सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा कवाली शैलीको गीत ‘मैसाब’को भिडियो सार्वजनिक(भिडियो)

लोकप्रिय गायक तथा संगीतकार सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा रहेको कवाली शैलीको गीत ‘मैसाब’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरुको प्रयोग गरिएको छ । अमृत खतिवडा(भाञ्जा भाइ)को शब्द तथा गायक आचार्य दाजुभाईकै संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ । म्युजिक भिडियोमा पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन्। त्यसै गरी राजकुमारीको भूमिकामा छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ ।

होटल याक एण्ड यतीमा छायांकन गरिएको गीतमा सयभन्दा बढी कोरस कलाकार फिचर्ड छन् । भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन् । भिडियोमा सुदीप बरालको छायांकन, आलिया गिरीको पहिरन डिजाइन छ ।

कैलाश राई ‘सिक्किम’ द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ । म्युजिक भिडियो ओएसआर डिजीटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *