Author: admin

विकासको आधारशिला भनेको सुशासन
राजनीति, समाचार

विकासको आधारशिला भनेको सुशासन

डा.डिआर उपाध्याय शीर्ष नेताहरुको सत्तास्वार्थको गोलचक्करमा अल्झिएको राजनीति देशको बिकास ,समृद्धि र सुशासन कायम गर्ने महत्वपूर्ण सवालमा सरकारको ध्यान गएको देखिँदैन । विकासको आधारशिला भनेको सुशासन हो । देशमा भ्रष्टाचारको अन्त्य हुन सकेको छैन । भ्रष्टाचार बढदो छ । राजनीति दलमा सिद्धान्त, निष्ठा र गन्तव्य प्रस्ट छैन । जसले गर्दा हाम्रो देश पछाडि परिरहेको छ । मुलुक झन् पछि झन् गरिबी, अभावमा धकेलिइरहेको अवस्था छ । दुख लाग्दो कुरा के हो भने हामीले बिश्वास गरेका राजनीतिक दलहरुले नै देश विकासको मार्गचित्र तय गर्न सकिरहेका छैनन् । अनि यस्तो भए पछि देशको बिकास कसरी हुन्छ ? हरेक दलभित्र आन्तरिक खिचातानी र मनमुनाव झाँगिदै गएको देखिन्छ। । हाम्रा नेताहरुको चिन्तन र प्रवृत्ति बदलिन सकेन । देशलाई आर्थिक समुन्नतिको दिशामा अगाडि बढाउने स्पस्ट दृष्टिकोण कुनै दल र तिनका नेतामा छैन । स्पस्ट दृष्टिकोण नभए सम्...
अर्थ/व्यापार, समाचार

चन्द्र ढकाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी

उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । विजयी भएका ढकालले एसोसिएटमा ५२२, बस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् । पराजित भएका अर्का प्रत्यासी किशोर प्रधानले एसोसिएटमा ३७५, बस्तुगतमा ३९ तथा जिल्ला नगरमा ५३ मत पाए । वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन् । गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनलसहित चुनावी मैदानमा थिए । अब अर्को कार्यकालमा ढकाल अध्यक्ष बन्ने छन् ।...
चीनका रक्षामन्त्री आज काठमाडाैं आउँदै
राजनीति, समाचार

चीनका रक्षामन्त्री आज काठमाडाैं आउँदै

उत्तरी छिमेकी मुलुक चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आउँदै छन्। परराष्ट्र मन्त्रालयले उनी आइतबार काठमाडौँ आउने कार्यक्रम तय भएको जनाएको छ। एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार काठमाडौँ आइपुग्ने चिनियाँ रक्षामन्त्रीले ८ घण्टा काठमाडौँ बसाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयले नेता वेइको यो भ्रमणई ‘कार्यगत’ भ्रमण भने पनि यसलाई सद्भावना भ्रमण भन्न सकिन्छ । उनी आइतबार साँझ नै स्वदेश फर्किने जानकारी दिइएको छ। नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो। अरनिको र भृकुटी...
स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै
शिक्षा, समाचार

स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै

सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु गरेका हुन् । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘विद्यालय पुनः सञ्चालनमा स्थानीय तह’ विषयक छलफलमा जनप्रतिनिधिले कार्यढाँचा आएपछि विद्यालय सञ्चालनको योजना बनाउन सहज भएको जनाएका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हाल जारी कक्षा १२ को परीक्षा सामाजिक दूरीसहित व्यवस्थित सञ्चालन भएकाले अबको विद्यालय सञ्चालनको ढाँचा यस्तै प्रकारको हुने बताए । उनले अनलाइनबाट पढ्न चाहनेलाई पनि सुविधा ...
भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

भारतमा शुक्रवार थप ४१ हजार ३२२ जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ  । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो ।भारतमा पछिल्लो २४ घण्टामा थप ४८५ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार २०० पुगेको छ ।यहाँ कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ८७ लाख ५९ हजार ९६९ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । यस राष्ट्रमा महाराष्ट्र,दिल्ली र केरला क्रमशः कोरोना भाइरस बढी प्रभावित  राज्यको रुपमा रहेको छ ।...
थप १३८० जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३
समाचार, स्वास्थ्य

थप १३८० जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३

शनिबार नेपालमा थप १ हजार ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ । पछिल्लो २४ घण्टामा मात्र ५१५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४५४ पुगेको छ।...
काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा हुँदै
समाचार, समाज

काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा हुँदै

काठमाडौं, शुक्रबार, १२ मंसिर २०७७ । काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा सम्पन्न हुँदैछ । शनिवार हुने निर्वाचनको लागि शुक्रबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।काठमाडौं जेसीसको एक ब्यक्ति एक पद एक बर्षको नीतिलाई निरन्तरता दिदै २०२१ का लागि उम्मेदवारी घोषण तथा उम्मेदवार तालिम कार्यक्रम शुक्रबार नै सम्पन्न भएको छ । २०२१ का लागि अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ । साथै ईभिपी कार्यकारीणी उपाध्यक्षको ४ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी, ४ भिपी पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । २०२१ काठमाडौं जेसीसको चुनाव भोलि शनिबार मंसिर १३ गते कुलेश्वर स्थित स्टार फुडल्यान्ड हुने २०२१ का लागि ईभिपीका उम्मेदवार रामेश्वर सिंखडाले जानकारी दिएका छन् ।...
नबिल बैंक बन्यो पाँच वर्षदेखि सबैभन्दा बढी कर तिर्ने करदाता
अर्थ/व्यापार, समाचार

नबिल बैंक बन्यो पाँच वर्षदेखि सबैभन्दा बढी कर तिर्ने करदाता

बैंक तथा वित्तीय संस्थाहरुमध्ये विगत पाँच वर्षदेखि सरकारलाई सबैभन्दा बढी आयकर तिर्नेमा नबिल बैंकले आफ्नो पकड जमाउँदै आएको छ। बैंकले उक्त पकड आर्थिक वर्ष २०७५/०७६ मा पनि छाडेन। गत आर्थिक वर्षमा पनि सबैभन्दा बढी आयकर तिर्ने करदाता नबिल बैंक बन्यो। गत आर्थिक वर्षमा नबिल बैंकले सरकारलाई करिब डेढ अर्ब बराबरको आयकर बुझाएको नबिल बैंकका नायव महाप्रबन्धक मनोजकुमार ज्ञवालीले जानकारी दिए। ‘हामीले आयकर डेढ अर्ब तिर्‍यौँ। यो वर्षको नाफा हेर्दा त्योभन्दा बढी नै तिर्छौँ। हामी एक त्रैमासिकमा करिब ४० करोड रुपैयाँ बराबरको कर तिर्छौँ। यसै लयमा गयो भने अर्को वर्ष डेढ अर्बभन्दा बढी कर तिर्छौँ,’ उनले भने। उनले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक अर्बभन्दा बढीको खुद नाफा भएको बताए। संस्थाको सुशासन तथा ग्राहकहरुको विश्वासका कारण बैंकको नाफा उच्च रहेको उनको भनाइ छ। उनले भने, ‘कर तिर्ने भनेको नाफासँ...
केरुङ–काठमाडौं रेलमार्गः डीपीआर बनाउन चीन सकारात्मक
अर्थ/व्यापार, समाचार

केरुङ–काठमाडौं रेलमार्गः डीपीआर बनाउन चीन सकारात्मक

आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण गर्न चीन सरकार सकारात्मक भएको छ । प्रस्तावित सो रेलमार्गको निर्माण तथा सञ्चालनबारे दुई मुलुकका पदाधिकारीबीच बिहीबार भएको छलफलमा उक्त रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ पक्ष सकारात्मक भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । यसअघि सो रेलमार्गको डीपीआर तयार गरिदिन नेपालले चीन सरकार समक्ष औपचारिक प्रस्ताव गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भर्चुअल बैठकमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले चीनले आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत सम्भाव्यता अध्ययन तयार गरिदिन चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिए । बैठकमा नेपालका तर्फबाट सचिव श्रेष्ठका साथै गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनि...
सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा कवाली शैलीको गीत ‘मैसाब’को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा कवाली शैलीको गीत ‘मैसाब’को भिडियो सार्वजनिक(भिडियो)

लोकप्रिय गायक तथा संगीतकार सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा रहेको कवाली शैलीको गीत ‘मैसाब’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरुको प्रयोग गरिएको छ । अमृत खतिवडा(भाञ्जा भाइ)को शब्द तथा गायक आचार्य दाजुभाईकै संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ । म्युजिक भिडियोमा पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन्। त्यसै गरी राजकुमारीको भूमिकामा छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ । https://youtu.be/xf7khXFaaEo होटल याक एण्ड यतीमा छायांकन गरिएको गीतमा सयभन्दा बढी कोरस कलाकार फिचर्ड छन् । भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन् । भिडियोमा सुदीप बरालको छायांकन, आल...