शारदा युनीभर्सिटिको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रिको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम सम्पन्न - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

शारदा युनीभर्सिटिको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रिको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम सम्पन्न


भारतको नोयडा स्थित शारदा युनीभर्सिटि स्कूलको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रिको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम सम्पन्न भएको छ । “प्रयास” नाम राखिएको उक्त कार्यक्रमलाई नेपालको रेन्बो किड्स ईन्टरनेशनल प्रिस्कूलले सहकार्य गरेको थियो ।

अन्तराष्ट्रियस्तरका शिक्षक तथा डेन्टिष्ट विद्यार्थीहरुका लागी विशेष जानकारी र उपयोगीताका लागी आयोजना गरिएको उक्त भर्चुअल कार्यक्रममा नेपाल तथा भारतका विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो । शारदा युनिभर्सिटि अफ कलेजका अध्यक्ष डा. एम सिद्धार्थको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा कलेजकै बिशिष्ठ शिक्षक डा. स्वाती शर्मा तथा डा.साहिल ठकर विशेष वक्ताका रुपमा रहेका थिए ।

स्कूलका शिक्षक शिक्षिकालाई समेत उपयोगी रहेको कार्यक्रममा दन्त स्वास्थ्य सम्बन्धि विभिन्न जानकारी अतिथी वक्तका रुपमा रहेका डा.कैलाश असवा तथा प्रनिता सापकोटाले प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य उदेश्य स्कुलका शिक्षक र बिद्यार्थीहरुलाई दन्त समस्याको सतर्कता अपनाउने तरिका सिकाउनु हो ।

दात स्वास्थ राख्ने र फोहोर दातबाट हुनसक्ने अन्य समस्या र दैनिक सरसफाई कायम राख्दा मानिसको दैनिक जीवन र स्वास्थमा राम्रो असर पर्दछ लगायत उपयोगी ज्ञानबर्धक जानकारीहरु दिएका थिए ।

अहिले कोभिड महामारीको समयमा पनि युनिभर्सिटी स्कुल अफ डेन्टल साइन्सका शिक्षकज्युहरु र नेपालका ईन्टर्न बिद्यार्थी डा. रिया दुवाल श्रेष्ठबाट अनलाइन मार्फत दन्त स्वास्थका बारेमा धेरै कुराहरु जानकारी प्राप्त भएको सहभागिहरुले बताएका थिए ।

1 Comment

Leave a Reply

Your email address will not be published.