गुरुङले साथ दिएका छन् । टिपिकल लोक भाकाको सार्वजनिक गीतमा माया प्रेमसहित मन मिलेमा लगन गाठो गासौ यसपाली भनेर रमाइलो पारामा छेड्खानी गरियेको दृश्य भिडियोमा कैद गरियेको छ । गीतजस्तै भिडियो पनि उत्कृष्ट बनेको छ । शब्द सम्योजन कृष्ण राउतको रहेको गीतको सङ्गीत अनि एरेञ्ज कसांग लामाको छ । https://www.youtube.com/watch?v=M9vJWUr_LOg&feature= हेमा फिल्म्सको ब्यानरमा निर्माण भएको भिडियोको निर्देशन यादव पुडासैनीले गर्नु भएको हो भने मुख्य सहायक निर्देशन अनि मिडिया पब्लिसिटी सुरज लामिछानेले गर्नु भएको छ । शुरेस बज्राचार्यको छायाँकन, नारायण रिजालको कोरियोग्राफी र अनिलकुमार महर्जनको सम्पादन रहेको भिडियोमा चर्चित मोडल अन्जली अधिकारी र हेरुका लामा फ...
आज नवरात्रको छैटौँ दिन : कात्यायनीको पूजा आराधना
समाचार, समाज

आज नवरात्रको छैटौँ दिन : कात्यायनीको पूजा आराधना

नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दोस्रो दिन आइतबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन सोमबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन मङ्गलबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बुधबार स्कन्दमाताको पूजा आराधना गरियो । छैटौँ दिन आज कात्यायन...
मोडल सङ्गस अवार्ड- २०२०’ आव्हान,आवेदन निःशुल्क
मनोरन्जन, समाचार

मोडल सङ्गस अवार्ड- २०२०’ आव्हान,आवेदन निःशुल्क

काठमाडौँ, ५ कार्तिक- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण अन्तराष्ट्रिय स्तरमा आयोजना हुँदै आएको मोडल सङ्गस अवार्डको दोश्रो संस्करण “मोडल सङ्गस अवार्ड, २०२०” नेपालमा हुने भएको छ। कोरोना संक्रमणको कारण ग्लोरी मिडिया,पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण नेपालमा नै हुन लागेको हो । अवार्डमा संगित, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा भोटिगंका आधारमा सर्जक, कलाकार, प्राविधिक एबम ब्यवस्थापकलाई पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जानकारी दिएका छन् । अवार्डमा मनोनयनका लागि कत्तिक ४ गते देखी अनलाईन आवेदन फाराम खुल्ला रहने र नोमिनेशनको निमित्त यस वर्ष निःशुल्क अनलाईन फारम भर्न सकिने उनले बताए । ‘अवार्डलाई मर्यादित र मैत्रीपूर्ण बनाउन हामी एक्यबद्ध छौ, स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुरा गर्द...
दुई महिनामै भित्रियो एक खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स
अर्थ/व्यापार, समाचार

दुई महिनामै भित्रियो एक खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स

वैदेशिक रोजागारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स ८.१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतलेल वृद्धि भई एक अर्ब २९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो।  चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ। कोभिड-१९ का कारण अहिले वैदेशिक रोजारमा जाने नेपालीको संख्या घटेको हो। अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारमा जाने नेपालीको संख्या २ प्रतिशतले बढेको थियो। वैदेशिक रोगजारिका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशलते घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिश...