Author: admin

बन्दना राणा राष्ट्रसंघीय महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी समिति सदस्यमा निर्वाचित
राजनीति, समाचार

बन्दना राणा राष्ट्रसंघीय महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी समिति सदस्यमा निर्वाचित

नेपालकी बन्दना राणा दोस्रो कार्यकालका लागि महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी सँयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा निर्वाचित भएकी छन्। सोमबार राती भएको चुनावमा उनी निर्वाचित भएकी हुन्। हाल सो समितिकी उपाध्यक्ष रहेकी राणाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी थिइन्। राणाले १८९ मत मध्ये १३७ मत प्राप्त गरेको जानकारी दिइन्.। उनी निर्वाचित हुने ११ जना सदस्य मध्ये तेस्रो नम्बरमा रहेर निर्वाचित भएकी हुन्। यसअघि ४ वर्ष पहिला उनी १०६ मत प्राप्त गर्दै छैटौं स्थानमा रहेर विजयी भएकी थिइन्। ११ सदस्यीय समितिका लागि २० जनाको उम्मेदवारी थियो। निर्वाचित भइसकेकी छोटो प्रतिक्रिया दिँदै राणाले दोस्रो कार्यकालमा अझै आफूले मानवअधिकारका विषयमा सजिलोसँग काम गर्न पाउने बताइन्। उनले पहिलो कार्यकालभन्दा दोस्रो कार्यकाल अझै सफल हुने विश्वास व्यक्त गरिन्। राष्ट्रसंघीय समितिको उच्च पदमा पुग्ने उनी पहि...
बंगलादेशबाट ५० हजार मेट्रिक टन मल किन्ने निर्णय
अर्थ/व्यापार, समाचार

बंगलादेशबाट ५० हजार मेट्रिक टन मल किन्ने निर्णय

सरकारले बंगलादेशबाट रासायनिक मल किन्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बैगलादेशबाट जीटूजी प्रक्रियामार्फत ५० हजार मेट्रिक टन मल किन्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए। सरकारले यसअघि धानका लागि भन्दै बंगलादेशबाट पैँचोमा मल ल्याउने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बंगलादेशी समकक्षी शेख हसिना वाजेदसँग सो विषयमा कुरा पनि गरेका थिए। बंगलादेश पनि त्यतिबेला तयार भएको थियो। तर, हालसम्म पनि पैंचोको मल भने आउन सकेन। पैँचोको मल दिन बंगलादेशले आनाकानी गरेपछि खरिद गर्ने निर्णय गरिएको हो। यो सिजन किसानले धानका लागि मल पाउन नसक्दा यो वर्ष धानको उत्पादन नै घट्ने प्रक्षेपण गरिएको छ। उता अब गहुँका लागि पनि मल आवश्यक पर्नेबेला भइसक्दा पनि मलको अभाव हुने देखिएपछि सरकारले जीटूजी प्रक्रियामार्फत मल किन्ने निर्णय गरेको हो।...
सेनाका पाँचजना प्रमुखसेनानी महासेनानीमा बढुवा
राजनीति, समाचार

सेनाका पाँचजना प्रमुखसेनानी महासेनानीमा बढुवा

सरकारले सेनाका पाँचजना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख सेनानी मनोज थापालगायत पाँच जनालाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको हो। उनीहरुको बढुवासँगै पदस्थापनासमेत गर्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए। यस्तै महासेनानी मोहन क्षेत्रीलगायत पाँचजनाको सरुवासमेत गरिएको छ।...
जर्मनीका लागि नेपाली राजदुत रामकाजी खडका र चेम्बर पदाधिकारी बीच भेटवार्ता
अर्थ/व्यापार, समाचार

जर्मनीका लागि नेपाली राजदुत रामकाजी खडका र चेम्बर पदाधिकारी बीच भेटवार्ता

काठमाडौं, २४ कार्तिक- संघीय गणतन्त्र जर्मनीका लागि नेपालका नवनियुक्त राजदूत रामकाजी खडका र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ एवम् पदाधिकारी बीच भेटवार्ता भएको छ । छलफलमा राजदूत खडकाले बिश्व आर्थिक परिदृष्यमा जर्मनी बिश्वको चौथो आर्थिक शक्ति तथा नेपालको आर्थिक क्षेत्रको महत्वपूर्ण साझेदार भएकोले नेपालको पर्यटन, लगानी तथा व्यापारको क्षेत्रमा जर्मनीको योगदान महत्वपूर्ण हुने धारणा राखे । राजदुत खडकाले नेपाल र जर्मनी बीच सन् १९५८ मा कुटनीतिक सम्वन्ध कायम भए पश्चात नेपालको विकास प्रयासमा जर्मनीको उल्लेखनीय योगदान रहेकोे उल्लेख गर्दै आफ्नो कार्यकालमा जलविद्युत लगायत पूर्वाधारको विकास, वैदेशिक लगानी विस्तार, नेपालको निकासी अभिवृद्धि तथा पर्यटन प्रवद्र्धन गर्ने तर्फ पहल गर्ने बताए । नेपाली तथा जर्मन निजी क्षेत्र बीच समन्वय कायम गरी आर्थिक सम्बन्धलाई सबल बनाउनेतर्फ पहल गरिने पनि उनल...
कोरोनाको उपचारमा ९० प्रतिशत सुरक्षित भएको खोप विकास
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

