Author: admin

वामपन्थी पार्टीको भविष्य के होला ? :डा.डिआर उपाध्याय
राजनीति, समाचार

वामपन्थी पार्टीको भविष्य के होला ? :डा.डिआर उपाध्याय

वामपन्थी पार्टीको भविष्य के होला ? लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेपालका वामपन्थीको प्रमुख भूमिका रहँदै आएको छ । नेपाली जनताले प्रमुख दुई पार्टी नेपाली कांग्रेस र वामपन्थी शक्तिलाई पालैपालो सत्ताको बागडोर सुम्पिँदै आएका छन् । दुई वामपन्थी पार्टीबीच तालमेल भएर गत आमनिर्वाचनमा सफलता प्राप्त गरे । त्यस पछि दुई पाटी बीच पाटी एकीकरण भयो । तर अहिले आएर पाटी एकीकरण प्रक्रिया भावनात्मक रुपमा नभएको देखिएको छ । दुवै पक्षमा इमानदारीता देखिएको छैन । जनतालाई झुक्याउने र भोट बटुलेर सरकारमा जाने बाहेक अरु केहि काम हुन सकेन । पछिल्लो समयमा नेपालका हरेक निर्वाचनमा वामपन्थीको नै बहुमत आउने गरेको छ । तर वामपन्थी मिल्न सक्दैन । नेपालका वामपन्थी धेरै चिरामा बिभाजित छन । वामपन्थीहरु हामी सर्वहाराको नेतृत्व गछौ भनेर कहिल्यै थाक्दैनन् । सर्वहाराका नेताहरू सत्ता, शक्ति र सम्पत्तिमा लिप्त हुन पुगेका छन । य...
माईकलको निर्देशनमा प्रताप र अस्मिताको स्वरमा ‘आउ माया’ को भिडियो सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

माईकलको निर्देशनमा प्रताप र अस्मिताको स्वरमा ‘आउ माया’ को भिडियो सार्वजनिक (भिडियो)

प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘आउ माया साथैमा’ सार्वजनिक भएको छ । गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दले निर्देशन गरेको डान्सिङ शैलीमा तयार गीतको भिडियोमा काट्रुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=MP2sXFAog4Q&feature=emb_logo भिडियोमा माइकल सेट-अप एण्ड डान्स एकेडेमीको करियोग्राफी रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन तथा कलर शिलन लम्सालले गरेका छन् ।...
समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृत्युदर
समाचार, स्वास्थ्य

समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृत्युदर

समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । बिहीबारयता तीन दिनभित्रमा देशभरीमा ७४ जनाको मृत्यु भएको छ । असोज तेस्रो सातासम्म कुल संक्रमित मध्येमा ०.५ प्रतिशत मृत्यु दर रहेकोमा कात्तिकको तेस्रो सातादेखि यता शुन्य दशमलव १ प्रतिशत बढेर ०.६ प्रतिशत पुुगेको छ । असोजदेखि यता नेपालमा दैनिक १४ देदि ३० जनाको दरले मृत्यु भइरहेको तथ्याकंले औंल्याएका छन् । कात्तिक २२ मा १७, २१ मा १८ जना, २० गते १८ जना र १९ गते एकैदिन ३० जनाको मृत्यु भएको छ । त्यसैगरी, कात्तिक १७ गते २४ जना, १६ गते २३ जना, १५ र १४ मा १७ जनाको दरले मृत्यु भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।...
दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि
अर्थ/व्यापार, समाचार

दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि

दशैं सकिएर तिहार शुरू हुनै लाग्दा बजारमा खाद्यान्नको मूल्यमा एक्कासि वृद्धि भएको छ । दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको पाइएको हो । खुद्रा व्यापार संघका अनुसार यति बेला दाल, तेल, चिनी र गेडागुडीलगायतका खाद्य वस्तुको मूल्य बढेको छ । दशैं अघिसम्म खुद्रा मूल्य प्रतिकिलो १ सय २० रुपैयाँमा पाइने बोडीको मूल्य अहिले २५ प्रतिशतले वृद्धि भई बजारमा १ सय ५० रुपैयाँसम्म पर्न थालेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय १० रुपैयाँ पर्ने चनाको मूल्य यति बेला करीब १४ प्रतिशतले वृद्धि हुँदै १ सय २५ रुपैयाँसम्म पर्न थालेको छ । त्यसैगरी हरियो केराउको मूल्यमा पनि प्रतिकिलो २० रुपैयाँले वृद्धि हुँदै १ सय १५ बाट १ सय ३५ रुपैयाँ पुगेको छ । प्रतिकिलो ८० रुपैयाँ पर्ने चिनी ९० रुपैयाँसम्म पर्न थालेको छ । सनप्mलावर तेलको मूल्य करीब ९ प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ७० बाट १ सय ८५ रुपैयाँ पर्न थ...
जनकपुर–जयनगर नियमित रेल सञ्चालनको तयारी
अर्थ/व्यापार, समाचार

जनकपुर–जयनगर नियमित रेल सञ्चालनको तयारी

 जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको हो ।कोभिड–१९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति व्यवस्थापन गरी सञ्चालनका लागि तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । सरकारले सङ्क्रमण नियन्त्रणका लागि सीमामा आवतजावत रोकेकाले अन्तरदेशीय हाल रेल सञ्चान गर्न नसकिने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । तत्कालका लागि देशभित्रै मात्र पनि रेल सञ्चालन गर्न सकिने तर त्यसका लागि जनशक्तिको आवयश्कता परेको उहाँको भनाइ छ । आउँदो पुसको रामनवमी पर्वका अवसर त्यस क्षेत्रमा रेल सञ्चालन गर्ने गरी छलफल उहाँले जानकारी दिनुभयो ।रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले करारमा कर्मचारी नियुक्ति प्रक्रिया अघ...
भाइटीकाको उत्तम साइत मङ्सिर १ गते बिहान ११ः३७ बजे
समाचार, समाज

भाइटीकाको उत्तम साइत मङ्सिर १ गते बिहान ११ः३७ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ...
शारदा युनीभर्सिटिको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रिको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम सम्पन्न
समाचार, स्वास्थ्य

शारदा युनीभर्सिटिको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रिको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम सम्पन्न

भारतको नोयडा स्थित शारदा युनीभर्सिटि स्कूलको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रिको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम सम्पन्न भएको छ । “प्रयास” नाम राखिएको उक्त कार्यक्रमलाई नेपालको रेन्बो किड्स ईन्टरनेशनल प्रिस्कूलले सहकार्य गरेको थियो । अन्तराष्ट्रियस्तरका शिक्षक तथा डेन्टिष्ट विद्यार्थीहरुका लागी विशेष जानकारी र उपयोगीताका लागी आयोजना गरिएको उक्त भर्चुअल कार्यक्रममा नेपाल तथा भारतका विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो । शारदा युनिभर्सिटि अफ कलेजका अध्यक्ष डा. एम सिद्धार्थको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा कलेजकै बिशिष्ठ शिक्षक डा. स्वाती शर्मा तथा डा.साहिल ठकर विशेष वक्ताका रुपमा रहेका थिए । स्कूलका शिक्षक शिक्षिकालाई समेत उपयोगी रहेको कार्यक्रममा दन्त स्वास्थ्य सम्बन्धि विभिन्न जानकारी अतिथी वक्तका रुपमा रहेका डा.कैलाश असवा तथा प्रन...
गोरखा समाज अन्तराष्ट्रीय समन्वय परिषदको सचिवको जिम्मेवारी खनाल र गुरुङलाई
अर्थ/व्यापार, समाचार

