पछिल्लो २४ घण्टामा ३६ सय ३७ संक्रमित पुष्टि - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

पछिल्लो २४ घण्टामा ३६ सय ३७ संक्रमित पुष्टि


नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ। उनका अनुसार आज देशभरका संस्थागत आइसोलेसनमा १३ हजार ३४९ रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा १५ हजार २५५ थप पीसीआर परीक्षण भएको छ।

Leave a Reply

Your email address will not be published.