कोरोनाको उपचारमा ९० प्रतिशत सुरक्षित भएको खोप विकास

 फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन ९० प्रतिशत सुरक्षित भएको एक प्रारम्भिक अध्ययनले देखाएको अमेकरी सञ्चार माध्यमहरुले जनाएका छन्। अध्ययन सार्वजनिक गर्दै खोपका निर्माता फाइजर र बायोएनटेकले यस दिनलाई ‘विज्ञान र मानव समुदायका लागि महत्त्वपूर्ण दिन’ को संज्ञा दिएका छन्। अहिलेसम्म उक्त खोप ६ वटा देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको छ। परीक्षण गरिएका व्यक्तिहरूमध्ये ९० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण नभएको र कसैमा पनि भ्याक्सिनको नकारात्मक असर नपरेको कम्पनीको दाबी छ। कम्पनीले यो महिनाको अन्तिमबाट नै यो खोपलाई आपतकालीन अवस्थामा लगाउनका लागि अनुमति माग्ने योजना बनाएको छ। यदि भ्याक्सिनले कुनै पनि नकारात्मक असरबिना संक्रमण रोक्यो भने यो भ्याक्सिन नै हाल लागिरहेका विभिन्न निषेधाज्ञाबाट बाहिर निस्कने कारण बन्न सक्ने विज्ञहरूले जनाएका छन्। भ्याक्सिन पूर्णतः प्रय...
माहावाणिज्यदुत ढकाल र चीन उद्योग वाणिज्य संघका पदाधिकारी बीच भेटवार्ता
अर्थ/व्यापार, समाचार

माहावाणिज्यदुत ढकाल र चीन उद्योग वाणिज्य संघका पदाधिकारी बीच भेटवार्ता

काठमाडौं, २४ कार्तिक-मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतका लागि नवनियुक्त माहावाणिज्यदुत नवराज ढकाल र नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीहरु बीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्ता नेपाल र तिब्बत बीचको व्यापार, पर्यटन तथा आर्थिक प्रवद्र्धनका विषयमा केन्द्रित रह्यो । भेटवार्ताका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र तिव्बत बीच सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै संघका गतिविधिहरु तथा विद्यमान व्यापारिक संभावना एवम् समस्याहरु बारे जानकारी गराए । संघले तिव्बतका व्यापारीक संगठनहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधि मण्डलको आदान प्रदान, पर्यटन प्रवद्र्धन, व्यापारिक मेला, एस्पो, सेमीनारमा सहभागिता लगायतका विविध बिषयमा सहकार्य गरी अघि बढीरहेको उनले जनाए । अध्यक्ष तुलाधरले कोभिड १९ का कारण नाका पूर्ण रुपमा सुचारु हुन नसकेकोले यातायात सुचारु ग...
थप २५७१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु
समाचार, स्वास्थ्य

थप २५७१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ । पछिल्लो २४ घण्टामा १७ सय ९८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १२६ पुगेको छ। यस्तै हालसम्म ९६७ जना क्वारेन्टिनमा रहेका छन् ।...
पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार सम्पन्न
खेलकुद, समाचार

पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार सम्पन्न

काठमाडौँ — कार्तिक २४, २०७७। नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको बार्षिक कार्यक्रम अनुसार ककनि अन्तराष्ट्रिय ट्रेनिङ सेण्टर, नुवाकोटमा २ दुई दिने “पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार–२०२०” सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गरिएको कार्यक्रममा उहाँले मन्तव्यको क्रममा अहिले विश्वब्यापी रुपमा फैलिरहेको कोभिड–१९ ले समग्र खेलकुद क्षेत्रलाई नै प्रभावित गरिरहेको छ र पनि यो समय संग उच्च मनोबलका साथ लडने र सजगताका साथ दैनिक खेलकुद गतिविधिलाई संचालन गर्नुपर्नेमा जोड दिनुभयो । विश्व क्योकुशिन काई कराँतेका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा संचालन गरिएको उक्त सेमिनारमा स्वागत मन्तब्य संघका महासचिव तथा प्रशिक्षक प्...
नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य
अर्थ/व्यापार, समाचार

नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

 नेपाल विद्युत  प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बनेका छन्। ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो।  शाक्यले आजैदेखि  पद सम्हाल्ने   छन्। कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले प्राधिकरणमा रहेका सिनियर उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।...
गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्’ सार्वजनिक(भिडियो)

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने व्यक्तित्वहरूको सम्मान स्वरूप तयार पारिएको  कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्…’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । https://youtu.be/m9TSWHdoRsA सार्वजनिक गीतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने धेरै व्यक्तित्वहरूको नाम लिइएको छ । डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा रहेको यो गीतले पनि कीर्तिमानी कायम गर्न सफल भएको थियो । फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा र...