गोरखा समाज अन्तराष्ट्रीय समन्वय परिषदको सचिवको जिम्मेवारी खनाल र गुरुङलाई

काठमाडौं, विराट बाबु खनाल र सकुन्तला गुरुङ ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषदको सचिव चुनिएका छन् । खनाल र गुरुङको नियुक्तीसँगै परिषदको दोस्रो महाधिवेशन सकिएको ३ हप्ता भित्र पदाधिकारी चयन कार्यले पुर्णता पाएको छ । विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषद महाधिवेशन अक्टोबर १७ तारिखका दिन जुम प्रविधिको माध्यमबाट भएको थियो । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोे उक्त महाधिवेशनले युवा व्यवसायी विनय अधिकारीको नेतृत्वमा कार्य समिती चयन गरेको थियो । को हुन खनाल विराट बाबु खनाल गोरखा समाज जापानका सचिव हुन । गोरखा समाज जापानमा रहेर आफुलाई समाज सेवामा खरो उतार्न सफल खनाल अब्बल सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । सिंगो नेपाली समुदाय र गोर्खालीको पक्षमा विभिन्न माध्यमबाट आवाज बुलन्द गर्ने, दिन दुखिहर...
नेकपा फुट्यो भने मुलुक गम्भिर संकटमा फस्ने निश्चित :डा.डिआर उपाध्याय
राजनीति, समाचार

नेकपा फुट्यो भने मुलुक गम्भिर संकटमा फस्ने निश्चित :डा.डिआर उपाध्याय

सत्तारुढ नेकपाका शीर्ष नेताहरुले बिगतको इतिहासबाट पाठ सिकून् यति बेला सवैको ध्यान सत्तारूढ नेकपामा छ । यो पाटी विभाजन हुन्छ की एक ढिक्का भएर मिलेर जान्छ त्यो त अहिले यसै भन्न सकिने अवस्था छैन । धेरैले भन्छन, सत्तारूढ नेकपा विभाजनको संघारमा छ । तर मैले यसरी ठोकेर भन्न सक्दिन । किन की नेकपा भित्र पटक पटक झगडा हुने र अन्तमा मिलेर गएको देखेका छौ । यो पाटी फुटनु हुदैन भन्र्ने मेरो भनाई हो । किन की यो नेकपा मुलुकको सवै भन्दा ठूलो दल हो । यो पाटी फुट्यो भने मुलुक गम्भिर संकटमा फस्ने निश्चित छ । त्यसैले यो पाटीलाई कुनै हालतमा फुटन दिनु हुदैन । सवै शक्ति मिलेर यो पाटी जोगाउनु पर्ने आबश्यकता देखिएको छ । तर कसैलाई यो पाटी फुटे हुन्थ्यो भन्र्ने पनि होला । ति तत्व भनेका मुलुकमा अस्थिरता निम्त्याउने र धमिलो पानीमा माछा मार्ने प्रवृतिका तत्व हुन । ती तत्वहरुको सपना कुनै हालतमा पुरा हुन दिनु हुदैन । न...
अमेरिकाको राष्ट्रपतिमा बाइडेन निर्वाचित
राजनीति, समाचार

अमेरिकाको राष्ट्रपतिमा बाइडेन निर्वाचित

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्। अमेरिकी सञ्चार माध्यम सिएनएनले पेन्सिलभेनिया राज्यमा जितेको प्रोजेक्सन गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन निर्वाचित भएको जनाएको हो। बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २ सय ७० इलेक्ट्रोल कलेज सुनिश्चित गरेको टेक्सासबाट नेपालखबरका विशेष प्रतिनिधि सन्जय घिमिरेले जनाएका छन्। घिमिरेका अनुसार बाइडेनले पेन्सिलभेनिया राज्यमा जितेर २८४ इलेक्ट्रोल कलेज सुरक्षित गरेका छन्। अमेरिकामा निर्वाचन भएको चार दिनपछि को राष्ट्रपति हुन्छ भनेर निश्चित भएको हो। तर राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले पराजय स्वीकार गरिसकेका छैनन्। उनीसँग अहिलेसम्म २१४ इलेक्ट्रोल कलेज रहेको छ।...