चन्द्र ढकाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

चन्द्र ढकाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी


उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् ।

विजयी भएका ढकालले एसोसिएटमा ५२२, बस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् ।

पराजित भएका अर्का प्रत्यासी किशोर प्रधानले एसोसिएटमा ३७५, बस्तुगतमा ३९ तथा जिल्ला नगरमा ५३ मत पाए ।

वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन् ।

गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनलसहित चुनावी मैदानमा थिए । अब अर्को कार्यकालमा ढकाल अध्यक्ष बन्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *